( शेरे र थापा आफ्नो बाउको बारेमा गफ लगाउदै )
थापा : हाम्रा बा यति होशियार छन् सलाई किन्दा बट्टा खोलेर गन्छन् ।
शेरे : तेरा बा के होशियार ? हाम्रा बा त सलाई किन्दा झन् सबै काँटी बालेर चेक गर्छन् ।
( खाली पिरियडमा साना विद्यार्थीहरुलाई कत्तिको चलाख छन् भनेर टेस्ट लिने क्रममा प्रिन्सिल्पलले एउटा बच्चालाई प्रश्न सोधे )
प्रिन्सिपल : यो चराको खुट्टा मात्र हेरेर भन त यो चराको नाम के हो ?
बच्चा : खोइ थाहा भएन सर !
प्रिन्सिपल : त्यति पनि थाहा छैन ? यो चराको नाम परेवा हो। तिमीलाई केहि पनि आउदैन रहेछ। नाम के हो तिम्रो ?
बच्चा : (खुट्टातिर देखाउँदै) ….यो
प्रिन्सिपल : के ?
बच्चा : मेरो खुट्टा हेरेर थाहा पाउनुहोस् न !