
राम नाम गरेको एक केटा निकै उदाश देखिन्थ्यो। उसको अनुहारमा अलिकति पनि खुसि को झलक देखिदैनथ्यो। एकदिन उसको बुबा उसलाई रोएको भेट्टाए।
जब बुबाले रामलाई किन उदाश भएको सोध्नुभयो, रामले भनेकी उसको जीवनमा धेरै समस्याहरु छन्। त्यो कुरा सुनेर बुबा मुस्कुराउनुभयो र उसलाई एक आलु, एक अण्डा, र केहि कफीको दाना लिएर आउ भन्नुभयो।
राम पनि खुसि भएर बुबाले माग्नुभएको तिनै कुरा लिएर आए।
रामको बुबाले त्यो आलु, अन्डा र कफीको दाना तीन ओटा कचौरामा अलग-अलग राख्नुभयो। राखेपछि रामलाई ति तिन ओटै चिजको बनावट महसुस गर्न भन्नु भयो । र त्यसपछि प्रत्येक कचौरा पानीले भर्न भन्नुभयो ।
रामले पनि बुबाले भन्नुभएको जसरिनै कचौरहरु पानीले भरे। उसको बुबाले त्यसपछि तीनै कचौरामा भएको पानी उमाले।
एकछिन पछि तातेको पानी पनि सेलायो अनि रामको बुबाले उनलाई फेरी ति चिजहरुको बनावट महसुस गर्न लगाउनुभयो। रामले महसुस गरेर थाहा पाए कि आलु नरम भएको थियो र त्यसको बोक्रा सजीलै निस्किएको थियो । अण्डा भने निकै कडा भएको थियो र कफीको दाना त पुरै पाकेर आफ्नो रुपनै परिवर्तन भै रस भनेको थियो र त्यो कचौरा पुरै सुगन्धले भरीएको थियो।
कथाको पाठ : जीवनमा समस्या सबैलाई आउँछ । तर मह्तोपूर्ण कुरो के हो भने हामी त्यो समस्यालाई कस्तो खालको प्रतिक्रिया दिन्छौ।
Sharing is Caring