bus jokes in nepali

Bus Jokes in Nepali

पहिलो पटक गाडी चढेको

शेरे पहिलो पटक गाउँ बाट शहर गयो । पहिलो पटक उ गाडी 🚌चढेको भएर बसको चालकले गाडी चलाएको हेरेर बस्यो । पछि बिच बाटोमा खाजा खान सबै गाडी बाट ओल्र्यो, तर शेरे र्ओलेन । पछि चालक फर्केर गाडी चलाउन खोज्दा त गाडीको गियर नै भाचेँको देख्यो ।
त्यो देखेर बस चालक रिस ले चुर भएर कराउँदै भन्यो–“कसले भाँचेको हो यो ?”

अनि शेरेले पनि ठूलो स्वरमा फुर्तीको साथमा “मैले भाँचेको हो” भन्यो ।
अनि चालकले किन भाँचिस भनेर सोध्दा,

शेरेले भन्यो–“ बस चलाउन सुरु गरेदेखिनै तपाईले यसलाई घरी यता घरी उता धकेलेर भाच्न खोज्नुभाको थियो । तपाईले त सकेन त्यै भएर मैले त एकै पटकमा भाँचीदिए ।”
(शेरेले धोबी कुटाइ 🔨खायो)

Read More

चढ्न पाउनु भयो

( हाकु र शेरे बसको पछि–पछि दौडिँदैथियो । खलासीले हाक्कुको हात समाएर बसभित्र तानेछ । शेरे चाहिँ छुटेछ। अनि बसका अन्य यात्रुहरुले चङ्खेलाई भनेछन् )
यात्रुहरु : बधाई छ । जे होस्, तपाई चढ्न पाउनु भयो ।
हाकु : केको बधाई नि । म त शेरेलाई उसलाई बससम्म पुर्याउन आएको थिएँ । चढ्नुपर्ने त ऊ पो हो । अब के गर्ने, लौ न ?

Read More

शेरेको कार

( शेरे कार 🚗धोइरहेको रैछ । त्यत्तिनै बेला एउटा अन्टी त्यहाँ आइपुगेछ र भनेछ )
अन्टी : कार धोइराको हो भाई ?

( शेरे लाई रिस उठेछ र भनेछ )
शेरे : हैन पानी खुवाइराको हो । पछि बढेर बस 🚌हुन्छ कि भनेर ।
😄😄😄😄😄😄😄😄😄😄😄😄😄😄😄😄😄

Read More

शेरेको रमाइलो तपस्या

( शेरेको तपस्या सुनेर भगवान खुसी भएर उसको अगाडी आएर भन्नुभएछ )
भगवान : भन बालक तिमीलाई के चाहियो ?
शेरे : एउटा जागिर, अनि गाडी र गाडीमा केटीनै केटी चाहियो भगवान ।
भगवानले तथास्तु भन्नुभएछ र अहिले शेरे केटी मात्र पढ्ने स्कुल को बस डाइभर
भएको छ।

Read More

Leave a Reply

Your email address will not be published.