Menu Close

नाम के हो ?

( खाली पिरियडमा साना विद्यार्थीहरुलाई कत्तिको चलाख छन् भनेर टेस्ट लिने क्रममा प्रिन्सिल्पलले एउटा बच्चालाई प्रश्न सोधे )
प्रिन्सिपल : यो चराको खुट्टा मात्र हेरेर भन त यो चराको नाम के हो ?
बच्चा : खोइ थाहा भएन सर !
प्रिन्सिपल : त्यति पनि थाहा छैन ? यो चराको नाम परेवा हो। तिमीलाई केहि पनि आउदैन रहेछ। नाम के हो तिम्रो ?
बच्चा : (खुट्टातिर देखाउँदै) ….यो
प्रिन्सिपल : के ?
बच्चा : मेरो खुट्टा हेरेर थाहा पाउनुहोस् न !

Read More

एक एक = तिन

शिक्षक : ल भन त, एक मा एक जोडेर कसरि तिन बनाउन सकिन्छ ?

शेरे : एक र एक को बिहे गर्दिने, ९ महिना पछि तिन हुन्छ। 👏👏👏👏👏👏

Read More

गोरुले के दिन्छ ?

( शिक्षकले शेरेलाई प्रश्न सोध्दै थियो )
शिक्षक : कुखुरीले 🐔के दिन्छ ?
शेरे : अण्डा ।
शिक्षक : राम्रो, अनि खसीबाट🐐 के पाइन्छ ?
शेरे : मासु ।
शिक्षक : साह्रै राम्रो । अनि गोरुले 🐄चाहिँ के दिन्छ ?
शेरे : होमवर्क । 😜 🤪😜 🤪

Read More

fast, faster and fastest

शिक्षक : ल भन त fast, faster and fastest मा के फरक छ ?

राजेश दाई : तेती सजिलो सोध्नुभाको। अलि गारो सोध्नुस न।

शिक्षक : पहिले यसैको उत्तर देउ त।

राजेश दाई : fast भनेको भाग, faster भनेको छिट्टो भाग र fastest भनेको तेरो बाउ छिट्टो भाग।

Read More

सजाय दिन

शिक्षक : हेर भाइ बहिनीहरु, जुन काम मान्छेले गरेको छैन, त्यसको सजाय उसलाई दिन मिल्दैन। बुझेउ त।

बिद्यार्थी : खुसि हुँदै। सर मैले आज होमवोर्क गरेको छैन। मैले नगरेको होमवोर्कको सजाय नहुनी भयो है।

😜😜😜😜

Read More

चोरीको फल

(शिक्षकले कक्षा कोठामा नैतिक शिक्षा दिने क्रममा)
शिक्षक : सबैले यो कुरा बुझ है । चोरीको फल कहिले मिठो हुँदैन ।
शेरे : तर हिजो मैले चोरेर खाएको आँप कति मिठो थियो त ।
हाकु : हो मिस । अस्ती मेलै तपाईलाई स्याउ देको थिए । तपाईले कति मिठो गरेर खानुभयो । त्यो मैले शेरेको घरबाट चोरेर ल्याएको थिएँ ।

(शिक्षक लाजले टाप) 😄😄😄😄😄😄😄

Read More

आँपको बोट

शिक्षक : एउटा ठुलो समुन्द्रको बिचमा निकै सुन्दर आँपको बोट छ। अब भन त्यो बोट बाट त्यो आँप कसरि टिपेर
खान्छौ ?

बिद्यार्थी : म पुरै चरा बनेर उडेर त्यंहा पुगेर टिपेर खान्छु।

शिक्षक : पागल जस्तो कुरा गर्नी हो। तिमि कसरी चरा बन्न सक्छौ र ?😡😠

बिद्यार्थी : तपाईं पागल। समुन्द्र को बिचमा आँपको बोट चै काँ बाट हुन्छ र ?😡😠

Read More

सोच र विचार

एकदिन कक्ष्या कोठामा मा शिक्षकले नेपाली पढाउदै गर्दा शेरे निकै हल्ला गर्छ र शिक्षक्ले उसलाई प्रश्न गर्छन।
शिक्षक : सोच र विचार के फरक छ भन् त ?
शेरे : तपाईको छोरी सेक्सी छ, यो हाम्रो सोच हो, तर उ हाम्रो हातबाट बचोस् भन्ने तपाईको विचार हो ।

Read More

नटुरेको अर्थ

(अङ्ग्रेजी पढाउने शिक्षकलाई केटाले छुट्टि भएपछि सोध्यो)
सर : नटुरेको अर्थ के हो ?
शिक्षक : नटुरे ? उसको प्रश्नले शिक्षक अकमक्क परे । कुरा टार्न उनले भोलि भनौँला भने । उनले त्यो रातभरि पूरै डिक्सनरी अध्ययन गरे तर नटुरे शब्द कहीँ भेटेनन् ।

(भोलिपल्ट त्यो केटाले फेरी स्कुल छुट्टि भएपछि बाटोमा सोध्यो)
केटो : सर, नटुरेको अर्थ आज भन्छु भन्नुभएको होइन ?
त्यो दिन पनि शिक्षकले उत्तर भन्न सकेनन्, कुरा टारे । यसरी त्यो केटाले दिनदिनै त्यही प्रश्न सोधेर हैरान पारेपछि शिक्षक लाजले अर्कै बाटो हिँड्न थाले । तर, एकदिन केटाले शिक्षकलाई भेट्यो र फेरी त्यही प्रश्न सोध्यो ।

(दिक्क हुँदै शिक्षकले उसलाई सोधे)
शिक्षक : नटुरेको यसको स्पेलिङ के हुुन्छ ?
केटो : nature ।
शिक्षक : (रिसले चुर हुँदै) गोरु ! मलाई बेकुफ बनाइस् हैन ? नेचरलाई नटुरे भनेर मेरो ज्यान खाइस् । प्रिन्सिपललाई भनेर अब तँलाई स्कुलबाट ननिकाली छाडेदिनँ ।
केटो : (शिक्षकको खुट्टा समातेर रुँदै) सर प्लिज, तेसो नगर्नुस् मेरो फुटुरे(future) खराब हुन्छ ।

Read More

सगरमाथा कहाँ पर्छ ?

( शिक्षकले हाकु कालेलाई प्रश्न गर्दै )

शिक्षक : राम ! तिमी भन त । सगरमाथा ⛰ कहाँ पर्छ ?
हाकु : थाहा छैन मिस ।
शिक्षक : हिजो भर्खर पढाको होइन । ल खुरुक्क बेन्च माथि उठ्ने ।
हाकु : किन मिस? बेन्च माथि बाट सगरमाथा देखिन्छ हो ?
😉😉😉😉😉😉😉😉😉😉😉😉😉😉😉😉😉

Read More

गरीब गोही

शिक्षक : माउसुली कस्तो खालको किरा हो ?

राजेेश दाई : माउसुली भनेको एक गरीब गोही हो । सानै हुँदा उसले राम्रो खाना खान पाएन। शरीरलाई चाहिने प्रोटिन लिन पाएन। त्यसैले उसको ज्यान सुकेर माउसुली जस्तो भयो। ☺☺️☺️☺️☺️️

Read More

सुन्न नसक्नेलाई अङ्गेजीमा

सर र विद्यार्थी

सर : जसले केही पनी सुन्न सक्दैन हामीले त्यसलाइ अङ्गेजीमा के भन्नु पर्छ ?
विद्यार्थी : जे भने पनि केही फरक पर्दैन सर, त्यसले सुन्ने होइन क्यारे ।
😉😉😉😉😉😉😉😉😉😉😉😉😉😉😉😉😉

Read More

सबै भन्दा अल्छी

शक्षकले एकचोटि सबै भन्दा अल्छी को रहेछ भनेर पत्ता लगाउन सोध्नुभएछ ।
शिक्षक : यो कक्षामा को को अल्छी हो , हात उठाउ ।

(सबै विद्यार्थीले हात उठाँउछ तर हाकु कालेले उठाएनछ)

शिक्षक : हाकु तिमी त धेरै ज्ञानी पो रहेछौ त । तिमीलाई अल्छी लाग्दैन ?
हाकु : लाग्छ नि मिस । हात उठाउन पनि अल्छी लागेर त हात नउठाको ।
😄😄😄😄😄😄😄😄😄😄😄😄😄😄😄😄😄

Read More

सारेको उत्तर

शिक्षकले गृहकार्य हेर्दै गर्दा शेरे को पालो आयो र उसको उत्तर चेक गर्नुभयो । तर शिक्षकलाई शेरेले उत्तर अर्कैको सारेको जस्तो लाग्यो र सोध्नुभयो ।
शिक्षक : तिम्रो उत्तर किन अरुकै उत्तर सगँ मिल्छ त? 😠
शेरे : अरे मिस । तपाईले सबैलाई एउटै प्रश्न गर्नुभएपछि उत्तर पनि त एउटै आउँछ नि । 👦😜

( शिक्षक त शेरेको उत्तर सुनेर बेहोस )

Read More

केही पनि टिपेन

( परीक्षा हलमा एउटा विद्यार्थी शिक्षकको टुप्पी तानिरहेको थियो । यो देखेर शिक्षकले रिसाउँदै भने )
शिक्षक : ए केटा ! किन मेरो टुप्पी तानिरहेको छस् तँ ?
विद्यार्थी : मेरो दिमागले केही पनि टिपेन । त्यही भएर सर ।
शिक्षक : टुप्पी तानेरचैँ टिप्छ त तेरो गोबर भरिएको दिमागले ?
विद्यार्थी : ह्या सर पनि ! किन नटिप्नु त, रेडियोको एन्टिना तानेपछि कति राम्रोसित टिप्छ ।
😂😂😂😂😂😂😂😂😂😂😂

Read More

बिहे गर्न चाहन्छु

( शिक्षिकाले पढाईरहेको बेला हाकुकाले सँधै हल्ला गर्नेगर्थ्यो । एकदिन हाकुकालेले भनेछ )
हाकुकाले : मिस मलाई तपाई मन पर्छ । म तपाई सँग बिहे गर्न चाहन्छु ।
शिक्षिका : मलाई बच्चा मन गर्दैन ।
हाकुकाले : ठिक छ म कोसिस गर्छु कि बच्चा नहोस ।

Read More

राम, हरि र भरत

राम, हरि र भरत तिन साथी थियो । उनीहरु कक्षाकोठामा पढिरहँदा तिनै जनाले एकैचोटि पादेछन् 🎆)
अनि मिसले कसले पादेको हो भनेर पालैपालो उनीहरुलाइ सोदेछन् । तिनीहरुले पनि आफ्नै शैलीमा उत्तर दिएछन् ।

राम : नाम मेरो राम । पाद्ने मेरो काम ।
हरि : नाम मेरो हरी । पाद्छु घरीघरी ।
भरत : नाम मेरो भरत । पाद्छु भरट भरट ।

Read More

स्कुल ढिलो पुगेपछि

😄(शेरे र हाक्कु स्कुल ढिलो पुगेपछि शिक्षकले प्रश्न गर्दै)😄
शिक्षकले शेरेलाई : किन ढिलो आको तिमी ?
शेरे : बाटोमा ५०० रुपैया भेटेको थिए, टिप्दा टिप्दै ढिलो भयो ।

शिक्षकले हाक्कुलाई : अनि तिमीचैँ किन ढिलो आको त ?
हाक्कु : त्यो ५०० रुपैया मैले खुट्टाले किल्चीराको थिए ।

Read More

फोनमा कल

(शेरेले मिसलाई जिस्काउदै)

शेरे : मिस तपाईले मेरो फोनमा कल गर्नु भएकोथियो ?
मिस : हैन । गरेको छैन । किन र ?
शेरे : हिजो मेरो फोनको स्क्रीनमा मिस कल लेखेको थियो ।
😄😄😄😄😄😄😄😄😄😄😄😄😄😄😄😄😄

Read More

स्कुलमा आगो

स्कुलमा आगो🔥लागेछ र स्कुल पुरै तरिकाले जलेछ । यो देखेर सबै विद्यार्थी खुसी हुँदै रमाएछन् तर हाकु काले भने उदास भएर बसिरहेको रहेछ । यो देखेर एउटा शिक्षक उसको नजिक गएर सोध्नुभएछ ।

शिक्षक : बाबु तिमी किन उदास 😟भएको ? अरु सबै निकै खुसी छन त ।
हाकु : उदास नभए के हुने त सर ? स्कुल पुरै जल्यो तर एउटा शिक्षक पनि जलेन । 😄😄😄😄😄

Read More

Leave a Reply

Your email address will not be published. Required fields are marked *