चियामा माखा

शेरे चिया खान गएछ । एक कप चिया मगाएर २–३ सर्को पिएपछि, त्यसमा माखा देखेछ र पसलेलाई भनेछ ।
शेरे : ओ साहुजी, अर्को चिया लेउ । यसमा त माखा परेको रैछ । धन्न जुठो हाल्नुभन्दा अगाडीनै देखेछु ।

(साहु त्यहाँ आएर कप हेरेछ र भनेछ)
साहु : तपाईले त जुठो हालिसक्नुभएछ । अर्को कपको त पैसा फेरी लाग्छ है ।
शेरे : हैत् । कता जुठो हाल्नु । मैले छोको त छैन ।
साहु : किन ढाँटनुभाको । मैले थाहापाउन्न र ? यो चियामा सुरुमा २ वटा माखा थियो । अहिले एउटा मात्र छ ।

Leave a Comment

Your email address will not be published.