पुलिस : हैन । तैले यति धेरै रक्सी 🍺किन पिउँछस ?
शेरे : बाध्यता सर । बाध्यतामा पिएको हो ।
पुलिस : तलाई के को बाध्यता भन त ?
शेरे : बोतलको बिर्को नै हरायो । अनि पिउन परेनत् ।
शेरेले एकदिन होटेलबाट रक्सी ल्याएर बुढीलाई पिउन भन्यो ।
त्यसैले बुढीले मुखमा हाली र मुख बिगार्दै भनि, ‘छि छि के हो यस्तो । कस्तो नमिठो ।’
अनिशेरेले भन्यो, देखिस् । तेरो बुढोले कति न मिठो खाएर आउँछ भन्ने सोचेको थिइस् नि । कम गारो छ मलाई।
( एउटा बिवाहको पार्टीमा डिजेले पार्टी आयोजकलाई सोध्यो )
डिजे : कति बेलासम्म सङ्गीत बजाउनु पर्ला ?
पार्टी आयोजक : पाहुनाले ७–८ पेग भोड्का नखावुन्जेल बजाइदिनुस् न । त्यसपछि त यिनीहरु जेनेरेटरको आवाजमा पनि नाचिहाल्छन् नि !
( बुढा टन्न रक्सि पिएर घर फर्केछ । ढोकाको घण्टी बजाएपछि बूढीले बरण्डा बाट तल साँचो फालिदिइछ । तर, १० मिनेट बितिसक्दा पनि बूढाले ढोका खोल्न सकेनछ । त्यस्पछी बूढीले चिचाँउदै भनेछ )
बूढी : हैन ! साँचो भेटिएन कि क्या हो, अर्को फालिदिऊँ ।
बूढा : पर्दैन, पर्दैन ! साँचो त भेटियो तर ताला नै पो भेटिएन । बरु ताला नै फालिदेऊ न ।
( छोरा बेलुका रक्सी🍷खाएर घर आएछ । बाउले गाली गर्छ भनेर ल्यापटप खोलेर पढेको जस्तो गर्न थालेछ )
बाउ : के हो आज नि तैले रक्सी खाएर आइस ।
छोरा : हैन बुवा । म त पढि रहेको छु ।
बाउ : तेसो भए किन सुटकेस💼खोलेर बसेको त ?