तरबार चलाउने प्रतियोगिता

(एकदिन राजेस हमाल, ज्याकी च्यान र टम क्रुस बिच तरबार🔪चलाउने प्रतियोगिता भएछ)
पहिले टम क्रुस आएछ र एउटा माखा उडाई हावामा तरबार घुमाएछ । माखाको टाउको र ज्यान फरक ठाँउमा खसेछ ।

दोस्रो मा ज्याकी च्यान आएछ र अर्को माखा उडाई हावामा तरबार घुमाएछ । माखाको खुट्टाहरु भुँईमा झरेछन ।

अब राजेस दाई को पालो आएछ । हाम्रो राजेस दाई पनि के कम । एउटा माखालाई फुत्त हावामा फाली तरबार एक चोटी घुमाउनुभएछ । तर माखा उडीनै रहेछ । यो देखेर सबै हाँसेछन् । र सोधेछन् –
“खै त केही पनि भएन माखालाई ?”

राजेस दाईले जवाफ दिनुभएछ–“अब यो माखा कहिले पनि बाउ बन्न सक्दैन ।”

😉😄😉😄😉😄 सब बेहोस 😉😄😉😄😉😄😉

Leave a Comment

Your email address will not be published.