Menu Close

भुकम्प आयो

शेरे : ओइ उठ। चांडो उठ। भुकम्प आए जस्तो छ। घर पुरै हल्लियो।

हाकु : ह्य, चुप लागेर सुत। घरनै भात्केपनि हाम्रो भत्किने होइन, घर बेटीको भत्किने हो। हामि त भाँडामा बसेको हो।

🤒🤒🤒🤒🤒🤒🤒🤒🤒🤒

Read More

भित्ताको आरपार

राजेस दाई : मेलै यस्तो कुरा पत्ता लगाको छु, जस्को मदतले भित्ताको आरपार हेर्न मिल्छ ।

शेरे : तेस्तो के पत्ता लगायौ र ?

राजेस दाई : प्वाल

😊😇🙂😊😇🙂😊😇🙂😊😇🙂

Read More

के गरूँ, के नगरु,

राम : यार मलाई त लास्ट तनाब भैराको छ। के गरूँ, के नगरु, सोच्नै सकिरको छैन।

श्याम : के भयो र ? के सोच्न सकिनस र ?

राम : हेर्न, स्वास्नीको मेकअप को बिल हेर्नै सक्दिन, अनि मेकअप बिना स्वास्नी लाइ हेर्न सक्दिन।

Read More

चढ्न पाउनु भयो

( हाकु र शेरे बसको पछि–पछि दौडिँदैथियो । खलासीले हाक्कुको हात समाएर बसभित्र तानेछ । शेरे चाहिँ छुटेछ। अनि बसका अन्य यात्रुहरुले चङ्खेलाई भनेछन् )
यात्रुहरु : बधाई छ । जे होस्, तपाई चढ्न पाउनु भयो ।
हाकु : केको बधाई नि । म त शेरेलाई उसलाई बससम्म पुर्याउन आएको थिएँ । चढ्नुपर्ने त ऊ पो हो । अब के गर्ने, लौ न ?

Read More

पोडी खेल्न आउँछ ?

( राम र श्याम कुरा गर्दै )

राम : ओइ श्याम, तिमीलाई पौडी खेल्न आउँछ ?
श्याम : मलाई त आउँदैन नी ।
राम : 😆(हाँस्दै) तेती पनि आउँदैन तिमीलाई । बरु कुकुरलाई 🐕 राम्रोसगँ आउँछ ।

श्याम : 😠(रिसाउँदै) त्यसोभए तिमीलाई चैँ आउँछ त?
राम : (खुसी हुँदै) मलाई त मज्जाले आउँछ ।
श्याम : तेसो भए कुकुर र तिमीमा के फर क भयो र ?


😉😉😉😉😉श्याम दङ्गै प¥यो 😉😉😉😉😉

Read More

१ किलो हुलास

( शेरे र रामे एउटा घरमा चोरी गर्न गएछन् )
रामेले सुन, पैसाहरू चोरेछ तर शेरेले १ किलो हुलास गहुँको पिठो मात्र ल्याएछ।
रामे: ओइ, सुन चाँदी छोडेर तैँले यो पिठो मात्र किन चोरेको ?
शेरे : (मुसुक्क हाँस्दै) हुलास भए अरु किन खोज्ने ?

Read More

english बोल्न नआउने

( राम र हरी कुरा गर्दै )
राम : ओइ ! त्यो हाम्रो हिरोनी रेखा थापालाई त englishबोल्ननी आउँदैन रैछ बै ।
हरी : हो र । कसरी थाहा पाइस त?
राम : मेलै पष्कक mभ💏भनेको त एक थप्पडपो गालामा हानी बै ।

Read More

राम, हरि र भरत

राम, हरि र भरत तिन साथी थियो । उनीहरु कक्षाकोठामा पढिरहँदा तिनै जनाले एकैचोटि पादेछन् 🎆)
अनि मिसले कसले पादेको हो भनेर पालैपालो उनीहरुलाइ सोदेछन् । तिनीहरुले पनि आफ्नै शैलीमा उत्तर दिएछन् ।

राम : नाम मेरो राम । पाद्ने मेरो काम ।
हरि : नाम मेरो हरी । पाद्छु घरीघरी ।
भरत : नाम मेरो भरत । पाद्छु भरट भरट ।

Read More

कति ओटा देश

राम : श्याम भन त । यो विश्वमा कति ओटा देश छन् ?

श्याम : हाहा! कस्तो रमाइलो प्रश्न गरेको तिमीले । यो विश्व मा त एउटा माञ देश छ नि । त्यो हो नेपाल । अरु त सबै विदेश भइहाल्यो नि ।

🤓🤓🤓🤓🥰🥰🥰🥰🥰

Read More

कोकाकोलाको बोतल

( शेरे होटेलको टेबलमा एउटा कोकाकोलाको बोतल राखेर उदास मुडमा बसेको थियो । यत्तीकैमा उसको साथी हाकुकालु आयो र टेबलमा शेरेले राखेको चिसो कोकाकोलाखायो अनि सोध्यो )
हाकु : शेरे तँ किन उदास भएर बसेको यार ?

शेरे : आजको दिन सारै खराब रहेछ यार, बिहान girlfriend सँग बबाल झगडा भयो फेरी बाटोमा गाडी बिग्रियो तेइ भएर अफिस पुग्न ढिलो भयो र हाकिम रिसाएर जागिरबाट निकालिदियो । त्यसैले म यो बेकार life देखि बिदा हुन्छु भनेर मर्नको लागि कोकाकोलाको बोतलमा बिष हालेर खान लागेको त्यो पनि तैँले खाइदिस् ।

Read More

शेरे र तिन पागल

( शेरेको दिमाग खुस्किएपछि उपचारका लागि उसलाई मानसिक अस्पतालमा राखिएछ । अस्पतालको तीन जना पागलसँग शेरे त्यहाँबाट कसरी भाग्ने भन्नेबारे छलफल गर्दैरहेछन् )
पहिलो पागल : अब यहाँबाट नभागी भएन, तर कसरी भाग्ने ?
दोस्रो पागल : पर्खाल निकै अग्लोरहेछ भने हामफालेर भागौँ ।
तेस्रो पागल : पर्खाल निकै मोटोरहेछ भनेचाहिँ पर्खाल प्वाल पारेर भागौँ ।
चतुरे : हामी भाग्न नसक्ने भयौँ यार ।
तीन पागल (एकै साथ) : किन नि ?
शेरे : मैले बिहान हेरेको, त्यहाँ पर्खाल नै रहेनछ ।
😁😂😂😁😁😂😂😁

Read More

बिरामी भई

मुन्द्रे : ओइ, हेर न। मेरो बुडी त बिरामी भई। के गर्ने होला ?

चतुरे : मैले त मेरो बुडी बिरामी भाको बेला एक बोत्तल पेट्रोल पिउन देको थिए।

(केहि बेर पछि )

मुन्द्रे : ओइ, पेट्रोल दिने बितिकै मेरो बुडी को त ज्यान गयो यार।

चतुरे : हो, ठ्याकै ! मेरो बुडीको पनि ज्यान गाको थियो। 🤠🤠🤠🤠🤠

Read More

२१ इन्चको टिभी

शेरो : ओइ हाकु आज त टिभीमा २० फिटको रकेट🚀उडाको देखाउने रे । तैले पनि हेर है ।
हाकु : हेर्न मिल्दैन यार ।
शेरे : किन र ? तेरो घरमा पनि त टिभी छ नि ।
हाकु : टिभी त छ यार जम्मा २१ इन्चको छ । त्यो २० फिटको रकेट त अड्दैन यार ।
😄😄😄😄😄😄😄😄😄😄😄😄😄😄😄😄😄😄😄😄

Read More

बिहेको निम्तो

मुन्द्रे : यार । तिमीलाई मैले मेरो बिहेमा आउनु पर्छ भेनेर निम्तो पठाको थिएँ । तिमी किन नआको ?

साथी : हो र ? मैले त निम्तोनै पाएननि।

मुन्द्रे : नपाएनी मैले त निम्तोमा भनेको थिए त, “यो निम्तो पाए पनि, नपाए पनि मेरो विहेमा आउनुहोला भनेर ।”

Read More

Leave a Reply

Your email address will not be published. Required fields are marked *