robert frost quote in nepali

Life Quotes in Nepali

Life Quotes

LIfe Quotes, Life Quotation, Life sayings all in Nepali
Learn Life by these quotes, Best Sayings on life itself, Trending quotes on Life

“यसरी बाँच्नुहोस कि भोलि मर्ने निश्चित छ र यसरी सिक्नुहोस कि तपाईं सधैंभरि बाँच्नु हुन्छ।” – Mahatma Gandhi

“हामीले आनन्दित जीवन तबसम्म बाँच्न सक्दैनौं जबसम्म हामी हाम्रो नकरात्मकताहरूको सामना गर्दैनौं र तिनीहरूसँग सम्झौता गर्दैनौं।” – Gaur Gopal Das

gaur gopal das quote about life

“यस्तो जीवन बिताउनुहोस् कि जसले तपाईंलाई चिन्छ, तपाईंलाई चिनेको छ भनेर उसलाई गर्व होस्। ” – Gaur Gopal Das

“कुनै कारणको लागि काम गर्नुहोस्, प्रशंसाको लागि होइन। जीवन व्यक्त गर्न बाँच्नुहोस्, अरुलाई प्रभावित पार्न होइन ।” – Gaur Gopal Das

“एक घण्टा समय खेर फाल्ने हिम्मत गर्ने मानिसले जीवनको मूल्य थाहा पाएको हुँदैन ।” – Charles Darwin

nepali quotes, nepali saying nepali life quotes

“कति लामो समय होइन, तर तपाईं कत्ति राम्रो जीवन बिताउनु भयो, त्यो नै मुख्य कुरा हो ।” – Martin Luther King, Jr

happiness quote in nepali

“रिसाउनुभएको हरेक १ मिनेटमा, तपाईले आफ्नो जिवनको ६० सेकेन्डको आनन्द गुमाउनुहुन्छ ।” – Ralph Waldo Emerson

nepali quotation motivational quotes in nepali

“अरुले दिएको जीवनको परिभाषा स्वीकार नगर्नुहोस्; आफ्नो जीवनको परिभाषा आफै दिनुहोस् ।” – Harvey Fierstein

sandeep maheshwari quote in nepali

“यदि तपाई त्यस्तो व्यक्ति खोजी गरिरहनु भएको छ, जसले तपाईको जीवन परिवर्तन गर्न सक्छ; एकचोटी ऐनामा गएर हेर्नुहोस् ।” – Sandeep Maheshwari

dalai lama quotes in nepali

“हाम्रो जीवनको मुख्य उदेश्य भनेको नै खुशी हुनु हो ।” – Dalai Lama

Jim Rohn Quote in Nepali

“यदि तपाईंले आफ्नो जीवनको योजना आफै बनाउनु भएन भने, सम्भावना यो रहन्छ कि तपाईं अरु कसैको योजनामा पर्नुहुनेछ र अनुमान लगाउन सक्नुहुन्छ कि उनीहरुले तपाईंको लागि पक्कै पनि पर्याप्त योजना बनाएका हुँनन् ।” – Jim Rohn

“हामीलाई हाम्रो विचारहरूले आकार दिएको हुन्छ; हामी जतो सोच्छौं त्येस्तै हामि बन्छौँ।जब दिमाग शुद्ध हुन्छ, खुशी तब छाया जस्तो बन्छ, जसले कहिल्यै छोडदैन।” – Gautama Buddha

life quote in nepali

“जब जिवनमा भएको सबै कुरा तपाईको विरुद्ध गइरहेको देखिन्छ, याद गर्नुहोस्; हवाइजहाज उड्ने जहिले पनि हावाको विरुद्ध हो, सँगै होइन ।” – Henry Ford

“सबै मानवीय कार्यहरूको यी सात कारणहरूमध्ये एक वा बढी हुन्छ : मौका, प्रकृति, बाध्यताहरू, बानी, कारण, जोश र इच्छा ।” – Aristotle

“जिबनमा अर्को लक्ष्य सेट गर्न र नयाँ सपना देख्न, कुनै उमेर पनि ढिलो होइन ।”- Les Brown

“मैले गरेको सबै भन्दा सजिलो काम भनेको एक मिलियन डलर कमाउनु थियो र मैले गरेको सबै भन्दा गाह्रो काम, र यसलाई वर्षौं लागेको थियो, विश्वास गर्न कि म एक मिलियन डलर कमाउन सक्षम छु ।” – Les Brown

“जो कोही रिसाउन सक्छन् – रिसाउन सजिलो छ, तर सही व्यक्तिसँग, सही डिग्रीमा, सही समयमा र सही उद्देश्यका लागि क्रोधित हुन र सही तरिकामा – यो सबै व्यक्तिको शक्ति भित्र हुँदैन र यो सजिलो पनि छैन ।” – Aristotle

“जब तपाइँ आफ्नो लक्ष्यमा पुग्नुहुन्छ, नयाँ सेट गर्नुहोस् । यसरी नै हो तपाई बढ्दै जाने र अझ शक्तिशाली व्यक्ति हुने ।”- Les Brown

“मैले पत्ता लाएको सबै भन्दा महत्वपूर्ण उपकरण भनेको म चाँडै मर्नेछु भनेर सम्झनु हो। यसले मलाई जीवनमा ठूला छनौटहरू गर्न मद्दत गर्छ।” – Steve Jobs

martin king junior quote in nepali

“अन्धकारले अन्धकारलाई हटाउन सक्दैन; केवल प्रकाशले त्यो काम गर्न सक्छ । घृणाले घृणालाई हटाउन सक्दैन; केवल प्रेमले त्यो काम गर्न सक्छ ।” – Martin Luther King, Jr

decision quote in nepali

“कहिलेकाँही, यी साना निर्णयहरुनै हुन् जसले तपाईंको जीवनलाई सँधैको लागि बदल्न सक्छ ।” – Keri Russell

happiness quotes in nepali

“जब खुसीको एउटा ढोका बन्द हुन्छ, अर्को खोलिन्छ; तर प्रायजसो हामी बन्द ढोकामा यति लामो समय हेरिरहन्छौ कि हाम्रो लागि खुलिएको अर्को ढोका हामी देख्न सक्दैनौ ।” – Helen Keller

“कहिलेकाँही जीवनले तपाईको शिरमा इट्टाले हिर्काउँछ।तर कहिले पनि विश्वास नगुमाउनुहोस्।” – Steve Jobs

“जीवनको अनुभव, हामी केमा आफ्नो ध्यान केन्द्रित गर्छौं त्यसमा निर्भर गर्दछ। हामीले आफ्नो ध्यान परिवर्तन गर्‍यौं भने हामीले आफ्नो जीवन परिवर्तन गर्न सक्छौं। ” – Gaur Gopal Das

“जीवन दुःखपूर्ण छ जहाँ आँसु लिएर बाँच्नुपर्छ ।” – Laxmi Prasad Devkota

“विगतबाट सिक्नुहोस, आजको लागि जिउनुहोस, भोलिको लागि आशा राख्नुहोस। महत्त्वपूर्ण कुरा, कहिले पनि प्रस्न गर्न नछोड्नुस।” – Albert Einstein

“जीवनको चुनौतीहरू सामना गर्ने सक्ने हाम्रो क्षमतानै हाम्रो चरित्रको मापन हो ।” – Les Brown

brotherhood quote in nepali

“हामीले कि त भाईचाराको रुपमा सँगै बस्न सिक्नुपर्छ नत्र मूर्खको रुपमा सँगै नष्ट हुनुपर्दछ ।” – Martin Luther King, Jr

helen keller quote in nepali

“जीवन एक पाठको श्रृंखला हो, जुन बुझ्नको लागि बाँच्नुपर्दछ ।” – Helen Keller

“जीवनको कुनै पनि क्षेत्रमा सफलता सही समयमा मात्र आउँछ । तपाईं यसलाई चांडो पाउन सक्नुहुन्न। हतार नगर्नुहोस्। केवल धैर्यपूर्वक सहि कुरा गरिरहनुहोस्। हरेक साँचो प्रयासको बीउले एक दिन फल फलाउनेछ ।” – Gaur Gopal Das

dr seuss quote in nepali

कहिलेकाँही प्रश्नहरु जटिल हुन्छन् र उत्तरहरु सरल हुन्छन् । – Dr Seuss

“यदि तपाईं आफ्नो अनुभब बदल्न चाहनुहुन्छ भने, तपाईंको बाँच्ने तरिका बदल्नुहोस्।” – Gaur Gopal Das

“रोटीको लागि भोक भन्दा प्रेमको लागि भोक हटाउन धेरै गाह्रो छ ।” – Mother Teresa

“जीवनको जुनसुकै क्षेत्रमा भएको हाम्रो सीपले तब मात्र सफलता ल्याउँछ, जब हामीसँग सही मानसिकता हुन्छ ।” – Gaur Gopal Das

“आफूलाई खोज्ने उत्तम तरिका अरूको सेवामा आफूलाई गुमाउनु हो।” – Mahatma Gandhi

“मलाई लाग्छ जीवन एक बुद्धिमान चीज हो, र कुनै चीजहरू पनि अनियमित हुँदैनन्।” – Steve Jobs

family quote in nepali

“संसारमा सबैभन्दा महत्वपूर्ण कुरा परिवार र माया हो ।” – Unknown

robert frost quote in nepali

“तीन शब्दहरुमा, मैले जीवनको बारेमा जानेको कुरा भन्न चाहन्छु; यो चलिनै रहन्छ ।” – Robert Frost

“जीवन भनेकोनै तपाईंले के गर्नु पर्छ र तपाइँ के गर्न मन पराउनुहुन्छ ले भरिएको छ । पक्कै पनि गर्नुस, जुन तपाइँ गर्न मन पराउनुहुन्छ, तर त्यसलाई पनि मन पराउन सुरु गर्नुस, जुन तपाइँले गर्नै पर्ने छ। यो नै खुशीको रहस्य हो ।” – Gaur Gopal Das

life quote in nepali

“तपाईलाई के भयो, त्यो जीवनको मात्र १०% हो र तपाईले त्यसलाई कसरी हेर्नुभयो हो, त्यो नै जीवनको बाँकी ९०% हो।” – Charles Swindoll

“संसारमा कल्पेको जस्तो गरी जीवन चल्दैन, परिस्थितिका काँडाहरूले जीवन घेरिन्छ र शरीर र आत्माको अन्तरसम्बन्ध नबुझनाले नराम्रो परिस्थिति आउँदछ ।” – Laxmi Prasad Devkota

life quote in nepali

“जीवन साइकल चलाउने जस्तै हो। तपाईंको जीवन सन्तुलन राख्नको लागि, तपाईं अघि बढिरहनुपर्दछ।” – Albert Einstein

“हजारौं मैनबत्तीहरू एउटै मैनबत्तीबाट उज्यालो हुन सक्छ, तैपनि त्यो मैनबत्तीको जीवन कम हुँदैन। त्येस्तै खुशी पनि बाढेर कहिल्यै कम हुँदैन।” – Gautama Buddha

gaur gopal das quote in nepali

“सम्बन्धमा आएको समस्या सुल्झाउने क्रममा, को गलत हो भन्दा पनि, के गलत हो भनेर छलफल गर्नु राम्रो हो ।” – Gaur Gopal Das

“हरेक क्षण राम्रोसँग जिउनु भनेको सम्पूर्ण कल्याणको रहस्य हो।” – Gaur Gopal Das

life tragedy quote in nepali

“जीवन बुद्धिमानको लागि सपना, मूर्खको लागि खेल, धनीको लागि नाटक र गरिबहरुका लागि विपत्ति भैदिन्छ ।” – Sholom Aleichem

laxmi prasad devkota quote

“जिवन एक चक्का हो, ठीक ठाउँ नचले बेठीक ठाउँमा चल्दछ ।छैन ।” – Laxmi Prasad Devkota

“हामीसँग परिवर्तन गर्ने क्षमता छ; चेतना जगाएर अर्थपूर्ण जीवन बिताउन ।” – Les Brown

“मानिसको जीवनमा कठिनाइहरू हुनु आवश्यक छ किनकि ति चिजहरु सफलताको आनन्द लिन आवश्यक छन्।” – A.P.J Abdul Kalam

motivational quote by Chico Xavier

“कसैले पनि पुरानो समयमा फर्केर नयाँ सुरुवात गर्न सक्दैनन् तर जो केहीले पनि फेरी सुरुवात गरेर नयाँ अन्त्य बनाउन सक्दछ ।” – Chico Xavier

Life quote in nepali

“जीवन जिउनु भनेको संसारमा दुर्लभ करा हो । धेरै मानिसहरु त बाँचेका मात्रै छन् ।” – Oscar Wilde

helen keller quote in nepali

“उज्यालोमा एक्लै हिड्नु भन्दा, अँध्यारोमा साथीसँग हिड्नुनै उत्तम हुन्छ ।” – Helen Keller

inspiring life quote in nepali

“यदि तपाईंले जीवनमा जे छ त्यसलाई हेर्नुभयो भने, तपाईंसंग जहिले पनि धेरै हुनेछ । यदि तपाईंले जीवनमा जे छैन त्यसलाई हेर्नुभयो भने, तपाईंसँग कहिल्यै पनि पर्याप्त हुँदैन ।” – Oprah Winfrey

confucius life quote in nepali

जीवन साँच्चै सरल छ, तर हामी यसलाई जटिल बनाउनमा लागि पर्छौ । – Confucius

“कहिलेकाहिँ तपाईले चिन्नुहुन्न कि आफ्नो जिबनमा को महत्त्वपूर्ण छ, जब सम्म तपाईंले उनीहरूलाई गुमाउनु हुँदैन।” – Mahatma Gandhi

“गर्नुस के गर्न सजिलो छ र तपाईंको जीवन कठिन हुनेछ । गर्नुस के गर्न गार्हो छ र तपाईंको जीवन सजिलो हुनेछ ।” – Les Brown

“तपाईं आफ्नो विगतको बन्दी कहिल्यै नहुनुहोस्। त्यो केवल एउटा पाठ थियो, जीवन कैद होइन।” – A.P.J Abdul Kalam

“तपाईंको मुस्कानले तपाईंलाई सकारात्मक उपस्थिति प्रदान गर्दछ, जसले गर्दा तपाईंको वरिपरि भएको मानिसहरूलाई आरामदायक महसुस गराउँदछ ।” – Les Brown

motivational quote in nepali

“जीवनको कुनै सीमा छैन, तपाईले बनाउनु भएको बाहेक ।” – Les Brown

“जीवन निष्पक्ष हुदैँन , यसको बानी पार्नुस।” – Bill Gates

“यदि चीजहरू तपाईंको लागि सही भइरहेको छैन भने एकछिन बिश्राम गर्नुहोस्। तपाईंको जीवनलाई विचार गर्नुहोस्। तपाईंको यात्रालाई पुनः परिभाषित गर्नुहोस्। र दोब्बर बलका साथ् पुन: सुरुवात गर्नुहोस् ।” – Gaur Gopal Das

confucius quote in nepali

“सबै चीजको सौन्दर्य हुन्छ, तर सबैले त्यसलाई देख्न सक्दैनन् ।” – Confucius

heart touching sayings in nepali

“जीवनमा सबै जनाले तपाईलाई चोट पुर्याउने छन्; तपाईले मात्र, कुन मानिसले दिएको चोट पनि दुखाईको लायक छ, पत्ता लगाउनु पर्दछ ।” – Bob Marley

“सोच तपाईंको पूंजी सम्पत्ति हुनु पर्छ, चाहे तपाईंको जीवनमा जस्तोसुकै उतार चढ़ाव आवोस।” – A.P.J Abdul Kalam