3 Little Pigs (३ सानो सुँगुर)

three little pigs story in nepali

एकादेशको कुरो हो एउटा एक बुढि आमा सुँगुर थियो । उनको तीन साना सुँगुरहरु थिए । तर उनीसँग तिनीहरुलाई खुवाउने खाना पर्याप्त मात्रामा थिएन । त्यैभएर जब उनीहरु अली ठूलो भए, उनले उनीहरुलाई सँसार चिन्नुपर्छ र आफै बाँच्न सिक्नुपर्छ भनेर पठाइन् ।

पहिलो सानो सुँगुर एकदम अल्छी थियो । ऊ कुनै पनि काम गर्न चाहँदैनथ्यो । उसले आफ्नो घर परालबाट बनायो । दोस्रो साना सुँगुरले अलि कति परिश्रम गर्याे तर ऊ पनि अल्छी भएको कारणले उसले चाँही लठ्ठीबाट आफ्नो घर बनायो । त्यसपछि तिनीहरु मिली मस्त गित गाएर नाचे र बाँकी दिन सँगै खेले ।

तेस्रो सानो सुँगुरले दिनभरी कडा परिश्रम गर्यो र उनले आफ्नो घर इँटाले बनायो । उसको घर निकै बलियो बन्यो र माथिबाट भित्रको धुँवा निकाल्न चिम्नी पनि थियो । सानो तिनो आगो, हावा र पानीले केही असर नर्गनी घर बन्यो ।

अर्को दिन, एउटा ब्वाँसो बाटोको छेउ भएर जाँदै थियो र त्यो सुँगुरहरुको घरको बाटो पर्यो । बाटो बाट नै उसलाई ती सुँगुरहरुको बास्ना आयो र मनमनै सोच्यो यो सुँगुरहरुलाई खान पायो भने त कति मज्जा आउँथ्यो होला । र उसको मुखमा पानी आउन थाल्यो ।

अनि उसले पहिला सुँगुरको ढोका ढकढक्याए र भने

“सानो सुँगुर सानो सुँगुर
भित्र आउन देउ, भित्र आउन देउ”

तर सानो सुँगुरले ब्वाँसोको हातका पञ्जा देख्यो र भन्यो

“हुन्न हुन्न हुन्न
खोल्दिन खोल्दिन खोल्दिन”

अनि ब्वाँसो ले भन्यो

“त्यसो भए म फुक्छु
जोड सँग फुक्छु र फेरी पनि फुक्छु
अनि तिम्रो घर झार्नेछु ।”

अनि उसले फुक्यो र परालले बनाको घर एकै चोटीमा भत्कायो । तर पहिलो सानो सुँगुर भाग्यो र दोस्रो सानो सुँगुरको घरमा लुक्न गयो । ब्वाँसो फेरी अगाडी बड्यो र ऊ लठ्ठीले बनेको दोस्रो घरको छेउमा गयो । अनि ढोका ढकढक्याए र भने

“सानो सुँगुर सानो सुँगुर
भित्र आउन देउ, भित्र आउन देउ”

तर सुँगुरलहरुले ब्वाँसोको लामो लामो कान देख्यो र भन्यो

हुन्न हुन्न हुन्न
खोल्दिन खोल्दिन खोल्दिन

अनि ब्वाँसो ले भन्यो

“त्यसो भए म फुक्छु
जोड सँग फुक्छु र फेरी पनि फुक्छु
अनि तिम्रो घर झार्नेछु ।”

अनि उसले फुक्यो र लठ्ठीले बनाको घर पनि सजिलै भत्कायो । तर ब्वाँसो अलि लोभी भएको हुनाले उनले दुई ओटै सानो सुँगुर एकैचोटि समाउन खोज्यो । दुई ओटै सुँगुर बचेर निस्कीयो र अर्को सुँगुरकोमा लुक्न गए ।
तेस्रो सानो सुँगुरचैँ मिहिनेती र बुद्दिमानी थिए । ब्वाँसो फेरी अगाडी बड्यो र ऊ इँटाले बनेको तेस्रोे घरको छेउमा गयो । अनि ढोका ढकढक्याए र भने

“सानो सुँगुर सानो सुँगुर
भित्र आउन देउ, भित्र आउन देउ “

तर सुँगुरलहरुले ब्वाँसोको लामो र तिखो दाँत देख्यो र भन्यो

“हुन्न हुन्न हुन्न
खोल्दिन खोल्दिन खोल्दिन “

अनि ब्वाँसो ले भन्यो

” त्यसो भए म फुक्छु
जोड सँग फुक्छु र फेरी पनि फुक्छु
अनि तिम्रो घर झार्नेछु ।”

ब्वाँसोले फुक्न सुरु गर्यो । उसले फुक्यो, फेरी फुक्यो जोड सँग फुक्यो तर इँटाले बनेको घर बलियो भएको कारणले ढल्नुत टाँढाको कुरा घर त हल्लीदाँनि हल्लीएन । फुक्दा फुक्दा उसको सास सकियो । त्यसैले ऊ आराम गर्न रोकियो र केहि सोच्यो । ब्वाँसो निकैनै भोकाएको थियो । जसरी भएपनि उसलाई ती सुँगुरहरु खान थियो ।

ब्वाँसो क्रोधको कारणले केही सोच्न नसक्ने अवस्थामा पुग्यो । अनि ब्वाँसोले रिसमा भन्यो । “म अब माथिको चिम्नी बाट भित्र आएर तिमीहरुलाई जसरीनी खान्छु ।” अनि उ घर माथी चढ्न लाग्यो ।

भित्रको तेस्रो सुँगुर अलि बाठो थियो र उसले ठिक चिम्नीको तल ठूलो आगो बाली ठुलो भाँडामा पानी ततायो । अरु सुँगुर भने कामेर कुनामा लुकेर बसेका थिए ।

जब ब्वाँसो घरको छदमा चढ्यो र साँघुरो चिम्नी बाट तल झर्दै थियो, त्यतिकैमा तेस्रो सुँगुरले उम्लीरहेको भाँडामा ब्वाँसोलाई तल तान्दियो । ब्वाँसो त्यो तातो पानीमा पर्यो ।

गएको त थियो सुँगुरहरुलाई भोजन बनाउछु भनेर तर उल्टै आफु सुँगुरहरुको भोजन हुन पुग्यो ।

Sharing is Caring

Leave a Comment

Your email address will not be published.