(बुढी रोमान्टिक मुडमा बुढालाई फकाउँदै)
बुढी : मलाई मेरो जन्मदिनमा एक तोलाको चेन दिनुपर्छ है ।
बुढा : भैहाल्छ नि । एक तोला किन, एक केजीको नै दिउँला ।
बुढी : आहा । हुन्छ बुढो ।
बुढा : बरु तिमीलाई के को चेन दिउँ होला ? साइकलको कि बाइकको 🚲 ?
( शेरे र रामे एउटा घरमा चोरी गर्न गएछन् ) रामेले सुन, पैसाहरू चोरेछ तर शेरेले १ किलो हुलास गहुँको पिठो मात्र ल्याएछ।
रामे: ओइ, सुन चाँदी छोडेर तैँले यो पिठो मात्र किन चोरेको ?
शेरे : (मुसुक्क हाँस्दै) हुलास भए अरु किन खोज्ने ?