राजेश दाई एकदिन एउटा भब्य पार्टीमा जानु भएछ र सिट मा बस्नु भएछ। राजेश दाईलाई निकैनै भोक लागेको अवस्था रैछ। केहि छिन पछि, मौका मिलाएर त्यंहाको वेटरलाइ खानाको इसारा गर्नु भएछ। अनि वेटर आएछ र एक गिलास पानी दिएछ, र भनेछ “एकै छिन पर्खिनु है। अहिलेलाई यो पानि पिउंदै गर्नुस।”
धेरै समय भएछ, तैपनि केहि खाने कुरा आएनछ। फेरी वेटरलाई बोलाउंदा, उही एक गिलास पानी लेराएर, एकै छिन पर्खनु भनेछ। त्यसै गरि भन्दा भन्दा १० गिलास पानि भैसकेछ। अब त रिस खप्नै नसक्ने अवस्थामा पुग्नुभएछ र वेटरलाई बोलाएर भन्नुभएछ। “भाई, यो पानि खाँदा खाँदा घांटीमै अड्कियो अब दाल भात लेराउत, पिई हाल्छु। “
( परीक्षा हलमा एउटा विद्यार्थी शिक्षकको टुप्पी तानिरहेको थियो । यो देखेर शिक्षकले रिसाउँदै भने )
शिक्षक : ए केटा ! किन मेरो टुप्पी तानिरहेको छस् तँ ?
विद्यार्थी : मेरो दिमागले केही पनि टिपेन । त्यही भएर सर ।
शिक्षक : टुप्पी तानेरचैँ टिप्छ त तेरो गोबर भरिएको दिमागले ?
विद्यार्थी : ह्या सर पनि ! किन नटिप्नु त, रेडियोको एन्टिना तानेपछि कति राम्रोसित टिप्छ ।
😂😂😂😂😂😂😂😂😂😂😂
( शेरे कार 🚗धोइरहेको रैछ । त्यत्तिनै बेला एउटा अन्टी त्यहाँ आइपुगेछ र भनेछ )
अन्टी : कार धोइराको हो भाई ?
( शेरे लाई रिस उठेछ र भनेछ )
शेरे : हैन पानी खुवाइराको हो । पछि बढेर बस 🚌हुन्छ कि भनेर ।
😄😄😄😄😄😄😄😄😄😄😄😄😄😄😄😄😄
(बाउले छोरालाई रिजल्ट अगाडी)
बाउ : हेर छोरा ! तँ यसपाली पनि परिक्षामा फेल भइस् भने मलाई बाउ नभन्नु । बुझिस 😠
(भोली पल्ट रिजल्ट आएपछि)
बाउ : ए छोरा ! तेरो रिजल्ट के भयो भन ?
छोरा : यो हरि बहादुर कति जिस्केको भनेको। रिजल्टमा फेल भएर टेन्सन भइरहेको बेला । 😉😉😉😉😉😉😉😉
(पार्टीमा जानुअघि बुढीले नयाँ सारी लगाएर)
बुढी : मलाई यो पाहेैलो सारीमा कस्तो देखेको छ ?
बुढा : ठ्याक्कै तोरी बारीमा भैँसी 🐄चरेको जस्तो देखेको छ ।
(बुढीको हातबाट दरो कुटाई 👋🔨खायो बुढाले)
शेरे पहिलो पटक गाउँ बाट शहर गयो । पहिलो पटक उ गाडी 🚌चढेको भएर बसको चालकले गाडी चलाएको हेरेर बस्यो । पछि बिच बाटोमा खाजा खान सबै गाडी बाट ओल्र्यो, तर शेरे र्ओलेन । पछि चालक फर्केर गाडी चलाउन खोज्दा त गाडीको गियर नै भाचेँको देख्यो ।
त्यो देखेर बस चालक रिस ले चुर भएर कराउँदै भन्यो–“कसले भाँचेको हो यो ?”
अनि शेरेले पनि ठूलो स्वरमा फुर्तीको साथमा “मैले भाँचेको हो” भन्यो ।
अनि चालकले किन भाँचिस भनेर सोध्दा,
शेरेले भन्यो–“ बस चलाउन सुरु गरेदेखिनै तपाईले यसलाई घरी यता घरी उता धकेलेर भाच्न खोज्नुभाको थियो । तपाईले त सकेन त्यै भएर मैले त एकै पटकमा भाँचीदिए ।”
(शेरेले धोबी कुटाइ 🔨खायो)
(बुढाले आफ्नो बुढीलाई)
लोग्ने : तिमीलाई एक ठाउँबाट हेर्दा, मलाई एकदमै राम्रो लाग्छ ।
स्वास्नी : (खुसी हुँदै) 🙌 कुन ठाउँ बाट ?
लोग्ने : टाढा बाट । 😉😉😉😉
( स्वास्नी खुब रिसाई )
( राम र श्याम कुरा गर्दै )
राम : ओइ श्याम, तिमीलाई पौडी खेल्न आउँछ ?
श्याम : मलाई त आउँदैन नी ।
राम : 😆(हाँस्दै) तेती पनि आउँदैन तिमीलाई । बरु कुकुरलाई 🐕 राम्रोसगँ आउँछ ।
श्याम : 😠(रिसाउँदै) त्यसोभए तिमीलाई चैँ आउँछ त?
राम : (खुसी हुँदै) मलाई त मज्जाले आउँछ ।
श्याम : तेसो भए कुकुर र तिमीमा के फर क भयो र ?
😉😉😉😉😉श्याम दङ्गै प¥यो 😉😉😉😉😉
(अङ्ग्रेजी पढाउने शिक्षकलाई केटाले छुट्टि भएपछि सोध्यो)
सर : नटुरेको अर्थ के हो ?
शिक्षक : नटुरे ? उसको प्रश्नले शिक्षक अकमक्क परे । कुरा टार्न उनले भोलि भनौँला भने । उनले त्यो रातभरि पूरै डिक्सनरी अध्ययन गरे तर नटुरे शब्द कहीँ भेटेनन् ।
(भोलिपल्ट त्यो केटाले फेरी स्कुल छुट्टि भएपछि बाटोमा सोध्यो)
केटो : सर, नटुरेको अर्थ आज भन्छु भन्नुभएको होइन ?
त्यो दिन पनि शिक्षकले उत्तर भन्न सकेनन्, कुरा टारे । यसरी त्यो केटाले दिनदिनै त्यही प्रश्न सोधेर हैरान पारेपछि शिक्षक लाजले अर्कै बाटो हिँड्न थाले । तर, एकदिन केटाले शिक्षकलाई भेट्यो र फेरी त्यही प्रश्न सोध्यो ।
(दिक्क हुँदै शिक्षकले उसलाई सोधे)
शिक्षक : नटुरेको यसको स्पेलिङ के हुुन्छ ?
केटो : nature ।
शिक्षक : (रिसले चुर हुँदै) गोरु ! मलाई बेकुफ बनाइस् हैन ? नेचरलाई नटुरे भनेर मेरो ज्यान खाइस् । प्रिन्सिपललाई भनेर अब तँलाई स्कुलबाट ननिकाली छाडेदिनँ ।
केटो : (शिक्षकको खुट्टा समातेर रुँदै) सर प्लिज, तेसो नगर्नुस् मेरो फुटुरे(future) खराब हुन्छ ।