police jokes

Police Jokes in Nepali

शेरे पुलिससँग

(शेरेले गाजा तान्दै गर्दा पुलिस आएछ)

पुलिस : ओ भाइ तलाई जेलमा हाल्दिम ?
शेरे : भर्खरै नुहाएर आको बरु ज्यानमा तेल चैँ हाल्देउन ।

Read More

तिन-तिन जना

( एउट बाइकमा तिन जना आइरहेको रहेछ। परै बाट एक हवल्दारले देखेछ र चिच्याएर भनेछ )

हबल्दार : के हो एउटा बाइक मा तिन-तिन जना अनि तेइ माथि हेल्मेट पनि छैन।

केटा : बाटो छोड्नु। ……ब्रेक (brake) पनि छैन यसमा।

Read More

रक्सी किन पिउँछस ?

पुलिस : हैन । तैले यति धेरै रक्सी 🍺किन पिउँछस ?
शेरे : बाध्यता सर । बाध्यतामा पिएको हो ।
पुलिस : तलाई के को बाध्यता भन त ?
शेरे : बोतलको बिर्को नै हरायो । अनि पिउन परेनत् ।

Read More

पहिलो प्राथमिकता

(अदालतले २५ दिन पछि फाँसी दिने फैसला गरेपछि शेरेलाई जेलमाराखियो । तर, भोलिपल्ट बिहानै एक सिपाहीले शेरेलाई बोलाउँदै भन्यो)
सिपाही : ल हिँड् शेरे । तँलाई आजै फाँसी दिने निर्णय आयो ।
शेरे : होइन, अदालतले त मलाई २५ दिनपछि मात्रै फाँसी दिने फैसला गरेको थियो नि।
सिपाही : हो हुन त। तर तँ जेलर साबको गाउँको मान्छे भएकोले तेरो काम छिटो गर्ने आदेश छ, छिटो हिँड् । 😁😁😁😁😁

Read More

स्कुटरको ठक्कर

(उसको दुई वटा बटन खुल्ला थियो)
हाकु काठमाण्डौ देखी पोखराको यात्रामा हिडेको थियो यत्तीकैमा पछाडी स्कुटरमा केटी आउँछे र अचानक त्यो स्कुटरले हाकुलाइ ठक्कर दिन्छ र यत्तीकैमा पुलिस आउँछ ।
पुलिस : जुन स्कुटरले तपाईलाई ठक्कर दियो कस्तो रँगको थियो अनि गाडीको नम्बर याद छ ?
हाकु : मलाई अरु केही याद छैन, तर स्कुटर चलाउने केटीले रातो सट लगाएकी थिई अनि उसको माथिका दुइवटा बटन खुल्ला थियो ।
😁😁😁😁😁😁😁😁😁😁😁😁😁😁

Read More

Leave a Reply

Your email address will not be published.