२–२ ओटा अण्डा

राजेस दाईको कुखुराको फार्म रहेछ । एकदिन राजेस दाईले सबै कुखुरालाई बोलाएर थर्काउदैँ भन्नुभएछ ।
ओइ कुखुरा हो । बाँच्न मन छ भने भोली बाट तिमीहरुले २–२ ओटा अण्डा पार्ने नत्र जे पनि हुन सक्छ ।
कुखुराहरु सबै डराएर २–२ ओटा अण्डा पार्न थालेछ । तर एउटा कुखुराले १ मात्र अण्डा पारेछ ।
राजेस दाईले थाहापाएर त्यो कुखुरालाई मात्र एकान्तमा बोलाएर सोध्नुभएछ ।
🔥 “तेरो यत्रो हिम्मत । मैले भनेको कुरा नमान्नी । मेरो डर लाग्दैन तलाई ?”🔥

कुखुरा सानो स्वर मा रुँदै भनेछ– “🙏दाई तपाईको डर लागेर त मैले १ भनेनी पारेको नत्र त पार्न सक्थिन् । म त भाले🐥 हुँ ।”

Leave a Comment

Your email address will not be published.