शेरे : अंकल मलाई एउटा जागिर मिलाई दिनु पर्यो ।
मन्त्री : मेरो पिउन बन, १ लाख आउँछ ।
मनोज : अलि सानो जागिर के, अंकल ।
मन्त्री : पार्टीको जिल्ला ईन्चार्ज बन ८० हजार आउँछ !
मनाज : ह्या अंकल १५–२० हजार आउने खाल्को के !
मन्त्री : बाबु त्यस्तो जागिरको लागि त धेरै पढ्नु पर्छ, मेहेनत गर्नुपर्छ ।
(लामो समय शेरे गिफ्ट पसलमा सामान हेरेछ र अन्तिममा एउटा सामान मन परेछ र सोधेछ)
शेरे : यो मिठो हाँसेको देखेको कुकुरको कति पर्छ नि ?
साहु : (दङ्ग पर्दै ) भाई, यो त अैना पाे हाे त ।
😏😏😏😏😏😏😏😏
😄(शेरे र हाक्कु स्कुल ढिलो पुगेपछि शिक्षकले प्रश्न गर्दै)😄
शिक्षकले शेरेलाई : किन ढिलो आको तिमी ?
शेरे : बाटोमा ५०० रुपैया भेटेको थिए, टिप्दा टिप्दै ढिलो भयो ।
शिक्षकले हाक्कुलाई : अनि तिमीचैँ किन ढिलो आको त ?
हाक्कु : त्यो ५०० रुपैया मैले खुट्टाले किल्चीराको थिए ।
(भिखारी माग्दै गर्दा)
भिखारी : साहाब मलाई एक रुपैयाँ दिनुस न ।
मान्छे : लाज लाग्दैन तँलाई । यो सडकमा बसेर एक रुपैया माग्नलाई ।
भिखारी : (रिसाउँदै)साला । के अब मैले एक रुपैयाँ माग्नलाई पनि अफिस खोलेर बस्नुपर्यो ।
😄😄😄😄😄😄😄😄😄😄😄😄😄😄😄😄
एक दिन राजेस हमाल दाई आफ्नो ५ तले घरको छदमा एक रुपैँयाको सिक्कासँग खेलीरहनु भएको रहेछ । त्यतिकैमा दाइको हातबाट त्यो सिक्का भुइँमा खस्न गयोे । राजेस दाई पुरै तिब्र गतिमा तल र्ओलिनु भयो ।
तल आएर जमिनमा पुरै खोज्नुयो, तर सिक्कानै फेला परेन ।
अनि माथि आकाशमा हेरेको त बल्ल पो त्यो सिक्क झर्दै रैछ ।
राजेस दाई त सिक्का भन्दा पनि चाँडै तल आइपुग्नु भएछ । 😄🚀
हाकु फिल्म हेरेर बाहिर निस्किदै थियो, एक्कासी एउटा भिखारी हात फैल्याउँदै पैसा माग्न थालेछ।
भिखारी : भगवानको नाममा केही दिनुस हजुर, २ दिन देखी केही खान पाको छैन ।
(हाकुले १०० को नोट देखाउँदै भनेछ)
हाकु : के तिमिसँग ५० को नोट छ ? म १००० को नोट दिन्छु।
भिखारी : (खुशी हुँदै) छ हजुर छ।
हाकु : साला ठग भिखारी, पहिला त्यो खर्च गर् न त, किन भोकै बसेको ?’’
(हाकु काले पण्डित कहाँ हात हेराउन गएछ)
पण्डित : हेर बालक, तिम्रो भाग्यमा पैसानै पैसा छ ।
हाकु : हो है । अनि त्यो पैसा मेरो बैँक एकाउन्ट मा कसरी हाल्ने नि ?
😄😄😄पण्डित बेहोस 😄😄😄
शेरेको बुढीलाई ५ करोडको चिट्ठा परेछ । त्यसैले चिट्ठा कम्पनीले निर्णय गरेछ एकै पल्ट यस्तो खबर सुन्दा शेरेको बुढी खुसीले ज्यान जान सक्छ, त्यसैले कम्पनीले एउटा बाबालाई यो कुराको जिम्मा दिएछ ।
बाबा शेरेको घर गएछ र घरमा शेरेको बुढीलाई हात हेर्दिन्छु भनेछ,
हात हेर्दै भनेछ, ‘‘ सोच तिमीलाई ५ करोडको चिट्ठा परेछ, अब तिमी के गर्छौ ?
शेरेको बुढीः ५ करोड पाएँ भने, तपाइँको अगाडी डान्स गर्छु, तपाइँ सँगै माया लगाउछु, तपाइँ सँगै बिहे गर्छु, आदी पैसा तपाइँलाई दिन्छु
यती भन्दै शेरेको बुढी बाबालाई हेर्छे तर बाबा अगिनै सेन्टी फ्लयाट …..
( डाक्टरले अपरेशन पछि )
डाक्टर : लौ अघि लगाएको टाँका फेरी खोल्न पर्ने भो ।
शेरे : किन र डाक्टर शाहब ?
डाक्टर : अघि अपरेशन गर्दा एउटा कैँची ⚔ तपाईको ज्यान भित्र छुटेछ ।
शेरे : ह्या जाबो एउटा कैँचीको नि के लोभ गरेको । बरु म आफै त्यो कैँचीको पैसा 💸 दिउँला ।
एकदिन हाकु पैसा जम्मा गर्न बैँक गएछ ।
हाकु : यो एक लाख मेरो खातामा जम्मागर्दिनु त ।
(Banker ले पैसा लिन्छ र हेर्छ त सब नक्कली नोट मात्र)
Banker : के हो पैसा त सब नक्कली पो छ त ।
हाकु : म्यामपाखा नक्कली भएर के भो त । मेरो बैँक खाता हो….. म नक्कली पैसा जम्मा गरुम की सक्कली तिमीलाई के
मतलब । खुरुक्क जम्मा गर्न !
(Banker अहिले हस्पिटल छ रहाकु जेलमा)