gaur gopal das quotes in nepali

Gaur Gopal Das Quotes in Nepali

Gaur Gopal Das Quotes

Gaur Gopal Das Quotes, Sayings, Prabhu Gopal Das Sayings in Nepali
Inspiring, Motivational Quotes about life, happiness, success from Gaur Gopal Das

“हामीले आनन्दित जीवन तबसम्म बाँच्न सक्दैनौं जबसम्म हामी हाम्रो नकरात्मकताहरूको सामना गर्दैनौं र तिनीहरूसँग सम्झौता गर्दैनौं।” – Gaur Gopal Das

“जीवनको अनुभव, हामी केमा आफ्नो ध्यान केन्द्रित गर्छौं त्यसमा निर्भर गर्दछ। हामीले आफ्नो ध्यान परिवर्तन गर्‍यौं भने हामीले आफ्नो जीवन परिवर्तन गर्न सक्छौं। ” – Gaur Gopal Das

gaur gopal das quote in nepali

“गलत तरिकाले सही कुरो भन्दा, गलत असर पार्न सक्छ।” – Gaur Gopal Das

gaur gopal das quote about life

“यस्तो जीवन बिताउनुहोस् कि जसले तपाईंलाई चिन्छ, तपाईंलाई चिनेको छ भनेर उसलाई गर्व होस्। ” – Gaur Gopal Das

“आत्म-अनुशासन भनेको, आफ्नो दिमागलाई नियन्त्रणमा लिने र यसलाई आफ्नै फाइदाको लागि निर्देशित गर्नु हो।” – Gaur Gopal Das

“यदि चीजहरू तपाईंको लागि सही भइरहेको छैन भने एकछिन बिश्राम गर्नुहोस्। तपाईंको जीवनलाई विचार गर्नुहोस्। तपाईंको यात्रालाई पुनः परिभाषित गर्नुहोस्। र दोब्बर बलका साथ् पुन: सुरुवात गर्नुहोस् ।” – Gaur Gopal Das

“राम्रो नेतृत्वकर्ता त्यै हो, जो अर्को राम्रो नेतृत्वकर्ताको अनुयायी हो।” – Gaur Gopal Das

“साँचो शुभकामना दिने साथीहरू ऐना जस्तै हुन्छन । तिनीहरूले हामीलाई हाम्रो सामर्थ्य र कमजोरी दुबै देखाउँछन् र हाम्रो प्रगतिशील वृद्धिमा मद्दत गर्दछन्। ” – Gaur Gopal Das

“कुनै कारणको लागि काम गर्नुहोस्, प्रशंसाको लागि होइन। जीवन व्यक्त गर्न बाँच्नुहोस्, अरुलाई प्रभावित पार्न होइन ।” – Gaur Gopal Das

gaur gopal das quote in nepali

“सम्बन्धमा आएको समस्या सुल्झाउने क्रममा, को गलत हो भन्दा पनि, के गलत हो भनेर छलफल गर्नु राम्रो हो ।” – Gaur Gopal Das

“प्रेम भनेको भावनाहरुको बारेमा मात्र कुरा गर्ने होइन । यो त आफ्नो प्रेम सम्बन्धमा जिम्मेवारी लिने कुरा हो। ” – Gaur Gopal Das

“हरेक क्षण राम्रोसँग जिउनु भनेको सम्पूर्ण कल्याणको रहस्य हो।” – Gaur Gopal Das

“प्रत्येकको यात्रा पछाडि कथा हुन्छ । त्यहाँ भएका निर्णयहरूको पछाडि एउटा कारण हुन्छ । पृष्ठभूमि बुझ्ने कोसिस नगरी उनीहरूलाई सही वा गलतको रूपमा लेबल गर्ने निष्कर्षमा हामी नजाऔं ।” – Gaur Gopal Das

“परिवर्तनलाई स्वीकार्नु र अघि बढ्नु भनेको बुद्धिमानिको र परिपक्वताको संकेत हो।” – Gaur Gopal Das

“जीवनको जुनसुकै क्षेत्रमा भएको हाम्रो सीपले तब मात्र सफलता ल्याउँछ, जब हामीसँग सही मानसिकता हुन्छ ।” – Gaur Gopal Das

“सँधै याद राख्नुहोस् कि तपाईंको सबै भन्दा महत्त्वपूर्ण परियोजना तपाईं हो। तपाईंले आफैंमा काम नगरेसम्म, कुनै पनि चीज वा कसैमाथि काम गर्न सक्षम हुने छैन। ” – Gaur Gopal Das

“यदि तपाईं आफ्नो अनुभब बदल्न चाहनुहुन्छ भने, तपाईंको बाँच्ने तरिका बदल्नुहोस्।” – Gaur Gopal Das

“यदि तपाईं वास्तवमै कति धनी हुनुहुन्छ भनेर जान्न चाहानुहुन्छ भने, एक थोपा आँसु झार्नुहोस् र हेर्नुहोस् कि कति हातहरु त्यो आँसु पुछ्न आउंछन्।” – Gaur Gopal Das

“तपाइँले आफ्नो नियन्त्रण भन्दा बाहिरको कुरा परिवर्तन गर्न खोज्नु भनेको, आफ्नो टाउको पिटेर पर्खाल सार्न खोज्नु जस्तै हो। पर्खाल सर्दैन; तपाईको टाउकोमा चोट मात्र लाग्छ। त्यसैले परिवर्तन गर्ने नमिल्ने कुरालाई परिवर्तन गर्न खोजेर आफैलाई चोट पुर्याउने काम नगर्नुहोस ।” – Gaur Gopal Das

“जीवन भनेकोनै तपाईंले के गर्नु पर्छ र तपाइँ के गर्न मन पराउनुहुन्छ ले भरिएको छ । पक्कै पनि गर्नुस, जुन तपाइँ गर्न मन पराउनुहुन्छ, तर त्यसलाई पनि मन पराउन सुरु गर्नुस, जुन तपाइँले गर्नै पर्ने छ। यो नै खुशीको रहस्य हो ।” – Gaur Gopal Das

“जीवनको कुनै पनि क्षेत्रमा सफलता सही समयमा मात्र आउँछ । तपाईं यसलाई चांडो पाउन सक्नुहुन्न। हतार नगर्नुहोस्। केवल धैर्यपूर्वक सहि कुरा गरिरहनुहोस्। हरेक साँचो प्रयासको बीउले एक दिन फल फलाउनेछ ।” – Gaur Gopal Das

“यदि हामी एउटै ठट्टामा बारम्बार हाँस्दैनौं भने किन हामी बारम्बार एउटै समस्यामा रोइरहेका छौं ?”- Gaur Gopal Das

“जसले साँचो रूपले गल्तीको पश्चाताप गर्छ उसले नराम्रो मात्र महसुस गर्दैन, त्यस गल्तीको परिणाम पनि स्वीकार्न इच्छुक हुन्छ र त्यसलाई सुधार गर्न कडा परिश्रम गर्दछ।” – Gaur Gopal Das

“खुशी भनेको पुतली जस्तै हो। ओह! यती नजिक, तर यसलाई समात्ने प्रयास गर्दा हामीलाई छोडिदिन्छ ।” – Gaur Gopal Das

“हिंडडुलले शरीर फिट राख्छ र स्थिरताले दिमाग फिट राख्छ।” – Gaur Gopal Das