शेरे : आज मलाई १० जनाले कुटे नि !
मुन्द्रे : अनि तैँले केहि गरिनस्, शेरे ।
शेरे : मैले नि भनिदिएँ, हिम्मत भए एक–एक गरेर आओ।
मुन्द्रे : अनि…..
शेरे : अनि फेरि एक–एक गरेर १० जनाले कुटे।
( शेरे होटेलको टेबलमा एउटा कोकाकोलाको बोतल राखेर उदास मुडमा बसेको थियो । यत्तीकैमा उसको साथी हाकुकालु आयो र टेबलमा शेरेले राखेको चिसो कोकाकोलाखायो अनि सोध्यो )
हाकु : शेरे तँ किन उदास भएर बसेको यार ?
शेरे : आजको दिन सारै खराब रहेछ यार, बिहान girlfriend सँग बबाल झगडा भयो फेरी बाटोमा गाडी बिग्रियो तेइ भएर अफिस पुग्न ढिलो भयो र हाकिम रिसाएर जागिरबाट निकालिदियो । त्यसैले म यो बेकार life देखि बिदा हुन्छु भनेर मर्नको लागि कोकाकोलाको बोतलमा बिष हालेर खान लागेको त्यो पनि तैँले खाइदिस् ।
( राजेस हमाल र महाभारतको अर्जुन बिचको 👊 कुराकानी 👊)
अर्जुन : मेरो तिरको ➸ निशाना यती कडा छ कि, मेलै उडिरहेको चराको आखाँ फोर्न सक्छु ।
राजेस दाइ : मात्र आँखा, मैले त्यो चराको आँखाको retina को blood vessel को RBC मा भएको haemoglobin को protein को 6th amino acid को hydrogen bond लाई फुटाउन सक्छु । 😈
अर्जुन : मैले त मजाक पो गरेको हजुरले त साँच्चै भन्ठानुभएछ ।
😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍