Menu Close

Cinderella Story (सिन्ड्रेलाको कथा)

cinderella story in nepali

एकपटक एक राज्यको राम्रो परिवारको एउटा पुरुषले दोस्रो विवाह गरेर नयाँ पत्नी आफ्नो घर ल्याए । उनको दोस्रो पत्नी निकैनै राम्री थियो । त्यसैले ऊ बाहिर हिँड्डा पनि सान सँग हिड्ने गर्थ्यो । उनको दोस्रो पत्नी आफ्नो रुपमा घमण्ड गर्थ्यो र गाउँकै घमण्डी महिलाको रुपमा चिनिन्थ्यो । दोस्रो पत्नीले उनीसगँ दुई छोरीहरु जन्माइन् । ती दुई वटीनै आफ्नो आमा जस्तै थिइन् ।

तर त्यो पुरुषको पहिलो पत्नी बाट पनि एक छोरी थिइन जस्की नाम सिन्ड्रेला थियो । उक्त छोरी कोमल स्वभावको, दयालु अनि मिहीनती थिइन्, पक्कै पनि आफ्नी आमा बाट पाएकी हुनुपर्छ ।

सिन्ड्रेलाले आमा गुमाइ सकेकी थिइन । त्यसैले सिन्ड्रेला आफ्नो दोस्रो आमाको मनमा छोरी को दर्जा खोज्ने गर्थिन । तर दोस्रो आमाले त घरमा आएको एक महिना नबित्दै आफ्नो नराम्रो रँग देखाउन थालीन । उनलाई सिन्ड्रेलाको राम्रो गुण मन परेन । किनकी उनकी दुवै छोरी अल्छी थिइन र कुनै काम गर्न जान्दैनथे । तर सिन्ड्रेला लाई घरको सारा काम आउँथ्यो र बाहिर को मान्छे सगँ पनि कसरी कुरा गर्नु पर्छ भन्ने थाहा थियो । त्यसैले कोइ राम्रो केटा आयो भने पनि उसको दुई वोटै छारीलाई छाडेर सिन्ड्रेला लाई मात्र हेथ्र्यो ।

त्यसैले उनले आफ्नी छोरीहरुको लागी उनले सिन्ड्रेला लाई घरको नोकरको औकातमा राखीन् । सिन्ड्रेला ले कहिले पनि राम्रो लुगा लाउन पाएन, न त राम्रो खानानै खान पाए । तै पनि सिन्ड्रेला ले केहि पनि नभनी आफुलाई दिएको काम पुरा गरी रहिन् ।

उनलाई सुत्न एउटा अध्याँरो कोठा दिइएको थियो तर उसको सौतेली बहिनीहरु ठूला ठूला कोठामा सुत्थिन् । तैपनि सिन्ड्रेला आफ्नो भाग्य यस्तै रहेछ भनेर चित्त बुझाउथिन् ।

दोस्रो आमाले आफु माथी गरेको र्दुव्यबहार उनले आफ्नो बुबालाई बताउन समेत हिम्मत गरिनन् । किनकी उसको बुबालाई पनि उनको दोस्रो पत्नीले शासन गथ्र्यो ।

एक दिनको कुरो हो, त्यो राज्यको राजकुमारले एउटा ठूलो पार्टीको आयोजना गरे । अरु राज्यको र त्यै राज्यको ठूलो घरहरुको मानिसहरुलाई निम्तोमा बोलाइएको थियो । पार्टीको निम्तो सिन्ड्रेलाको घरसम्म आइपुग्यो । उनकी दोस्रो आमा निकै खुसी भइन । आफ्नो छोरीहरुको विवाह को लागि उनले राम्रो मौका पनि देखिन ।
“यदी मेरो दुई छोरीहरुलाई राजकुमारको अगाडी देखाउन पाए त राजकुमारले एउटी छोरी त मन पराउलानी” भनेर सोच्न थाली ।

पार्टीमा जानको लागि पुरा तयारी हुन लाग्यो । छोरीहरु लुगा छान्न र मेकअप गर्न लागे । सिन्ड्रेलाले उनीहरुको लुगाको तयारी गर्नुपथ्र्यो । लुगामा आइरन गर्ने, जुताहरु चिटिक्क पार्ने काम सिन्ड्रेलाको थियो । उनीहरु दिनभरीनै तयारी हुने कुरा मात्र गरिरहे ।

उनीहरुको हरेक कुराको तयारी गर्न सिन्ड्रेलानै चाहिन्थ्यो । छोरीहरु लुगाको सल्लाह र मेकअपको आइडीया पनि सिन्ड्रेला बाटै लिग्ने गर्थे । सिन्ड्रेलालै पहिले देखिनै यस्ता कुराहरुको ज्ञान थियो ।

सिन्ड्रेला, उनीहरुलाई तयार पारी रहँदा उनीहरुले सिन्ड्रेलालाई प्रश्न गरे ।“सिन्ड्रेला, के तिमीलाई पार्टीमा जान रहर छैन? ”

“जान त पाउँदिन । तपाँईहरु मलाई जिस्काउन मात्र यो प्रश्न गरिरहनु भएको छ ।” सिन्ड्रेलाले भनिन् ।

“एकदम सहि भन्योै । तिमी त्यहाँ गयौ भने त सबै मानिस हाँस्नेछन् ।” बहिनीहरुले हास्दै भने ।

सिन्ड्रेलाई जति नराम्रो भने पनि उनले तयारी पार्न कुनै कसर छोडिनन् । ति बहिनीहरु काम कहिल्यै नगर्ने र जति खेर पनि खाएर बस्ने हुनाले उनीहरुको ज्यान पनि मोटो थियो । सजिलै सँग कुनै पनि लुगा ठिक भएन । त्यै पनि सिन्ड्रेलाले अनेकौ गरी उनीहरुलाई चिटिक्क बनाइदिए । पार्टीमा जाने समय आयो । दोस्रो आमा र दुई छोरी चिटिक्क बनेर बाहिर निस्किए । सिन्ड्रेलाई भने घरको कामहरु गर्न थियो ।

तर सिन्ड्रेलाको मन भने उतै पार्टी तिर थियो । ऊ भने एक्लै रुँदै बस्न थाले । समय धेरै भयोे, उनी रोएरनै बसिरहेकी थिईन ।

त्यतिकैमा त्यहाँ यउटी परी आमा आइपुग्नुभयो । परी आमा नजिकै आएर सोध्नुभयो “के भयो तिमीलाई ? किन रोएको ?”

सिन्ड्रेलाले रुँदै भने “मलाई जान मन थियो ।” तर उनले वाक्य पुरा गर्न सकिनन् । परीे आमाले फेरी सोध्नुभयो “तिमी पार्टीमा जान चाहन्छौ हो ?”

सिन्ड्रेलाले रुँदै भने “हो म जान चाहन्छु ।” “ठीक छ” परी आमाले भन्नुभयो । र फेरी भन्नुभयो “राम्रो हुनु र म तिम्रो इच्छा पुरा गर्नेछु ।”

अनी सिन्ड्रेलाई परी आमाले भन्नुभयो “बगैँचामा जाऊ र मलाई एउटा फर्सी लिएर आउ ।” सिन्ड्रेला तुरुन्तै आफुले पाउन सक्ने राम्रो फर्सी लिएर आई । तर उनी अचम्ममा थिईन कि कसरी फर्सीले उनलाई पार्टीमा जान मदत गर्छ भनेर ।

परी आमाले त्यो फर्सी लिगेर फर्सीको भित्री भाग सबै फाल्नुभयो, मात्र त्यसको बाहिरको खोल बाँकी रह्यो । अनि परी आमाले आफ्नो जादुको छडी निकाली केही मन्त्र फुक्नुभयो ।

त्यो फर्सी हेर्दा हेर्दै एउटा ठूलो रथमा परिणत भयो । त्यो रथ पुरै सुनले बनेको थियो । त्यसपछि परि आमाले पर भएको मुसा समाउने जाली माग्नुभयो । त्यो जालीमा ६ ओटा छुचुन्द्रो फसेको थियो ।

अनि एक एक गरी छुचुन्द्रो निकाल्दै जादुको छडी घुमाउनु भयो । प्रत्येक छुचुन्द्रो राम्रो घोडामा परिणत भयो । रथ पनि भयो, घोडा पनि भयो अब रथलाई चलाउने चालक चाहेको थियो । त्यतिकैमा परी आमाले एउटा मुसा भागिरहेको देख्नुभयो र आफ्नो जादुको छडी घुमाएर त्यसलाई रथ चलाउने चालक बनाइदिनुभयो ।

अनि सिन्ड्रेलाले भनिन् “धन्यवाद परि आमा । तपाईले मेरो लागि यत्रो गर्नु भयो तर म सँग राम्रो कपडानै छैन ।” परि आमाले फेरी जादुको छडी सिन्ड्रेलाको माथि घुमाउनुभयो । तुरुन्तै सिन्ड्रेला त परी जस्तै देख्ने भइन् । नयाँ लुगा, जुन हिराहरु टाँसिएर बनेको थियो । घाँटीमा हार, जुन यो सँसारमै कसैले पनि बनाउन सक्दैनथ्यो । यो सबै देखेर सिन्ड्रेला निकैनै खुसी भइन् ।

अनि परि आमाले फेरी छडी घुमाएर एक जोर जुत्ता निकाल्नुभयो । त्यो जुत्ता पुरै सिसाले बनेको थियो, जुन सँसारको नै सबैभन्दा राम्रो थियो ।

त्यसपछि सिन्ड्रेला रथमा चढिन् र जाने बेलामा परी आमाले भन्नुभयो “यो जादु मध्येरात सम्म मात्र टिक्छ, त्यसैले मध्यरात अघिनै तिमी यहाँ आइपुग्नु पर्छ । फेरी
तिम्रो रथ फर्सीमा, घोडाहरु छुचुन्द्रोमा परिणत हुन्छन् । सिन्ड्रेलाले पनि हुन्छ भनीन् र रथमा चढेर दरबारतिरको यात्रा सुरु भयोे । सिन्ड्रेला निकैनै खुसी थिइन् । सायद यती खुसी उनी जिवनमै पहिलो चोटी भएकी होलीन् ।

रथ राजदरबारमा पुग्यो र सिन्ड्रेला आफ्नो रथबाट झरीन । उनी झर्ने बित्तिकै, उनलाई देख्ने सबै हेरेको हेरै भए । किनकी यती सुन्दर रुप र लुगा अरुले कहिल्यै देखेको थिएन ।

राजकुमारले सिन्ड्रेलालाई देख्ने बित्तिकै तुरुन्तै उनलाई लिन ढोकामै आइपुगे । सिन्ड्रेलाको हात समाएर राजकुमार, पार्टीको मुख्य ठाउँमा प्रवेश गरे । सबै हेरेको हेरै भए । सिन्ड्रेलालाई उच्च दर्जाको ठाउँमा बसाई, राजकुमार पनि संगै बसे । सिन्ड्रेलाको बहिनीहरु पनि त्यतै बसिरहेकी थिइन् । तर उनीहरुले सिन्ड्रेलालाई चिन्न सकेनन् ।
राजकुमारले उनको हात समाई पार्टीको बिचमा नाचगान पनि गर्यो । सिन्ड्रेलालाई पार्टी निकैनै मन परिरहेको थियो । त्यतिकैमै १२ बज्न लाई १५ मिनेट बाँकी हुदाँको घण्टी बज्यो । त्यो सुन्ने बित्तिकै सिन्ड्रेला कसैलाई पनि केही नभनी त्यँहा बाट बाहिर आईन र रथ चढेर घर फर्कीन् ।

राजकुमारले सिन्ड्रेलालाई नदेखेर पछि-पछि गए । राजकुमारले आफ्नो मनको कुरा पनि भन्न पाएनन् । उनले बाटोमा टल्की रहेको सिसाको एउटा जुत्ता भेटे । हतारमा सिन्ड्रेलाको खुट्टाबाट जुत्ता फुस्किएको थियो तर त्यो जुत्ता टिप्ने पनि उनीलाई समय थिएन ।

त्यो सिसको जुत्ता सिन्ड्रेलाको हो भनेर राजकुमारले चिन्यो र जुत्ता समाएर पार्टीमा फर्किए । सिन्ड्रेला घरमा १२ बज्नु भन्दा ठिक १ मिनेट अगाडी पुगीन ।
उनलाई उसको परि आमाले पर्खिरहेको थियो । १२ बज्यो र जादुले बनेको सबै कुरा फेरी जस्ताको त्यस्तै भयो ।

केही समय पछि उनको दोस्रो आमा र दुई बहिनी पनि आइपुगे । उनीहरु रिसले चुर हुँदै आइपुगे । सिन्ड्रेलाले के भयो भनेर सोध्दा “पार्टीमा एकजना निकैनै सुन्दर केटी आइपुग्यो र राजकुमारको सम्पुर्ण ध्यान उनमै मात्र केन्द्रित भयो । हामीलाई त राजकुमारले हेर्दा पनि हेरेनन् ।” बहिनीहरुले जवाफ दिए । “पछि त्यो केटी एक्कासी गायब भएर राजकुमार त्यो सिसाको जुत्तालाई मात्र हेरेरै बसिरहे ।”

सिन्ड्रेला यो सुन्दा खुसी भइन तर आफ्नो कारणले राजकुमारको मन दुखेकोले हल्का निराश पनि भइन् ।

केही समय पछि त्यो राज्य र चारैतिर हल्ला सुनियो की जसको खुट्टामा त्यो जुत्ता ठिक हुन्छ, राजकुमारले उसैसगँ विवाह गर्छ । त्यसपछि राजकुमारको सैनिकहरु प्रतेक घर जाँदै, जुत्ता कस्को खुटमा मिल्छ भनी हेर्न थाले ।

केही दिनमा ती सैनिकहरु जुत्ता लिएर सिन्ड्रेलाको घरसम्म आइपुगे । दुई बहिनीलेनै त्यो जुत्तामा आफ्नो खुट्टा् पसाउने प्रयास गरे तर सफल भइनन् । सिपाहीहरु फर्कने बेलामा सिन्ड्रेलालाई देखे र जुत्ता एकचोटि प्रयास गर्नु भने ।

तर उनकी दोस्रो आमाले सिपाहीहरुलाई भने “यो त हाम्रो घरको नोकर मात्र हो, यसलाई नदिए पनि हुन्छ ।”

तर सिपाहीहरुले उनको कुरा नर्कार्दै भने “राजकुमारको आदेश छ, कि यो राज्यको सबैजनालाई प्रयास गर्न लगाउनु । त्यै भएर तपाई चुप लागेर बस्नु र हामीलाई आफ्नो काम गर्न दिनु ।”

त्यो सुनेपछि दोस्रो आम चुप बसे र सिन्ड्रेलाले आफ्नो खुटा्मा जुत्ता हालीन । जुत्ता त ट्याकै मिल्यो । त्यो देखेर सिपाहीहरु निहुरेर सम्मान गरे ।

पछि राजकुमार र सिन्ड्रेलाको विवाह भयो र उनीहरु सँधै मिलेर आफ्नो राज्य सम्हाले ।

Sharing is Caring!

Leave a Reply

Your email address will not be published. Required fields are marked *