कहिलेकाँहि हामीलाई अहिले भइरहेको कुरा पहिलेनै अनुभव गरिसकेको लाग्छ । त्यस्तो अनुभवलाई Deja Vu भनिन्छ । यो कुनै नौलो कुरो होइन। धेरै मानिसहरुलाई यस्तो अनुभव भएको हुन्छ। अझ १५ देखि २५ उमेरको मानिसहरुलाई यो बढी हुने गर्दछ। पहिलो चोटी पुगेको ठाउँ पनि पहिलेनै गएको जस्तो लाग्नु, कोहि संग पहिलेनै भेटेर त्यही कुराहरु गरिसकेको जस्तो लाग्नु, येही ठाउँमा पहिलेनै येही कुरा गरेको लाग्नु, यो सबै Deja Vu हो।