Menu Close

तिब्र गतिमा

😄😄😄😄😄😄😄😄😄😄😄😄😄😄😄😄
एक दिन राजेस हमाल दाई आफ्नो ५ तले घरको छदमा एक रुपैँयाको सिक्कासँग खेलीरहनु भएको रहेछ । त्यतिकैमा दाइको हातबाट त्यो सिक्का भुइँमा खस्न गयोे । राजेस दाई पुरै तिब्र गतिमा तल र्ओलिनु भयो ।
तल आएर जमिनमा पुरै खोज्नुयो, तर सिक्कानै फेला परेन ।
अनि माथि आकाशमा हेरेको त बल्ल पो त्यो सिक्क झर्दै रैछ ।
राजेस दाई त सिक्का भन्दा पनि चाँडै तल आइपुग्नु भएछ । 😄🚀

Read More

Rajesh Dai Fun Facts V

१. एक गोली दुइ सिकार राजेस दाइ लाई मिल्दैन, उहाँको लागि त एक गोली १०० सिकार भन्नु पर्छ ।

२. पहिले कुखुरा की चल्ला जन्मेको, यो कुरा राजेस दाइलाइ मात्र थाहा छ ।

३. राजेस दाइले दुइवोटा बरफ दलेर आगो निकाल्न सक्नु हुन्छ ।

४. नेपाल सरकारले हामी सँग न्युकलिएर हतियार छैन भन्दा, राजेस दाई पेट मिच्ची मिच्ची हाँस्नुहुन्छ ।

५. राजेस दाईले बरफ पानीले अण्डा उमालनुहुन्छ ।

Read More

भित्ताको आरपार

राजेस दाई : मेलै यस्तो कुरा पत्ता लगाको छु, जस्को मदतले भित्ताको आरपार हेर्न मिल्छ ।

शेरे : तेस्तो के पत्ता लगायौ र ?

राजेस दाई : प्वाल

😊😇🙂😊😇🙂😊😇🙂😊😇🙂

Read More

Rajesh Dai Fun Facts VI

१. एकदिन राजेस दाइले एउटा चुरोट सल्काउनुभएछ । त्यो चुरोटलाई अहिले फोक्सोको क्यान्सर लागेको छ ।

२. राजेस दईलाई ६० मिनेट बित्न मात्र १० मिनेट लाग्छ ।

३. हामीले नागरकिता पाउन १८ बर्षको उमेर हुनुपर्छ तर हाम्रो राजेस दाई ले जन्मिएको १० सेकेन्डमा नागरिकता पाउनु भयो ।

४. राजेस दाईले no parking मा park गरे बापत traffic police ले फाइन भर्नुपर्छ ।

५. भन्छन ब्राहमण्ड फैलिदैँछ, तर बास्तबमा ब्राहमण्ड चै राजेसदाई बाट भागि रहेको हो ।

Read More

Rajesh Dai Fun Facts II

१. राजेस दाई देखेर कहिले काहिँ सुर्य पनि डराएर लुक्छ , हो त्यसलाइनै सुर्य ग्रहण भनिन्छ ।

२. राजेसदाई बष्चउयचत मा जाँदा उल्टै त्यहाको कर्मचारीले उहाँलाइ पासर्पोट देखाउछँन ।

३. राजेस दाईलाई घडी कहिले चाँहिदैन । उहाँ आफैले समयलाई यती बज भनेर भन्नुहुन्छ ।

४. राजेस दाईले पनि कहिले काँहि १०० मा कल गर्नुहुन्छ र सोध्नुहुन्छ केही समस्या त छैन नी ?

५. राजेस दाइले आफ्नो फेसबुक को पोष्ट हरु सँधै क्यालकुलेटर बाट पोष्ट गनुहुन्छ ।

Read More

गरीब गोही

शिक्षक : माउसुली कस्तो खालको किरा हो ?

राजेेश दाई : माउसुली भनेको एक गरीब गोही हो । सानै हुँदा उसले राम्रो खाना खान पाएन। शरीरलाई चाहिने प्रोटिन लिन पाएन। त्यसैले उसको ज्यान सुकेर माउसुली जस्तो भयो। ☺☺️☺️☺️☺️️

Read More

सन्तानको माया

राजेश दाई जहिले पनि आफ्नो ज्यानको भन्दा बढी आफ्नो सन्तानको माया गर्नु हुन्थ्यो। उंहा बिहान उठ्ने बितिकै, पहिले आफ्नो सन्तानको दिर्घायुको लागि भगवानलाई सम्झनुहुन्थ्यो।

उंहाको कामना सुनेर एक दिन साचैनै, भगवान प्रकट हुनु भएछ। भगवानले राजेश दाईलाई भन्नु भएछ, “हेर बालक, तिम्रो सन्तानको संधै राम्रो हुनेछ, तर पहिले तिमि बिहे त गर।”

Read More

तरबार चलाउने प्रतियोगिता

(एकदिन राजेस हमाल, ज्याकी च्यान र टम क्रुस बिच तरबार🔪चलाउने प्रतियोगिता भएछ)
पहिले टम क्रुस आएछ र एउटा माखा उडाई हावामा तरबार घुमाएछ । माखाको टाउको र ज्यान फरक ठाँउमा खसेछ ।

दोस्रो मा ज्याकी च्यान आएछ र अर्को माखा उडाई हावामा तरबार घुमाएछ । माखाको खुट्टाहरु भुँईमा झरेछन ।

अब राजेस दाई को पालो आएछ । हाम्रो राजेस दाई पनि के कम । एउटा माखालाई फुत्त हावामा फाली तरबार एक चोटी घुमाउनुभएछ । तर माखा उडीनै रहेछ । यो देखेर सबै हाँसेछन् । र सोधेछन् –
“खै त केही पनि भएन माखालाई ?”

राजेस दाईले जवाफ दिनुभएछ–“अब यो माखा कहिले पनि बाउ बन्न सक्दैन ।”

😉😄😉😄😉😄 सब बेहोस 😉😄😉😄😉😄😉

Read More

Rajesh Dai Fun Facts IV

१. राजेस दाइ जमन्नु भएको अस्पताल नै राजेस दाइले बनाको अस्पताल हो ।

२. सबैले डिलेट गरेको फाइल recycle bin मा बस्छ । तर राजेस दाइले त recycle bin लाइ नै डिलेट गर्नुहुन्छ ।

३. जब Alexender Bell ले फोन पत्ता लगाए, उसको फोनमा राजेस दाइको पहिले नै ५ मिसकल थियो ।

४. राजेस दाइ को डरले माछा पनि डुबेर र्मछ ।

५. राजेस दाइले भलिबल त मात्र एक आँउला ले खेल्नुहुन्छ ।

Read More

मच्छेर

शिक्षक : यदि राति मच्छेरले टोक्यो भने के गर्ने ?
शेरे : चुपचाप सुत्ने । अरु के नै गर्न सकिन्छ र ? तपाई राजेस हमाल त होइन, मच्छेर लाई सरी भन्न लगाउन सक्ने ।

Read More

fast, faster and fastest

शिक्षक : ल भन त fast, faster and fastest मा के फरक छ ?

राजेश दाई : तेती सजिलो सोध्नुभाको। अलि गारो सोध्नुस न।

शिक्षक : पहिले यसैको उत्तर देउ त।

राजेश दाई : fast भनेको भाग, faster भनेको छिट्टो भाग र fastest भनेको तेरो बाउ छिट्टो भाग।

Read More

केटिको हात

(हाम्रो राजेश हमाल दाइले एउटा केटि मन पराउनु भएछ र केटिको हात माग्न घर पुग्नु भएछ)

राजेश दाइ : म हजुरको छोरी संग बिहे गर्न चाहन्छु। हजुरको छोरीको हात माग्न आको।

केटीको बुवा : बिहे त गर्दिन हुन्थ्यो तर मेरो छोरीको पढाई सकेको छैन ।

राजेश दाइ : हुन्छ। उसो भए, म एक घण्टा पछि आउंछु नि।

Read More

युद्ध जितेर

(हाम्रो राजेश हमाल दाई, भारत संग को युद्ध जितेर खुसि हुँदै फर्किनु भएछ। पल्टनमा पुग्ने बितिकै अरु सिपाहीहरुले उंहाको लुगा खोलेर परिबर्तन गर्न लागेछन। उंहा निकैनै गर्बका साथ् सबैलाई युद्धको बारेमा भन्न थाल्नुभएछ। )

राजेश दाइ : हेर केटा हो। आज मैले भारतको चेक पोस्ट धोस्त बनाईदिएँ। तिनीहरुको केहि सिपाहीलाई कैदी बनाए। डराउनु हुन्न केटा हो। बुझेउ ?

सिपाहीहरु : सर। तर तपाईले एउटा गल्ति गर्नु भयो।

राजेश दाइ : के गल्ति गरें र ?

सिपाहीहरु : खुसि ले बाटो भुलेर तपाईं त भारतको पल्टनमा पो आउनुभयो।

Read More

Rajesh Dai Fun Facts III

१. राजेस दाइको ल्यापटप को किर्बोड मा Ctrl Key नै छैन, किनकी उहाँ सँधै control मा हुनुहुन्छ ।

२. राजेस दाइ जवानामै चन्द्रमा र मङ्गल ग्रह जानुभइ सक्यो, त्यै भएर चन्द्रमा र मङ्गल ग्रहमा कुनै किसिमको जिबन सम्भब नभएको हो ।

३. प्याँज काट्दा सबैलाइ आँसु आउँछ, तर राजेस दाइले प्याँज काट्दा उल्टै प्याँज लाइ आँसु आँउछ ।

४. टिभीमा video सबैले हेर्छन् तर राजेस दाइले त रेडियोमा पनि video हेर्नु हुन्छ ।

५. भुत हरु पनि रात परे पछि राजेस दाई को कथा बाचन गर्छन ।

Read More

राजेस हमाल र महाभारतको अर्जुन

( राजेस हमाल र महाभारतको अर्जुन बिचको 👊 कुराकानी 👊)
अर्जुन : मेरो तिरको ➸ निशाना यती कडा छ कि, मेलै उडिरहेको चराको आखाँ फोर्न सक्छु ।

राजेस दाइ : मात्र आँखा, मैले त्यो चराको आँखाको retina को blood vessel को RBC मा भएको haemoglobin को protein को 6th amino acid को hydrogen bond लाई फुटाउन सक्छु । 😈

अर्जुन : मैले त मजाक पो गरेको हजुरले त साँच्चै भन्ठानुभएछ ।
😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍

Read More

Rajesh Dai Fun Facts VII

१. मौसम भन्ने कुरो केही पनी होइन, यो त राजेस दाइले आफ्नो मुड अनुसार तापक्रम परिबर्तन गरेको हो ।

२. राजेस दाइले copy नगरी paste गर्नुहुन्छ ।

३. राजेस दाइले विश्व भरको आतँकबादी मार्न सक्नुहुन्छ त्यो पनि मोबाइलको bluetooth बाट ।

४. राजेस दाइको blood pressure साधारणको जस्तो हुँदैन । उहाँको pressure त richter स्केलमा नापिन्छ ।

५. राजेस दाइले एकचोटि दौड प्रतियोगितामा भाग लिनुभयो ।थाहा भएको कुरो हो, उँहा प्रथम हुनुभयो । तर त्यो देखेर Einstein को मुत्यु भयो किनकि दौडमा प्रकाश (light) दोस्रो भयो ।

Read More

भोक लागेको अवस्था

राजेश दाई एकदिन एउटा भब्य पार्टीमा जानु भएछ र सिट मा बस्नु भएछ। राजेश दाईलाई निकैनै भोक लागेको अवस्था रैछ। केहि छिन पछि, मौका मिलाएर त्यंहाको वेटरलाइ खानाको इसारा गर्नु भएछ। अनि वेटर आएछ र एक गिलास पानी दिएछ, र भनेछ “एकै छिन पर्खिनु है। अहिलेलाई यो पानि पिउंदै गर्नुस।”

धेरै समय भएछ, तैपनि केहि खाने कुरा आएनछ। फेरी वेटरलाई बोलाउंदा, उही एक गिलास पानी लेराएर, एकै छिन पर्खनु भनेछ। त्यसै गरि भन्दा भन्दा १० गिलास पानि भैसकेछ। अब त रिस खप्नै नसक्ने अवस्थामा पुग्नुभएछ र वेटरलाई बोलाएर भन्नुभएछ। “भाई, यो पानि खाँदा खाँदा घांटीमै अड्कियो अब दाल भात लेराउत, पिई हाल्छु। “

Read More

२–२ ओटा अण्डा

राजेस दाईको कुखुराको फार्म रहेछ । एकदिन राजेस दाईले सबै कुखुरालाई बोलाएर थर्काउदैँ भन्नुभएछ ।
ओइ कुखुरा हो । बाँच्न मन छ भने भोली बाट तिमीहरुले २–२ ओटा अण्डा पार्ने नत्र जे पनि हुन सक्छ ।
कुखुराहरु सबै डराएर २–२ ओटा अण्डा पार्न थालेछ । तर एउटा कुखुराले १ मात्र अण्डा पारेछ ।
राजेस दाईले थाहापाएर त्यो कुखुरालाई मात्र एकान्तमा बोलाएर सोध्नुभएछ ।
🔥 “तेरो यत्रो हिम्मत । मैले भनेको कुरा नमान्नी । मेरो डर लाग्दैन तलाई ?”🔥

कुखुरा सानो स्वर मा रुँदै भनेछ– “🙏दाई तपाईको डर लागेर त मैले १ भनेनी पारेको नत्र त पार्न सक्थिन् । म त भाले🐥 हुँ ।”

Read More

बाहिर अँध्यारो

राजेश दाईले नोकरलाई : ओई, जा बाहिर हेरेर आइज त। घाम निस्केकी निस्केन हेर।

नोकर : तर सर, अहिले त राति हो, बाहिर अँध्यारो छ।

राजेश दाई : त्यो टर्च लाइट लगेर हेर न त। 😊😊😊

Read More

Rajesh Dai fun Facts I

१. राजेस दाई एकदिन यति खुसी हुनु भएछ कि, एक ठाउँमा उभिएर बबाल नाच्नुभएछ । त्यो ठाउँमा गहिरो खाल्टो भएछ । अहिले त्यहाँ पानी जमेर फेवा ताल नाम दिइएको छ ।

२. हिजो हाम्रो राजेस दाई लाइ गोली लागेको थियो रे, आज चाहिँ त्यो गोलीको मलामी छ । राजेस दाईले सबै बन्दुकहरु लाई चेतावनी दिनको लागी मलामी एक हप्तासम्म मनाउनी घोषणा गर्नु भयो ।

३. यदी हाम्रो राजेस दाइ २०० बर्ष अगाडी जमिम्नु भएको भए, ब्रिटिस सेनाहरु ले चाहिँ आफ्नो सोत्रन्तताको लागि लड्न पथ्यो ।

४. राजेस दाईले जिन्दगीमा एक चोटि मात्रै रगत दान गर्नु भएको थियो । जसले त्यो बेला रगत पाए, अहिले तिनीहरुलाई avenger भनेर चिनिन्छ ।

५. राजेस दाईले एउटा बच्चालाई कसरी पढ्ने भनेर सिकाइदिनु भएको थियो । अहिले त्यो बच्चा बिजय शाही भनेर चिनिएको छ ।

Read More

Leave a Reply

Your email address will not be published. Required fields are marked *