मोबाइलमा म्यासेज

शेरेले एउटी केटीलाई धेरै माया गर्थ्यो तर भन्न डराएर केही भन्न सकेको थिएन ।
एक दिन उसले म्यासेजमा I Love You लेखेर केटीलाई पठाउने निर्णय गरेछ ।
उसले राती केटीको नंबरमा म्यासेज पठाएछ ।
केही समय पछि शेरेको मोबाइलमा म्यासेजको रिङटोन बजेछ तर उसले भोलिपल्ट बिहान नुहाईधुआई गरेर मन्दिर गएर मात्र म्यासेज पढ्ने निर्णय गरेछ र सुतेछ ।
रात भरि केटीकै सपना देखेछ ।
बिहान उठेर नुहाएछ र मन्दिर गएछ । अनि मन्दिर गएर आएर म्यासेज पढेको त यस्तो लेखेको रैछ :
“तपाइको पैसा सकिएको कारणले म्यासेज जान सकेन। कृपया पुन रिचार्ज गरेर फेरि कोसिस गर्नुहोला।”

Leave a Comment

Your email address will not be published.