Greedy Jokes in Nepali

स्कुल ढिलो पुगेपछि

😄(शेरे र हाक्कु स्कुल ढिलो पुगेपछि शिक्षकले प्रश्न गर्दै)😄
शिक्षकले शेरेलाई : किन ढिलो आको तिमी ?
शेरे : बाटोमा ५०० रुपैया भेटेको थिए, टिप्दा टिप्दै ढिलो भयो ।

शिक्षकले हाक्कुलाई : अनि तिमीचैँ किन ढिलो आको त ?
हाक्कु : त्यो ५०० रुपैया मैले खुट्टाले किल्चीराको थिए ।

Read More

टाँका खोल्ने

( डाक्टरले अपरेशन पछि )

डाक्टर : लौ अघि लगाएको टाँका फेरी खोल्न पर्ने भो ।
शेरे : किन र डाक्टर शाहब ?
डाक्टर : अघि अपरेशन गर्दा एउटा कैँची ⚔ तपाईको ज्यान भित्र छुटेछ ।
शेरे : ह्या जाबो एउटा कैँचीको नि के लोभ गरेको । बरु म आफै त्यो कैँचीको पैसा 💸 दिउँला ।

Read More

४ छोराहरु

एउटा बाउ ले आफ्नो ४ छोराहरुको नाम क्रमश बासी, भाँचेको, च्यातेको र पन्चेट राखदिएछ् ।
उसको घरमा एकदिन पाहुना आएछ ।
बाउले पाहुनालाई स्वागत गरेछ अनि बस्ने कुरा चाहिएको हुनाले छोरोलाई भनेछ ।
“ए भाँचेको कुर्सी लिएर आइजे त”

( पाहुना त तर्सेछ, मनमनै सोचेछ कि यसले त भाँचेको कुर्सीमा बसाउने विचार गरेको रैछ क्या हो भनेर )

पाहुना : भयो भयो हामीलाई बस्न पर्दैन ।

( बाउले फेरी चकटीमा पो बस्छन कि भनेर अर्को छोरोलाई बोलाएछ )

बाउ : ए च्यातेको, चकटी लिएर आइजे त ।
च्यातेको चकटी मगाको जस्तो लागेर पाहुनाले भनेछ– “भयो हजुर, यत्तिकै ठिक छ ।”
( बाउले फेरी सोधेछ )
बाउ : खाजा खाँउ है त उसो भए । ए बासी खाना लिगेर आइजे त ।

(अब भने पाहुना हरु निकै डराए, अनि भने )
पाहुना : ए समय पनि धेरै भएछ । अब फर्कनु पर्छ । खना पछि तिर खाउँला नि ।

( बाउले भनेछ )

बाउ : लौ किन एक्लै जानुहुन्छ । मेरो छोरोले बाइकमा पु¥याईहाल्छ नि । ए पन्चेट, बाइक झिक त ।
( पन्चेट बाइकमा चढाएर मार्ने भयो भनेर पाहुना त टाप भागेछन् । त्यस दिन देखी त्यो घरमा कहिले पनि पाहुना आएनछ । )

Read More

1 thought on “Greedy Jokes in Nepali”

Leave a Reply

Your email address will not be published.