School Jokes in Nepali

नाम के हो ?

( खाली पिरियडमा साना विद्यार्थीहरुलाई कत्तिको चलाख छन् भनेर टेस्ट लिने क्रममा प्रिन्सिल्पलले एउटा बच्चालाई प्रश्न सोधे )

प्रिन्सिपल : यो चराको खुट्टा मात्र हेरेर भन त यो चराको नाम के हो ?

बच्चा : खोइ थाहा भएन सर !

प्रिन्सिपल : त्यति पनि थाहा छैन ? यो चराको नाम परेवा हो। तिमीलाई केहि पनि आउदैन रहेछ। नाम के हो तिम्रो ?

बच्चा : (खुट्टातिर देखाउँदै) ….यो

प्रिन्सिपल : के ?

बच्चा : मेरो खुट्टा हेरेर थाहा पाउनुहोस् न !

Read More

झुट समाउने मेसिन

एकदिन शेरेको बाउले आफ्नो घरमा एउटा रोबोट लिएर आएछ । त्यो रोबोटले झुटो
बोलेको पत्ता लगाउँथ्यो र झट बोल्नेलाई गालामा एक झापड हान्थ्यो ।

शेरे : बा । आज म स्कुल जान्न । कस्तो सन्चो नहोला जस्तो छ।
(रोबोटले यसले झटो बोलेको पत्ता लाउँछ र शेरेलाई गालामा एक झापड हान्छ )

बाउ: देखिस त् । झुटो बोल्यो भने के हुन्छ भनेर ? मेरो पालमा त मलाई झुट के हो भन्ने पनि थाहा थिएन ।
(रोबोटले बाउलाई एक थप्पड दिन्छ र शेरे मज्जाले हार्छ।

Read More

राम, हरि र भरत

राम, हरि र भरत तिन साथी थियो । उनीहरु कक्षाकोठामा पढिरहँदा तिनै जनाले एकैचोटि पादेछन् 🎆)
अनि मिसले कसले पादेको हो भनेर पालैपालो उनीहरुलाइ सोदेछन् । तिनीहरुले पनि आफ्नै शैलीमा उत्तर दिएछन् ।

राम : नाम मेरो राम । पाद्ने मेरो काम ।
हरि : नाम मेरो हरी । पाद्छु घरीघरी ।
भरत : नाम मेरो भरत । पाद्छु भरट भरट ।

Read More

नटुरेको अर्थ

(अङ्ग्रेजी पढाउने शिक्षकलाई केटाले छुट्टि भएपछि सोध्यो)
सर : नटुरेको अर्थ के हो ?
शिक्षक : नटुरे ? उसको प्रश्नले शिक्षक अकमक्क परे । कुरा टार्न उनले भोलि भनौँला भने । उनले त्यो रातभरि पूरै डिक्सनरी अध्ययन गरे तर नटुरे शब्द कहीँ भेटेनन् ।

(भोलिपल्ट त्यो केटाले फेरी स्कुल छुट्टि भएपछि बाटोमा सोध्यो)
केटो : सर, नटुरेको अर्थ आज भन्छु भन्नुभएको होइन ?
त्यो दिन पनि शिक्षकले उत्तर भन्न सकेनन्, कुरा टारे । यसरी त्यो केटाले दिनदिनै त्यही प्रश्न सोधेर हैरान पारेपछि शिक्षक लाजले अर्कै बाटो हिँड्न थाले । तर, एकदिन केटाले शिक्षकलाई भेट्यो र फेरी त्यही प्रश्न सोध्यो ।

(दिक्क हुँदै शिक्षकले उसलाई सोधे)
शिक्षक : नटुरेको यसको स्पेलिङ के हुुन्छ ?
केटो : nature ।
शिक्षक : (रिसले चुर हुँदै) गोरु ! मलाई बेकुफ बनाइस् हैन ? नेचरलाई नटुरे भनेर मेरो ज्यान खाइस् । प्रिन्सिपललाई भनेर अब तँलाई स्कुलबाट ननिकाली छाडेदिनँ ।
केटो : (शिक्षकको खुट्टा समातेर रुँदै) सर प्लिज, तेसो नगर्नुस् मेरो फुटुरे(future) खराब हुन्छ ।

Read More

fast, faster and fastest

शिक्षक : ल भन त fast, faster and fastest मा के फरक छ ?

राजेश दाई : तेती सजिलो सोध्नुभाको। अलि गारो सोध्नुस न।

शिक्षक : पहिले यसैको उत्तर देउ त।

राजेश दाई : fast भनेको भाग, faster भनेको छिट्टो भाग र fastest भनेको तेरो बाउ छिट्टो भाग।

Read More

स्कुलमा आगो

स्कुलमा आगो🔥लागेछ र स्कुल पुरै तरिकाले जलेछ । यो देखेर सबै विद्यार्थी खुसी हुँदै रमाएछन् तर हाकु काले भने उदास भएर बसिरहेको रहेछ । यो देखेर एउटा शिक्षक उसको नजिक गएर सोध्नुभएछ ।

शिक्षक : बाबु तिमी किन उदास 😟भएको ? अरु सबै निकै खुसी छन त ।
हाकु : उदास नभए के हुने त सर ? स्कुल पुरै जल्यो तर एउटा शिक्षक पनि जलेन । 😄😄😄😄😄

Read More

सबै भन्दा अल्छी

शक्षकले एकचोटि सबै भन्दा अल्छी को रहेछ भनेर पत्ता लगाउन सोध्नुभएछ ।
शिक्षक : यो कक्षामा को को अल्छी हो , हात उठाउ ।

(सबै विद्यार्थीले हात उठाँउछ तर हाकु कालेले उठाएनछ)

शिक्षक : हाकु तिमी त धेरै ज्ञानी पो रहेछौ त । तिमीलाई अल्छी लाग्दैन ?
हाकु : लाग्छ नि मिस । हात उठाउन पनि अल्छी लागेर त हात नउठाको ।
😄😄😄😄😄😄😄😄😄😄😄😄😄😄😄😄😄

Read More

स्कुल ढिलो पुगेपछि

😄(शेरे र हाक्कु स्कुल ढिलो पुगेपछि शिक्षकले प्रश्न गर्दै)😄
शिक्षकले शेरेलाई : किन ढिलो आको तिमी ?
शेरे : बाटोमा ५०० रुपैया भेटेको थिए, टिप्दा टिप्दै ढिलो भयो ।

शिक्षकले हाक्कुलाई : अनि तिमीचैँ किन ढिलो आको त ?
हाक्कु : त्यो ५०० रुपैया मैले खुट्टाले किल्चीराको थिए ।

Read More

बिहे गर्न चाहन्छु

( शिक्षिकाले पढाईरहेको बेला हाकुकाले सँधै हल्ला गर्नेगर्थ्यो । एकदिन हाकुकालेले भनेछ )

हाकुकाले : मिस मलाई तपाई मन पर्छ । म तपाई सँग बिहे गर्न चाहन्छु ।

शिक्षिका : मलाई बच्चा मन गर्दैन ।

हाकुकाले : ठिक छ म कोसिस गर्छु कि बच्चा नहोस ।

Read More

शेरेको रमाइलो तपस्या

( शेरेको तपस्या सुनेर भगवान खुसी भएर उसको अगाडी आएर भन्नुभएछ )
भगवान : भन बालक तिमीलाई के चाहियो ?
शेरे : एउटा जागिर, अनि गाडी र गाडीमा केटीनै केटी चाहियो भगवान ।
भगवानले तथास्तु भन्नुभएछ र अहिले शेरे केटी मात्र पढ्ने स्कुल को बस डाइभर
भएको छ।

Read More

गोरुले के दिन्छ ?

( शिक्षकले शेरेलाई प्रश्न सोध्दै थियो )
शिक्षक : कुखुरीले 🐔के दिन्छ ?
शेरे : अण्डा ।
शिक्षक : राम्रो, अनि खसीबाट🐐 के पाइन्छ ?
शेरे : मासु ।
शिक्षक : साह्रै राम्रो । अनि गोरुले 🐄चाहिँ के दिन्छ ?
शेरे : होमवर्क । 😜 🤪😜 🤪

Read More

Leave a Reply

Your email address will not be published.