marriage jokes in nepali

Marriage Jokes in Nepali

बिहे गर्न चाहन्छु

( शिक्षिकाले पढाईरहेको बेला हाकुकाले सँधै हल्ला गर्नेगर्थ्यो । एकदिन हाकुकालेले भनेछ )

हाकुकाले : मिस मलाई तपाई मन पर्छ । म तपाई सँग बिहे गर्न चाहन्छु ।

शिक्षिका : मलाई बच्चा मन गर्दैन ।

हाकुकाले : ठिक छ म कोसिस गर्छु कि बच्चा नहोस ।

Read More

बिहेको निम्तो

मुन्द्रे : यार । तिमीलाई मैले मेरो बिहेमा आउनु पर्छ भेनेर निम्तो पठाको थिएँ । तिमी किन नआको ?

साथी : हो र ? मैले त निम्तोनै पाएननि।

मुन्द्रे : नपाएनी मैले त निम्तोमा भनेको थिए त, “यो निम्तो पाए पनि, नपाए पनि मेरो विहेमा आउनुहोला भनेर ।”

Read More

बिहे भएपछि

(boyfriend ले girlfriend लाई छुन थालेछ । अनि girlfriendले उसको हात हटाएर भनेछ)
girlfriend : छुने भए त पहिले बिहे गर्नु पर्छ ।
boyfriend : ल–ल तिम्रो बिहे भएपछि बोलाउ है अनि म आउँछु ।

Read More

घरमा आउँछु है

(प्रेमीले आफ्नो प्रेमिकालाई फोन गर्दै भन्यो )
प्रेमी : आज म हाम्रो विवाहको कुरा गर्न तिम्रो घरमा आउँछु है ?
प्रेमिका : ल, ल हुन्छ । तिमीले ठीक समयमा फोन गर्यौ । आज बुबाले जुत्ता फुकालेर पलङमुनि राख्नुभएको छ, छिट्टै आऊ ।

Read More

एक एक = तिन

शिक्षक : ल भन त, एक मा एक जोडेर कसरि तिन बनाउन सकिन्छ ?

शेरे : एक र एक को बिहे गर्दिने, ९ महिना पछि तिन हुन्छ। 👏👏👏👏👏👏

Read More

सन्तानको माया

राजेश दाई जहिले पनि आफ्नो ज्यानको भन्दा बढी आफ्नो सन्तानको माया गर्नु हुन्थ्यो। उंहा बिहान उठ्ने बितिकै, पहिले आफ्नो सन्तानको दिर्घायुको लागि भगवानलाई सम्झनुहुन्थ्यो।

उंहाको कामना सुनेर एक दिन साचैनै, भगवान प्रकट हुनु भएछ। भगवानले राजेश दाईलाई भन्नु भएछ, “हेर बालक, तिम्रो सन्तानको संधै राम्रो हुनेछ, तर पहिले तिमि बिहे त गर।”

Read More

बिहे गर्छौ ?

केटा : मसंग बिहे गर्छौ ?

केटि : नाई गर्दिन।

केटा : गरन, मा तिमीलाई इकलैर्स चकलेट दिन्छु नि।

केटि : नाइँ मैले अर्कै संग डेरी मिल्कमा कुरा मिलाइसके।

Read More

केटिको हात

(हाम्रो राजेश हमाल दाइले एउटा केटि मन पराउनु भएछ र केटिको हात माग्न घर पुग्नु भएछ)

राजेश दाइ : म हजुरको छोरी संग बिहे गर्न चाहन्छु। हजुरको छोरीको हात माग्न आको।

केटीको बुवा : बिहे त गर्दिन हुन्थ्यो तर मेरो छोरीको पढाई सकेको छैन ।

राजेश दाइ : हुन्छ। उसो भए, म एक घण्टा पछि आउंछु नि।

Read More

नाचिहाल्छन् नि

( एउटा बिवाहको पार्टीमा डिजेले पार्टी आयोजकलाई सोध्यो )

डिजे : कति बेलासम्म सङ्गीत बजाउनु पर्ला ?

पार्टी आयोजक : पाहुनाले ७–८ पेग भोड्का नखावुन्जेल बजाइदिनुस् न । त्यसपछि त यिनीहरु जेनेरेटरको आवाजमा पनि नाचिहाल्छन् नि !

Read More

Leave a Reply

Your email address will not be published.