Menu Close

Aldain Story In Nepali (अलादीनको कथा)

nepali story aldain story

एक पटकको कुरा हो, त्यहाँ अलादीन नाम गरेको एक गरिब केटो थियो । उनीे आफ्नी आमासँगै बस्थ्यो । एक दिन त्यहाँ, एक धनी अपरिचित मानिस अलादीनको घर मा आयो ।

त्यो मानिसले अलादीनकी आमालाई भन्यो “म एक व्यापारी हुँ । म अरबबाट आएको हुँ । म तपाईंको केटालाई काममा लैजान चाहन्छु । उस्को काम अनुसार धेरै पैसा तिर्नेछु अनि तिमी गरीब हुनु पर्ने छैन ।”

अलादीनकी आमा चाँडै सहमत भए किनकि उनीहरूलाई वास्तवमै पैसाको आवश्यक थियो। तर उनीलाई थाहा थिएन कि त्यो व्यापारी हुँ भन्ने मानिस वास्तवमा एक जादूगर थियो ।

भोलिपल्ट, अलादीनले आफ्ना सामानहरू राख्यो र व्यापारीसँगै गयो । तिनीहरूले धेरै घण्टा सम्म यात्रा गरे । एक ठाउँमा गएर व्यापारी रोकियो । अलादीन छक्क परे, किनकि त्यो एक्लो ठाउँ थियो । त्यहाँ केही पनि थिएन र कोही पनि थिएन ।

व्यापारीले आफ्नो खल्तीबाट केही रंगीन पाउडर निकाले । त्यसपछि उसले त्यसलाई भुइँमा फालिदियो र त्यहाँ वरिपरि धुवाँ आयो । धुवाँ हटेपछि, अलादीनले जमीनमा एउटा गुफा जस्तो देखे । व्यापारीले अलादिनलाई ओडार भित्र जान भन्यो । “तिमीले भित्र धेरै सुन देख्नेछ, जुन तिमीले तिम्रो जीवनमा कैले पनि देख्न पाएको थिएन । तिमीले चाहेको जति सबै लिगेहुन्छ । तर गुफा भित्र तिमीले एक पुरानो बत्ती देख्नेछौ । मात्र त्यो बत्ती मेरो लागि ल्याईदेऊ ।”

अलादीनलाई डर र संका लाग्यो तैपनि ऊ गुफाभित्र पसे । भित्र उनले देखे कि गुफा सुनले भरिएको थियो । उसले पहिले आफ्ना ब्यागहरु सुनले भरे र सके जति भरी हाले । जब उसको ब्यागमा अरु धेरै नअट्नी भयो, उसले बत्तीको लागि खोज्यो र भेट्टायो । त्यो बत्ती पुरानो र फोहोर थियो । उनले बत्ती र सुनले भरिएको ब्याग लिगे र व्यापारीलाई बोलाए ।

तर व्यापारीले भने “मलाई त्यो बत्ती पहिले देऊ अनि तिमीलाई यो गुफाबाट निकाल्छु ।” अलादीन डराए कि यदि उनले त्यो व्यापारी लाई बत्ती दिए भने, उसले आफुलाई त्यहाँ छोडिदिन्छ ।

त्यसैले उनले भने, “कृपया मलाई पहिले बाहिर निकाल्नुहोस् । ”

यो कुरा सुनेर व्यापारी रिसाए र आफ्नो खल्तीबाट केही अरू पाउडर निकाले । उनले त्यसलाई गुफामा फ्याँकिदिए र गुफाको ढोका ठूलो ढुङ्गाले बन्द भयो । अलादीन डराए । उ भित्र थुनियोे र एक्लै भयो । कोई आएर मदत गर्छकि भनेर सहयोगको गुहार मागे । तर धेरै घण्टा बित्यो र कोही पनि आएनन् । अब अलादीन एक्लै रुन थाले ।

रुँदा रुँदै उनको हातले त्यो व्यापारीले मागेको बत्तीमा घिस्रिन पुग्यो । अचानक, एउटा अनौंठो कुहिरोले गुफा भरियो र एउटा आवाजले भन्यो, “हे मेरो गुरु, म बत्तीको जिनी हुँ । जसले मलाई यो बत्ती रगटेर मलाई बाहिर निकाल्छ, म उहाँको गुलाम हुन्छु र उहाँको सबै इच्छा पुरा गर्दिन्छु । तपाईको इच्छा के हो?”

त्यो जिनी एक विशाल मान्छे थियो र एकदम अनौंठो देखिन्थ्यो । त्यसैले पहिले त अलादीन उनीसँग डराए । तर जिनीले उनलाई आश्वासन दिए पछि बल्ल अलादिने उनीसँग डराएनन् ।
अलादीनले भने, “मलाई मेरो घर जानुछ ।”

आदेश पाएपछि जिनीले जादु गर्यो र अलादीन आफ्नो घर, आफ्नो आमासंग पुग्यो । तिनीहरू एक अर्कालाई अंगालो हाले र अलादीनले उनलाई जिनीको सबै कुरा बताए ।

अलादीनले जिनिलाई फेरि बोलाए र उनी देखापर्यो तर अब तिनीहरू उनीसँग डराएनन् । उनले जिनीलाई दरबारको लागि आग्रह गरे र जिनीले तुरुन्तै सुन्दर दरबार त्यहाँ निकालदियो ।उनीहरु त्यसपछि तेही दरबारमा बस्न थाले ।

अलादीनले आफ्नो नयाँ जीवन निकैनै खुसीसाथ बाँचिरहेका थिए । मानिसहरूलाई धनी अलादीनको बारेमा थाहा पाएपछि उनी अझ प्रख्यात भए। उनले अब सुल्तानकी छोरी राजकुमारीसँग विवाहगरे र उनीहरू अत्यन्त खुशी भए । तर अलादीनले राजकुमारसँग जिनीको करा गरेनन् ।

अलादीनलाई व्यापारी बनेर झुक्याउन खेज्ने जादुगरले पनि अलादिनको बारेमा सुने। उनी अलादीनको दरबारमा ब्यापारी मान्छे भएको नाटक गरी आए जसले पुराना बत्तीहरू साटासाट गरेर नयाँ दिने गरेको थियो । उनी राजकुमार भाको ठाउँमा पुगे र सोधे “राजकुमारी तपाईकोमा पुरानो बत्ती भए मलाई दिनुस र यो गरिबलाई सहयोग गर्नुस ।”

राजकुमारीले चारै तिर हेरे र अलादीनको पुरानो बत्ती देखे । उनले त्यो पुरानो नचाहिने बत्ती भनेर त्यो व्यापारीलाई दिए । जादुगरले हातमा समाउने बित्तिकै त्यो जिनी भएको बत्ती हो भनेर चिनीहाले र बत्ती लिगेर भागे ।

जादुगरले बत्ती रगटेर जिनीलाई बोलायो र अब उनी जिनीको नयाँ गुरु थिए । उनले भने “अलादीनको दरबार यहाँबाट टाढा मरूभूमिमा सारीहाल ।”

अलादीन घर फर्कंदा ऊ आफ्नो दरबार, आफ्नो राजकुमारी र आमालाई पाउन सकेन। ऊ धेरै चिन्तित भए, पछि उनले बुझे कि यो दुष्ट जादूगरको काम हो भनेर । तर उनी जादुगरको अगाडी कमजोर र शक्तिबिनाको थिए । अलादीनले कडा सोच्यो र याद गरे कि उनीसँग एउटा औंठी थियो जुन जादुगरले उनलाई दिएको थियो । उनमा अब आशा पलायो कि अझै पनि मौका हुन सक्छ भनेर । उसले औँठीमा घस्र्यो र अर्को सानो जीन देखापर्यो । त्यो सानो जिनिले एक मात्र कामना पुरा गर्न सक्थ्यो।अलादिनले भने “मलाई मेरी राजकुमारी जहाँ छ त्यहाँ लैजानुहोस् ।”
अर्को क्षण अलादीन आफ्नै दरबारको मरुभूमिमा पुगे । र त्यो सानो जिनी पनि हरायो । उनको राजकुमारी त्यहाँ थियो र उनी सुरक्षित रहेको देखेर उनी खुशी भए ।

तर दुष्ट जादूगर पनि त्यहाँ थियो र जिनीको बत्ती जादूगरको छेउको टेबुलमा राखिएको थियो । जादुगरले थाहा पाउनु अघिनै अलादीनले छिटो हामफाले र बत्ती समात्यो । उसले तुरुन्तै बत्ती
रगटेर हेर्यो र त्यहाँ जिनी देखा पर्यो ।

“मेरो गुरु” जीनले भने, “म तपाईंलाई फेरि सेवा गर्न पाउँदा खुसी छु । तपाई के चाहनुहुन्छ ?”

अलादीनले जादूगरलाई हेरे र भने, “म यो दुष्ट जादूगरलाई अर्कै ठाउँमा पठाउन चाहन्छु, जहाँबाट ऊ फेरि कहिल्यै फर्केर वा कसैलाई हानि गर्न नसकोस् ।”
जिनीले जादु गर्यो र त्यो दुष्ट जादूगर हरायो, फेरि कहिल्यै नफर्किने गरी हरायो ।

जिनीले अलादिनलाई आफ्नो दरबार भएको ठाउँमा फर्कन सहयोग गर्यो । त्यहाँ अलादीन खुसीसाथ आफ्नो पत्नी र आमासँग बस्न थाले । जिनी, अलादीन र उनको परिवार पनि त्यही बसे ।

Sharing is Caring!

Leave a Reply

Your email address will not be published. Required fields are marked *