स्कुलमा आगो🔥लागेछ र स्कुल पुरै तरिकाले जलेछ । यो देखेर सबै विद्यार्थी खुसी हुँदै रमाएछन् तर हाकु काले भने उदास भएर बसिरहेको रहेछ । यो देखेर एउटा शिक्षक उसको नजिक गएर सोध्नुभएछ ।
शिक्षक : बाबु तिमी किन उदास 😟भएको ? अरु सबै निकै खुसी छन त ।
हाकु : उदास नभए के हुने त सर ? स्कुल पुरै जल्यो तर एउटा शिक्षक पनि जलेन । 😄😄😄😄😄
( शेरे होटेलको टेबलमा एउटा कोकाकोलाको बोतल राखेर उदास मुडमा बसेको थियो । यत्तीकैमा उसको साथी हाकुकालु आयो र टेबलमा शेरेले राखेको चिसो कोकाकोलाखायो अनि सोध्यो )
हाकु : शेरे तँ किन उदास भएर बसेको यार ?
शेरे : आजको दिन सारै खराब रहेछ यार, बिहान girlfriend सँग बबाल झगडा भयो फेरी बाटोमा गाडी बिग्रियो तेइ भएर अफिस पुग्न ढिलो भयो र हाकिम रिसाएर जागिरबाट निकालिदियो । त्यसैले म यो बेकार life देखि बिदा हुन्छु भनेर मर्नको लागि कोकाकोलाको बोतलमा बिष हालेर खान लागेको त्यो पनि तैँले खाइदिस् ।