राजेश दाई एकदिन एउटा भब्य पार्टीमा जानु भएछ र सिट मा बस्नु भएछ। राजेश दाईलाई निकैनै भोक लागेको अवस्था रैछ। केहि छिन पछि, मौका मिलाएर त्यंहाको वेटरलाइ खानाको इसारा गर्नु भएछ। अनि वेटर आएछ र एक गिलास पानी दिएछ, र भनेछ “एकै छिन पर्खिनु है। अहिलेलाई यो पानि पिउंदै गर्नुस।”
धेरै समय भएछ, तैपनि केहि खाने कुरा आएनछ। फेरी वेटरलाई बोलाउंदा, उही एक गिलास पानी लेराएर, एकै छिन पर्खनु भनेछ। त्यसै गरि भन्दा भन्दा १० गिलास पानि भैसकेछ। अब त रिस खप्नै नसक्ने अवस्थामा पुग्नुभएछ र वेटरलाई बोलाएर भन्नुभएछ। “भाई, यो पानि खाँदा खाँदा घांटीमै अड्कियो अब दाल भात लेराउत, पिई हाल्छु। “