King Midas and his Golden Touch (राजा मिडास)

kind midas nepali story

King Midas And His Golden Touch

एक समय, पुरानो ग्रीस शहरमा धेरै समय अघि मिडास नामको राजा बस्थे। राजा मिडासलाई संसारको सबै कुरा भन्दा तीन चीज, बढी मन पर्थ्यो – तिनकी सानी छोरी, उसको गुलाबको बगैचा र सुन। उसको सानो छोरीले बगैंचामा गुलाबहरू रोजिरहेको देखेर उसलाई रमाईलो लाग्थ्यो।

एक रात, उनी गुलाबको बगैंचाबाट टहलिरहेको बेला, एउटा मान्छेसंग ठक्कर खायो। त्यो मान्छे हेर्दा आधा मान्छे, आधा बाख्रा थियो र उनी भोकाएको र धेरै बिरामी देखिन्थ्यो। राजा मिडासले उनलाई उसको महलमा ल्याए। राजा मिडासले उसलाई नुहाइदियो, खान लाइ खाना दियो। जब भोलिपल्ट बिहान भयो, उसको ज्वरो हरायो। बिहानको खाजामा उनीहरुले राम्रो कुराकानी गरे। राजा मिडास यो सुनेर छक्क परे कि त्यो मान्छे एक शक्तिशाली ‘मदिरा र सत्यका’ देवता डियोनिसको मान्छे थियो । अनि राजा व्यक्तिगत रूपमा आफ्नो सबैभन्दा उत्तम रथमा त्यो मान्छेको घरमा गए। त्यो व्यक्ति केवल नोकर मात्र थियो, तर ऊ एक देवताको सेवक थियो र ऊ एकदम राम्रो व्यवहारको योग्य थियो।

डियोनिसको लागि, त्यो मान्छे एक शिक्षक र राम्रो साथी थियो। डियोनिससले राजालाई आफ्नो साथीको राम्रो हेरचाह गरेकोमा धन्यवाद दिनको लागि उनलाई के चाहिन्छ माग भने। राजाले आफ्नी छोरीको लागि कुनै ईच्छा गरेनन् किनभने उनले उनलाई चाहिएको सबै चीज दिएका थिए। ऊ आफ्नो गुलाबको बगैचाको लागि केही चाहँदैनथ्यो किनकि उनीसंग सारा संसारमा पाइने सब भन्दा राम्रा गुलाबहरू थियो। अब उसको लागि मन पर्ने कुरो सुन थियो। राजा मिडासले मागे कि उसले छुने सबै चीज सुनमा परिणत होस् भनेर ।

अब राजा आफ्नो किल्लामा फर्किए, उनले आफु बस्नको निम्ति कुर्सी निकाले। तर एकै छिनमा, कुर्सी सुनमा बदलियो। उसले टेबल छोयो। उसले एउटा फूलदान छोयो। उनले तिनीहरूलाई छुने बित्तिकै तिनीहरू सुनमा फर्के। राजा मिडास आफ्नो किल्ला खुसीले दौडिन थाले। उसले छोएको सबै कुरा सुनमा बदलियो। ऊ धेरै खुसी थियो।

उनका नोकरहरू राजा मीडासलाई धेरै मन पराउँथे। तिनीहरूले खाना पकाए र राजालाई भोजको सेवागर्न थाले। त्यो बेलामा समस्या सुरु भयो। राजाले खानाको एक मुट्ठी समात्यो। त्यो मुट्ठीमा भएको खाना सुनमा बदलिएको थियो। उसले अरू खाना छोए। जे उसले छुयो त्यो सुन मा बदलियो। उसले मासुको टुक्रा च्याप्प आफ्नो दाँतमा फ्याँक्न खोज्यो, तर केही भएन । मासु मुखमा पुग्ने बितिकै सुनमा बदलियो। राजाका अब डराए। उसलाई थाहा थियो कि यदि उसले खान पाएन भने, उनि भोको हुनेछन। यो भयानक थियो। राजालाई के गर्ने, के नगर्ने, थाहा थिएन।

राजा मिडास दुःखको साथ आफ्नो गुलाब बगैचामा बाहिर हिंड्न थाले। उनकी सानी छोरी बगैंचामा थियो। जब उनले आफ्नो बुबालाई देखिन्, उनी आफ्नो बुवालाई सम्झाउन हातमा छोइन र उनि सुनमा बदलिन। आफ्नो छोरी पनि सुन भएसी उनि रुन र कराउन थाले। उनका आँसु उनका बहुमूल्य गुलाबहरूमा झर्दा गुलाभारू पनि सुनमा बदलिए, तर राजाले अब सुनको ख्याल गरेनन्। उसले आफ्नो गुलाब, सुन र आफैंको वास्ता गरेन।उनि कराउन थाले “डियोनिस, मेरो प्रार्थना सुन्नुहोस्,” भनेर, राजाले बिन्ती गरे। मेरो इच्छा फिर्ता लिनुहोस्। कृपया, मेरो इच्छा फिर्ता लिनुहोस् र मेरी छोरी बचाउनुहोस्।

त्यो सबै देखेर डियोनिस देवता ले उनको अन्तिम इच्छा पनि पुरा गरे। तेस्पछि सुन मा बदलेको सबै कुरा फेरी जस्ता को तस्तै भयो। अनि राजा मिडास सुन को लोभ नगरी आफ्नो राज्य चलाउन थाले।

Sharing is Caring

Leave a Comment

Your email address will not be published.