electricity jokes in nepali

Electricity Jokes in Nepali

नेपालको दाल भात र तरकारी

एउटा अमेरीका🚢बाट आएको खैरे नेपलाको गाँउमा बास बसेछ । त्यसलाई नेपालको दाल भात र तरकारी🍛निकै मिठो लागेर थपी थपी खाएछ । पछि दिशा लागेर 🚽ट्वाइलेट नपाएसी घारी तिर गर्न जाँदा झुकेर सिस्नोको घारीमा गएर हगेछ । हग्न त हग्यो तर सिस्नोले निकैनै पोलेछ ।
पछि अमेरीका फर्केर साथी भाइलाई आफ्नो भ्रमणको बारेमा भनेछ “यार नेपला देशले त खुब प्रगती गरीसकेछ, नेपलामा बिजुली यती धेरै भइसकेछ की बढी भएर उनीहरुले त घाँस, अनि झाडी तिर नी बीजुली छाडेछ ।”

Read More

बाबाको खिल्ली

एकपटक एउटा बाबा एक गाँउमा पुगेछन् । अनी भिख माग्न थालेछन् । तर त्यहाँको मान्छेहरु खुब हाँसेछन😄। सबैले उनको खिल्ली उडाएछन् ।
अचानक सबैले केही पनि नदेख्ने भएछन । सबैको आँखाको ज्योति गुमेको जस्तो भएछ ।
त्यसपछि सबै रुन थालेछन्, कराउन थालेछन् । र भन्न थालेछन्–“बाबा हामीलाई माफ गर्दिनुहोस, हामीले तपाईको खिल्ली उडाउन नहुने थियो । हाम्रो आँखाको ज्योति फिर्ता ल्याइदिनुस ।”
त्यत्तिकैमा बाबाले आफ्नो चप्पल निकालेर तिनीहरुलाई कुट्दै भनेछन्–“सालाहरु बत्ती गएको हो । जेनिरेटर लगा ।”
😄😄😄😄😄😄😄😄😄😄😄😄😄😄😄😄😄

Read More

Leave a Reply

Your email address will not be published.