competition jokes in nepali

Competition Jokes in Nepali

सायरी प्रतियोगिता

(केटा र केटी बिच सायरी )
पहिले केटीले👧 भनेछ :
पुरुष भेनको पुरुष हो ।
जुत्तामा लगाउने बुरुष हो ।
लुगा सिलाउने कुरुस हो ।
लास्टै सल्किने उडुस हो ।

अनि केटाको👦पालो आएछ :
महिला भनेको मैला हो ।
पैसा बोक्ने थैला हो ।
जति फुत्र्ती लगाएपनि,
लास्टमा जाने पोइला हो ।
👏👏👏👏👏👏👏👏👏👏👏👏

Read More

गित गाउने प्रतियोगिता

एकदिन गित🎶 प्रतियोगिता गाउने शेरेले पनि भाग लिएछ । तर उसलाई खासै गित गाउन भने आउँदैन रहेछ ।

उ भन्दा पहिलेकोले यस्तो गित गाएछ:

“देउरालीको चौतारीमा,
साननानीले आँखा छोपेको
आउँछ अझै झझल्को”

अब शेरे को पालो आएछ, तर के गाउने थाहानै थिएन । उसको पालो अघिकोले गाएको गितलाई हल्का परिवर्तन गरेर यस्तो गित गाएछ ।
“हेटौँडाको ससुरालीमा,
श्रिमतिले डाडुले हानेको
दुख्छ अझै टुटिल्को ।”
😄😄😄😄😄😄😄😄😄😄😄😄

Read More

तरबार चलाउने प्रतियोगिता

(एकदिन राजेस हमाल, ज्याकी च्यान र टम क्रुस बिच तरबार🔪चलाउने प्रतियोगिता भएछ)
पहिले टम क्रुस आएछ र एउटा माखा उडाई हावामा तरबार घुमाएछ । माखाको टाउको र ज्यान फरक ठाँउमा खसेछ ।

दोस्रो मा ज्याकी च्यान आएछ र अर्को माखा उडाई हावामा तरबार घुमाएछ । माखाको खुट्टाहरु भुँईमा झरेछन ।

अब राजेस दाई को पालो आएछ । हाम्रो राजेस दाई पनि के कम । एउटा माखालाई फुत्त हावामा फाली तरबार एक चोटी घुमाउनुभएछ । तर माखा उडीनै रहेछ । यो देखेर सबै हाँसेछन् । र सोधेछन् –
“खै त केही पनि भएन माखालाई ?”

राजेस दाईले जवाफ दिनुभएछ–“अब यो माखा कहिले पनि बाउ बन्न सक्दैन ।”

😉😄😉😄😉😄 सब बेहोस 😉😄😉😄😉😄😉

Read More

Leave a Reply

Your email address will not be published.