( एउटा भ्यागुता ज्योतिषकोमा गएछ र आफ्नो भविष्य हेरिदिनु भनेछ )
ज्योतिषः तेरो जीवनमा एउटी राम्री च्वाँक केटी आउनेछ अनि तेरो मुटु चोरेर लानेछ।
भ्यागुताः (खुशी हुँदै) त्यो केटी कहाँ भेट्छु त मैले ?
ज्योतिष : Biology को Practical Lab मा ..
भ्यागुता त ठाउँको ठाउँ बेहोश
( धुर्मुस आफुलाई खुब स्वर सम्राट मान्थ्यो, यतिकैमा एकदिन एउटा किसानलाई धुर्मुसले गीत सुनायो। केही बेर पछी किसान सुक-सुक गर्दै रुन थाल्यो )
धुर्मुस : (मन मनै खुशी हुँदै ) खुशी लाग्यो मेरो सँगीतको राग बुझ्ने तिमी मात्रैरहेछौ।
किसान : म हजुरको गीत सुनेर रोएको होइननी।
धुर्मुस : अनी किन रोएको त ?
किसान : पोहोर साल मेरो एउटा गोरु मर्यो, मर्ने बेलामा यस्तै स्वर निकालेको थियो। आज मलाई मेरो गोरुको याद आयो अनी रोएको।
( शिक्षकले शेरेलाई प्रश्न सोध्दै थियो )
शिक्षक : कुखुरीले 🐔के दिन्छ ?
शेरे : अण्डा ।
शिक्षक : राम्रो, अनि खसीबाट🐐 के पाइन्छ ?
शेरे : मासु ।
शिक्षक : साह्रै राम्रो । अनि गोरुले 🐄चाहिँ के दिन्छ ?
शेरे : होमवर्क । 😜 🤪😜 🤪