shocking jokes in nepali

Shocking Jokes in Nepali

४ छोराहरु

एउटा बाउ ले आफ्नो ४ छोराहरुको नाम क्रमश बासी, भाँचेको, च्यातेको र पन्चेट राखदिएछ् ।
उसको घरमा एकदिन पाहुना आएछ ।
बाउले पाहुनालाई स्वागत गरेछ अनि बस्ने कुरा चाहिएको हुनाले छोरोलाई भनेछ ।
“ए भाँचेको कुर्सी लिएर आइजे त”

( पाहुना त तर्सेछ, मनमनै सोचेछ कि यसले त भाँचेको कुर्सीमा बसाउने विचार गरेको रैछ क्या हो भनेर )

पाहुना : भयो भयो हामीलाई बस्न पर्दैन ।

( बाउले फेरी चकटीमा पो बस्छन कि भनेर अर्को छोरोलाई बोलाएछ )

बाउ : ए च्यातेको, चकटी लिएर आइजे त ।
च्यातेको चकटी मगाको जस्तो लागेर पाहुनाले भनेछ– “भयो हजुर, यत्तिकै ठिक छ ।”
( बाउले फेरी सोधेछ )
बाउ : खाजा खाँउ है त उसो भए । ए बासी खाना लिगेर आइजे त ।

(अब भने पाहुना हरु निकै डराए, अनि भने )
पाहुना : ए समय पनि धेरै भएछ । अब फर्कनु पर्छ । खना पछि तिर खाउँला नि ।

( बाउले भनेछ )

बाउ : लौ किन एक्लै जानुहुन्छ । मेरो छोरोले बाइकमा पु¥याईहाल्छ नि । ए पन्चेट, बाइक झिक त ।
( पन्चेट बाइकमा चढाएर मार्ने भयो भनेर पाहुना त टाप भागेछन् । त्यस दिन देखी त्यो घरमा कहिले पनि पाहुना आएनछ । )

Read More

साग खानुपर्छ

शेरे : ह्या यो साग 🌿खाँदा खाँदा पनि वाक्क भइसक्यो । कहिले काँहि त अर्कै तरकारी पनि बनाउनु न ?

आमा : साग खानुपर्छ। सागमा आइरन हुन्छ ।

शेरे : कति आइरन मात्र भनिराको अब त मेरो आची बाट पनि फलामे रड निस्केला भन्ने डर ।

Read More

फोनमा कुरा

हाकुकालेको girlfriend सँग कुराकानी)
हाकु कालेले GF लाई फोन गर्छ ।
हाकु : हाई डार्लिङ्ग !
GF : हेलो डियर !
हाकु : के छ मैँया, मलाई तिम्रो निकै याद आइराछ।
GF : लौ, अघि मात्रै कुरा गरेको हैन फोनमा त्यत्रो बेरसम्म !
हाकु : म्याम्पाखा ….. फेरी तिमीलाई पो परेछ !! 😂😂😂

Read More

लभ म्यासेज

( शेरे र उनको प्रेमी विच म्यासेज हुँदै )
शेरे : प्रिय यदि तिमी हाँसीरहेको छौ भने मलाई अलिकति तिम्रो मुस्कान पठाउ, तिमी रोइरहेको भए अलिकति तिम्रो आँसु पठाउ, यदि निदाइरहेकी भए मलाई मिठो सपनी पठाऊ ।

प्रेमिका : म त अहिले ट्वाइलेट मा छु । के पठाम ?
☻☻☻☻☻☻☻☻☻☻☻☻☻☻☻☻☻☻☻

Read More

कस्तो देखिएको छु

( शेरेको बुढी मज्जाले बसेर टि.भि मा cricket म्याच हेर्दै थिईन । शेरे नयाँ लुगा लगाएर तेहाँ बुढीको छेउमा उभिएर भन्यो )

शेरे : ए बुढी यता हेर त, म कस्तो देखिएको छु भन त ।

बुढी – चिच्याएर, छक्का छक्का ।

(शेरे छक्क पर्यो )

Read More

कालो बच्चा

एउटा गोरो बाउ आमा को बल्ल बल्ल👶बच्चा भएछ । बच्चा जन्मिएपछि बाउ ले हातमा लिगेर अनुहार हेरेछ अनि छक्क परेछ । बच्चा त पुरै कालो पो रहेछ ।

बुढा : हाम्रो बच्चा किन कालो भाको ?
बुढी : तिमी पनि हट, म पनि हट । बच्चा त जले🔥छ नि ।

Read More

Leave a Reply

Your email address will not be published.