haku kale jokes in nepali

Haku Kale Jokes in Nepali

हाकु कालेको लभ

( हाकु काले ले एउटा केटीलाई I love you भनेछ । अनि केटिले झापड हानेर भनेछ )
केटी : के भनिस तैले ?

(हाकु कालेले पनि एक झापड हानेर भनेछ )
हाकु : तैले सुनेकै थिनस् भने किन हानेको ?
😄😄😄😄😄😄😄😄😄😄😄😄😄😄😄

Read More

कुखुरा पनि तिम्रो

शेरे : हाकु यदि तिमीले म सँग भाको टोकरीमा के छ भनेर भन्न सक्यौ भने, यो टोकरीमा भएको आधा अण्डा सबै तिमीलार्ई दिन्छु । अनि यसमा कति अण्डा छ भनेर भन्न सक्यौ भनेचैँ सबै १० ओटै अण्डा तिम्रो र यो अण्डा कसले पारेको भन्न सक्यौ भनेचैँ मेरो कुखुरा पनि तिम्रो ।

हाकु : कति गाह्रो प्रश्न सोधेको ? अलिकति हिन्ट देउन यार ।

Read More

नक्कली नोट

एकदिन हाकु पैसा जम्मा गर्न बैँक गएछ ।

हाकु : यो एक लाख मेरो खातामा जम्मागर्दिनु त ।
(Banker ले पैसा लिन्छ र हेर्छ त सब नक्कली नोट मात्र)
Banker : के हो पैसा त सब नक्कली पो छ त ।
हाकु : म्यामपाखा नक्कली भएर के भो त । मेरो बैँक खाता हो….. म नक्कली पैसा जम्मा गरुम की सक्कली तिमीलाई के
मतलब । खुरुक्क जम्मा गर्न !
(Banker अहिले हस्पिटल छ रहाकु जेलमा)

Read More

चोरीको फल

(शिक्षकले कक्षा कोठामा नैतिक शिक्षा दिने क्रममा)
शिक्षक : सबैले यो कुरा बुझ है । चोरीको फल कहिले मिठो हुँदैन ।
शेरे : तर हिजो मैले चोरेर खाएको आँप कति मिठो थियो त ।
हाकु : हो मिस । अस्ती मेलै तपाईलाई स्याउ देको थिए । तपाईले कति मिठो गरेर खानुभयो । त्यो मैले शेरेको घरबाट चोरेर ल्याएको थिएँ ।

(शिक्षक लाजले टाप) 😄😄😄😄😄😄😄

Read More

धेरै makeup

( हाकुकालेको भूपू मायालु )
हाकुकाले : कहाँ जादै छौ भूपू मायालु ?

केटि : आत्म हत्या गर्न ।
हाकुकाले : अनि किन यति धेरै makeup किन गरेको त ?
केटि : थुक्क तेती पनि थाहा छैन भोलि समाचारमा फोटो आउँछ, तेसैले ।

Read More

चढ्न पाउनु भयो

( हाकु र शेरे बसको पछि–पछि दौडिँदैथियो । खलासीले हाक्कुको हात समाएर बसभित्र तानेछ । शेरे चाहिँ छुटेछ। अनि बसका अन्य यात्रुहरुले चङ्खेलाई भनेछन् )
यात्रुहरु : बधाई छ । जे होस्, तपाई चढ्न पाउनु भयो ।
हाकु : केको बधाई नि । म त शेरेलाई उसलाई बससम्म पुर्याउन आएको थिएँ । चढ्नुपर्ने त ऊ पो हो । अब के गर्ने, लौ न ?

Read More

सगरमाथा कहाँ पर्छ ?

( शिक्षकले हाकु कालेलाई प्रश्न गर्दै )

शिक्षक : राम ! तिमी भन त । सगरमाथा ⛰ कहाँ पर्छ ?
हाकु : थाहा छैन मिस ।
शिक्षक : हिजो भर्खर पढाको होइन । ल खुरुक्क बेन्च माथि उठ्ने ।
हाकु : किन मिस? बेन्च माथि बाट सगरमाथा देखिन्छ हो ?
😉😉😉😉😉😉😉😉😉😉😉😉😉😉😉😉😉

Read More

स्कुटरको ठक्कर

(उसको दुई वटा बटन खुल्ला थियो)
हाकु काठमाण्डौ देखी पोखराको यात्रामा हिडेको थियो यत्तीकैमा पछाडी स्कुटरमा केटी आउँछे र अचानक त्यो स्कुटरले हाकुलाइ ठक्कर दिन्छ र यत्तीकैमा पुलिस आउँछ ।
पुलिस : जुन स्कुटरले तपाईलाई ठक्कर दियो कस्तो रँगको थियो अनि गाडीको नम्बर याद छ ?
हाकु : मलाई अरु केही याद छैन, तर स्कुटर चलाउने केटीले रातो सट लगाएकी थिई अनि उसको माथिका दुइवटा बटन खुल्ला थियो ।
😁😁😁😁😁😁😁😁😁😁😁😁😁😁

Read More

कोकाकोलाको बोतल

( शेरे होटेलको टेबलमा एउटा कोकाकोलाको बोतल राखेर उदास मुडमा बसेको थियो । यत्तीकैमा उसको साथी हाकुकालु आयो र टेबलमा शेरेले राखेको चिसो कोकाकोलाखायो अनि सोध्यो )
हाकु : शेरे तँ किन उदास भएर बसेको यार ?

शेरे : आजको दिन सारै खराब रहेछ यार, बिहान girlfriend सँग बबाल झगडा भयो फेरी बाटोमा गाडी बिग्रियो तेइ भएर अफिस पुग्न ढिलो भयो र हाकिम रिसाएर जागिरबाट निकालिदियो । त्यसैले म यो बेकार life देखि बिदा हुन्छु भनेर मर्नको लागि कोकाकोलाको बोतलमा बिष हालेर खान लागेको त्यो पनि तैँले खाइदिस् ।

Read More

२ दिन देखी भोकै

हाकु फिल्म हेरेर बाहिर निस्किदै थियो, एक्कासी एउटा भिखारी हात फैल्याउँदै पैसा माग्न थालेछ।
भिखारी : भगवानको नाममा केही दिनुस हजुर, २ दिन देखी केही खान पाको छैन ।
(हाकुले १०० को नोट देखाउँदै भनेछ)

हाकु : के तिमिसँग ५० को नोट छ ? म १००० को नोट दिन्छु।
भिखारी : (खुशी हुँदै) छ हजुर छ।
हाकु : साला ठग भिखारी, पहिला त्यो खर्च गर् न त, किन भोकै बसेको ?’’

Read More

बिहे गर्न चाहन्छु

( शिक्षिकाले पढाईरहेको बेला हाकुकाले सँधै हल्ला गर्नेगर्थ्यो । एकदिन हाकुकालेले भनेछ )

हाकुकाले : मिस मलाई तपाई मन पर्छ । म तपाई सँग बिहे गर्न चाहन्छु ।

शिक्षिका : मलाई बच्चा मन गर्दैन ।

हाकुकाले : ठिक छ म कोसिस गर्छु कि बच्चा नहोस ।

Read More

घूरी-घूरी

( बुढीले बुढालाई भन्दै )

बुढा : हेरन बुढा, मलाई त्यो मान्छेले घूरी-घूरी फर्किफर्की हेर्दै छ ।
हाकुकाले : ठिकै छ नि! त्यो कबाडीवाला हो, कबाडी माल हेर्ने तेस्को बानी नै हो ।

बुढी पुरै रिसले चुर भयो

Read More

कलर टि.भी.

( हाकुकाले एकदिन कलर टि.भी. किन्न बजार गएछ र टि.भी. बेच्ने पसलेलाई )

हाकुकाले : के तपाईकोमा कलर टि.भी. छ साहुजी ?

पसले : छ भाई ।

हाकुकाले : तेसो भए मलाई रातो टि.भी. दिनुस न त ।

Read More

पत्नी साटेछ

( हाकुको पत्नीले समाचार हेर्दै आफ्नो बुढोलाई भनेछ )

हाकुको पत्नी : तपाईले थाहा पाउनु भयोे इन्डियामा एकजनाले साईकलसँग आफ्नी पत्नी साटेछ ।
हाकु : म भाको भए मोटरसाईकल भन्दा घटिमा त मरे पनि साट्दिन ।

Read More

भाग्यमा पैसानै पैसा

(हाकु काले पण्डित कहाँ हात हेराउन गएछ)

पण्डित : हेर बालक, तिम्रो भाग्यमा पैसानै पैसा छ ।
हाकु : हो है । अनि त्यो पैसा मेरो बैँक एकाउन्ट मा कसरी हाल्ने नि ?
😄😄😄पण्डित बेहोस 😄😄😄

Read More

भुकम्प आयो

शेरे : ओइ उठ। चांडो उठ। भुकम्प आए जस्तो छ। घर पुरै हल्लियो।

हाकु : ह्य, चुप लागेर सुत। घरनै भात्केपनि हाम्रो भत्किने होइन, घर बेटीको भत्किने हो। हामि त भाँडामा बसेको हो।

🤒🤒🤒🤒🤒🤒🤒🤒🤒🤒

Read More

स्कुलमा आगो

स्कुलमा आगो🔥लागेछ र स्कुल पुरै तरिकाले जलेछ । यो देखेर सबै विद्यार्थी खुसी हुँदै रमाएछन् तर हाकु काले भने उदास भएर बसिरहेको रहेछ । यो देखेर एउटा शिक्षक उसको नजिक गएर सोध्नुभएछ ।

शिक्षक : बाबु तिमी किन उदास 😟भएको ? अरु सबै निकै खुसी छन त ।
हाकु : उदास नभए के हुने त सर ? स्कुल पुरै जल्यो तर एउटा शिक्षक पनि जलेन । 😄😄😄😄😄

Read More

स्कुल ढिलो पुगेपछि

😄(शेरे र हाक्कु स्कुल ढिलो पुगेपछि शिक्षकले प्रश्न गर्दै)😄
शिक्षकले शेरेलाई : किन ढिलो आको तिमी ?
शेरे : बाटोमा ५०० रुपैया भेटेको थिए, टिप्दा टिप्दै ढिलो भयो ।

शिक्षकले हाक्कुलाई : अनि तिमीचैँ किन ढिलो आको त ?
हाक्कु : त्यो ५०० रुपैया मैले खुट्टाले किल्चीराको थिए ।

Read More

२१ इन्चको टिभी

शेरो : ओइ हाकु आज त टिभीमा २० फिटको रकेट🚀उडाको देखाउने रे । तैले पनि हेर है ।
हाकु : हेर्न मिल्दैन यार ।
शेरे : किन र ? तेरो घरमा पनि त टिभी छ नि ।
हाकु : टिभी त छ यार जम्मा २१ इन्चको छ । त्यो २० फिटको रकेट त अड्दैन यार ।
😄😄😄😄😄😄😄😄😄😄😄😄😄😄😄😄😄😄😄😄

Read More

नयाँ सिम

हाकु कालेलाई सँधै उसको मोबाइलमा कसैले नचाहिने म्यासेजहरु पथाउँदो रहेछ । उसलाई एकदिन, एकदमै रिस उठेर नयाँ सिम लिगेर त्यो म्यासेज आको नँम्बरमा थर्काउँदै म्यासेज पठाएछ । “मेलै मेरो नँम्बर परिवर्तन गरें । अब त तेरो बाउले पनि मलाई म्यासेज गर्न सक्दैन ।”🤓🤓🤓🤓

Read More

girlfriend को जन्मदिन

हाकु : आज मेरो girlfriend को जन्मदिन छ के गिफ्ट दिने होला यार ?

शेरे : कस्ती छे तिम्रो girlfriend ?

हाकु : च्वाँक छ नि यार ।

शेरे : तेसो भए गिफ्टमा मेरो नम्बर दे न त ।

Read More

फोनमा कुरा

हाकुकालेको girlfriend सँग कुराकानी)
हाकु कालेले GF लाई फोन गर्छ ।
हाकु : हाई डार्लिङ्ग !
GF : हेलो डियर !
हाकु : के छ मैँया, मलाई तिम्रो निकै याद आइराछ।
GF : लौ, अघि मात्रै कुरा गरेको हैन फोनमा त्यत्रो बेरसम्म !
हाकु : म्याम्पाखा ….. फेरी तिमीलाई पो परेछ !! 😂😂😂

Read More

एउटा खुट्टामा

( योगा मिसले क्लासमा योगा सिकाउँदै )

योगा मिस : ल भन ! म एउटा खुट्टामा कति बेला उभिने रैछु ?

हाकु : तपाईले कट्टु लगाउने बेलामा मिस ।
😁😂😁😂😁😂😁😂😁😂😁😂😁

Read More

Leave a Reply

Your email address will not be published.