Tiger Jokes in Nepali

बन्दुक बोकेर

छोरा स्कुलबाट फर्किदै थियो । बुबा बन्दुक बोकेर बाटोमा उभिरहेको देखेर छोराले छक्क पर्दै सोध्यो–
छोरा : बुबा ! बन्दुक बोकेर बाटोमा किन उभिइरहनुभएको? कसैलाई कुर्नु भएको हो ?
बुबा : (बहादुरीको साथ) देखिनस् ! जङ्गलमा बाघ मार्न हिँडेको ।
छोरा : अनि खुरुखुरु नगएर यहाँ किन उभिइरहनुभएको त?
बुबा : ऊ त्यहाँ पर हेर् त, कुकुर बसेको छ । त्यसले मलाई टोक्यो भने नि ?

Read More

बाघ आयो

(बाउ र छोरा जङग्ल घुम्न जाँदा एउटा बाघ देखेछ । अनि बाउले भुँइबाट माटो टिपेर बाघलाई हानेछ, र छोरालाई भनेछ)

बाउ : लौ बाघ 🐅 आयो, भाग ।

(बाउ टाप भागेछ । तर छोरा नभागीकन त्यहीँ उभेर भनेछ)
छोरा : ओ बाउ, माटो त तिमीले पो हानेको हो । मैले हानेको हुँ र? तिमी भागन ।
😁😁😁😁😁😁😁😁😁😁😁😁😁😁😁😁

Read More

Leave a Reply

Your email address will not be published.