एउटा बाउ ले आफ्नो ४ छोराहरुको नाम क्रमश बासी, भाँचेको, च्यातेको र पन्चेट राखदिएछ् ।
उसको घरमा एकदिन पाहुना आएछ ।
बाउले पाहुनालाई स्वागत गरेछ अनि बस्ने कुरा चाहिएको हुनाले छोरोलाई भनेछ ।
“ए भाँचेको कुर्सी लिएर आइजे त”
( पाहुना त तर्सेछ, मनमनै सोचेछ कि यसले त भाँचेको कुर्सीमा बसाउने विचार गरेको रैछ क्या हो भनेर )
पाहुना : भयो भयो हामीलाई बस्न पर्दैन ।
( बाउले फेरी चकटीमा पो बस्छन कि भनेर अर्को छोरोलाई बोलाएछ )
बाउ : ए च्यातेको, चकटी लिएर आइजे त ।
च्यातेको चकटी मगाको जस्तो लागेर पाहुनाले भनेछ– “भयो हजुर, यत्तिकै ठिक छ ।”
( बाउले फेरी सोधेछ )
बाउ : खाजा खाँउ है त उसो भए । ए बासी खाना लिगेर आइजे त ।
(अब भने पाहुना हरु निकै डराए, अनि भने )
पाहुना : ए समय पनि धेरै भएछ । अब फर्कनु पर्छ । खना पछि तिर खाउँला नि ।
( बाउले भनेछ )
बाउ : लौ किन एक्लै जानुहुन्छ । मेरो छोरोले बाइकमा पु¥याईहाल्छ नि । ए पन्चेट, बाइक झिक त ।
( पन्चेट बाइकमा चढाएर मार्ने भयो भनेर पाहुना त टाप भागेछन् । त्यस दिन देखी त्यो घरमा कहिले पनि पाहुना आएनछ । )
आमा : छोरा तिमी के गर्दै हो ?
छोरा : म पढ्दै हो आमा ।
आमा : हो राम्ररी पढ् है । तिमी के पढ्दै हो बाबु ?
छोरा : हजुरको हुने वाला बुहारीको म्यासेज पढ्दै हो ।
😄😄😄😄😄😄😄😄😄😄😄😄😄😄😄😄😄
( छोरा बेलुका रक्सी🍷खाएर घर आएछ । बाउले गाली गर्छ भनेर ल्यापटप खोलेर पढेको जस्तो गर्न थालेछ )
बाउ : के हो आज नि तैले रक्सी खाएर आइस ।
छोरा : हैन बुवा । म त पढि रहेको छु ।
बाउ : तेसो भए किन सुटकेस💼खोलेर बसेको त ?
( शेरेलाई उनको प्रेमीकाले प्रश्न )
बाउ : तिमीले मेरो छोरीलाई साँचीक्कै माया गर्छौ ?
शेरे : अँ गर्छु । पछिल्लो ७ महिना देखी गरीराको छु ।
बाउ : म यो कसरी विश्वास गरुँ ?
शेरे : अब २ महिना कुर्नुस न । आफै विश्वास हुन्छ ।
😄😄😄😄😄😄😄😄😄😄😄😄😄😄😄😄😄
( शेरे र थापा आफ्नो बाउको बारेमा गफ लगाउदै )
थापा : हाम्रा बा यति होशियार छन् सलाई किन्दा बट्टा खोलेर गन्छन् ।
शेरे : तेरा बा के होशियार ? हाम्रा बा त सलाई किन्दा झन् सबै काँटी बालेर चेक गर्छन् ।
एउटा गोरो बाउ आमा को बल्ल बल्ल👶बच्चा भएछ । बच्चा जन्मिएपछि बाउ ले हातमा लिगेर अनुहार हेरेछ अनि छक्क परेछ । बच्चा त पुरै कालो पो रहेछ ।
बुढा : हाम्रो बच्चा किन कालो भाको ?
बुढी : तिमी पनि हट, म पनि हट । बच्चा त जले🔥छ नि ।
शेरे : ह्या यो साग 🌿खाँदा खाँदा पनि वाक्क भइसक्यो । कहिले काँहि त अर्कै तरकारी पनि बनाउनु न ?
आमा : साग खानुपर्छ। सागमा आइरन हुन्छ ।
शेरे : कति आइरन मात्र भनिराको अब त मेरो आची बाट पनि फलामे रड निस्केला भन्ने डर ।
(बाउले छोरालाई रिजल्ट अगाडी)
बाउ : हेर छोरा ! तँ यसपाली पनि परिक्षामा फेल भइस् भने मलाई बाउ नभन्नु । बुझिस 😠
(भोली पल्ट रिजल्ट आएपछि)
बाउ : ए छोरा ! तेरो रिजल्ट के भयो भन ?
छोरा : यो हरि बहादुर कति जिस्केको भनेको। रिजल्टमा फेल भएर टेन्सन भइरहेको बेला । 😉😉😉😉😉😉😉😉
(छोरा ले गणितको रिजल्ट बाउलाई देखाउदै)
बाउ : गणितमा मात्र १ नं लेराइस । बाँकी नम्बर खै त ?
छोरो : बाकी ९९ नं पल्लो घरको पुजाले 👩 सँग छ । माग्न जाम बाउ ?
😱😱😱😱😱😱😱😱😱😱😱😱😱😱😱😱😱😱😱
( बाउले शेरेलाई सोध्यो )
बाउ :शेरे कति बज्यो ? गएर घडी हेर् त ?
शेरे : बुवा मलाई त घडी हेर्नै आउँदैन ।
बाउ : त्यसो भए ठूलो सुई र सानो सुुई कहाँ–कहाँ छन्, हेरेर आइज ।
( घडी हेरेर आइसकेपछि )
शेरे : घडीको दुबै सुई घडीभित्रै छन् ।
छोरा स्कुलबाट फर्किदै थियो । बुबा बन्दुक बोकेर बाटोमा उभिरहेको देखेर छोराले छक्क पर्दै सोध्यो–
छोरा : बुबा ! बन्दुक बोकेर बाटोमा किन उभिइरहनुभएको? कसैलाई कुर्नु भएको हो ?
बुबा : (बहादुरीको साथ) देखिनस् ! जङ्गलमा बाघ मार्न हिँडेको ।
छोरा : अनि खुरुखुरु नगएर यहाँ किन उभिइरहनुभएको त?
बुबा : ऊ त्यहाँ पर हेर् त, कुकुर बसेको छ । त्यसले मलाई टोक्यो भने नि ?
(बाउले छोराको रिजल्टको बारेमा सोध्दै)
बाउ : सबैको रिजल्ट आएछ । तिम्रो रिजल्ट के भयो छोरा ?
छोरा : म त BBA भए नि ।
बाउ : के हो नि त्यो BBA भनेको ?
छोरा : BBA भनेको बल्ल बल्ल पास । 😄😄😄😄