Dog Jokes in Nepali

बन्दुक बोकेर

छोरा स्कुलबाट फर्किदै थियो । बुबा बन्दुक बोकेर बाटोमा उभिरहेको देखेर छोराले छक्क पर्दै सोध्यो–
छोरा : बुबा ! बन्दुक बोकेर बाटोमा किन उभिइरहनुभएको? कसैलाई कुर्नु भएको हो ?
बुबा : (बहादुरीको साथ) देखिनस् ! जङ्गलमा बाघ मार्न हिँडेको ।
छोरा : अनि खुरुखुरु नगएर यहाँ किन उभिइरहनुभएको त?
बुबा : ऊ त्यहाँ पर हेर् त, कुकुर बसेको छ । त्यसले मलाई टोक्यो भने नि ?

Read More

बाङ्गो बनाउन

( धुर्मुसले कुुकुरको पुछरमा पाइप छिराउँदै गरेको देखेर सुन्तलीले चिच्याउँदै भनी )
सुन्तली : हेर, हेर यिनको बुद्धि, कुकुरको पुच्छर बाह्र वर्ष ढुंगामा हाल्दा पनि सोझिँदैन भनेको कुरा सुनेको छैनौ तिमीले ?
धुर्मुस : तँ नकरा, बढी नबन् त । मैले कुकुरको पुच्छर सिधा बनाउन हैन, यो पाइपचाहिँ बाङ्गो बनाउन लागेको हुँ क्या ।

😇😇😇😇😇😇😇😇😇😇😇😇😇😇😇😇😇😇😇😇😇😇😇😇😇😇😇😇😇😇😇😇

Read More

गिफ्ट पसलमा

(लामो समय शेरे गिफ्ट पसलमा सामान हेरेछ र अन्तिममा एउटा सामान मन परेछ र सोधेछ)

शेरे : यो मिठो हाँसेको देखेको कुकुरको कति पर्छ नि ?

साहु : (दङ्ग पर्दै ) भाई, यो त अैना पाे हाे त ।

😏😏😏😏😏😏😏😏

Read More

पोडी खेल्न आउँछ ?

( राम र श्याम कुरा गर्दै )

राम : ओइ श्याम, तिमीलाई पौडी खेल्न आउँछ ?
श्याम : मलाई त आउँदैन नी ।
राम : 😆(हाँस्दै) तेती पनि आउँदैन तिमीलाई । बरु कुकुरलाई 🐕 राम्रोसगँ आउँछ ।

श्याम : 😠(रिसाउँदै) त्यसोभए तिमीलाई चैँ आउँछ त?
राम : (खुसी हुँदै) मलाई त मज्जाले आउँछ ।
श्याम : तेसो भए कुकुर र तिमीमा के फर क भयो र ?


😉😉😉😉😉श्याम दङ्गै प¥यो 😉😉😉😉😉

Read More

Leave a Reply

Your email address will not be published.