( शेरेको तपस्या सुनेर भगवान खुसी भएर उसको अगाडी आएर भन्नुभएछ )
भगवान : भन बालक तिमीलाई के चाहियो ?
शेरे : एउटा जागिर, अनि गाडी र गाडीमा केटीनै केटी चाहियो भगवान ।
भगवानले तथास्तु भन्नुभएछ र अहिले शेरे केटी मात्र पढ्ने स्कुल को बस डाइभर
भएको छ।
( शेरेले लगातार एक वर्ष तपस्या गरेपछि शिव भग्वान प्रकट हुनुभएछ )
शेरे : प्रभु एउटा बाइक 🚲 दिनु प¥यो ।
प्रभु : आफु त यहाँ साँढे 🐄 चढेर हिडी राखेछु । तिमलाई कसरी बाइक दिने ? अरु केहि माग् ।
शेरे : उसो भए हाम्रो देशको नेताहरुलाई बुद्घि दिनुस् ।
प्रभु : ओहो ! कस्तो नसकिने कुरा मागेको । बरु भन कुन कम्पनीको बाइक चाहियो ।
राजेश दाई जहिले पनि आफ्नो ज्यानको भन्दा बढी आफ्नो सन्तानको माया गर्नु हुन्थ्यो। उंहा बिहान उठ्ने बितिकै, पहिले आफ्नो सन्तानको दिर्घायुको लागि भगवानलाई सम्झनुहुन्थ्यो।
उंहाको कामना सुनेर एक दिन साचैनै, भगवान प्रकट हुनु भएछ। भगवानले राजेश दाईलाई भन्नु भएछ, “हेर बालक, तिम्रो सन्तानको संधै राम्रो हुनेछ, तर पहिले तिमि बिहे त गर।”