Menu Close

Akbar & Birbal (अकबर र वीरबल)

King Akbar and his minister

एकादेशमा अकबर नाम गरेको राजा थिए । उनका मन्त्रीहरु मध्ये एक मन्त्री निकै चलाख र बुद्धिमान थिए । उनको नाम वीरबल थियो । राजा अकबर केही ठूलो कुरोको निर्णय लिनु भन्दा अगि वीरबलसँग सोध्ने गर्थे ।

कुरा जाडो महिनाको हो । राजाले एउटा प्रतियोगिता आयोजना गरे । प्रतियोगिता के थियो भने जाडो महिनाको चिसो पानीले भरिएको पोखरीमा लामो समयसम्म बस्नुपने थियो । जसले लामो समयसम्म बस्न सक्छ, उनै विजेता घोषित हुने र ठूलो पुरस्कार पनि पाउने थियो ।

यो प्रतियोगिताको बारेमा पुरा राज्य भर फैलियो । प्रतियोगिताको दिन पनि आयो । धेरै मानिसहरु यसमा सहभागी भएर लामो समय सम्म पानीमा बस्ने प्रयास गरे । तर जाडो महिनाको कारणले घाम पनि लाएको थिएन र पानी निकैनै चिसो थियो । कति मानिसहरु त पोखरीमा जाने बित्तिकै बाहिर आए ।

बिस्तारै मानिसहरु बाहिर निस्किदै गए र अन्तिममा एक बुढो मानिस बिजेता भए । भोली पल्ट त्यो बुढो मानिसलाई पुरस्कार दिनको लागि राज दरबारमा बोलाइयो । पुरस्कार निकै धेरै थिए । सुन चाँदी, हिरा सबै थिए । त्यो बुढो पनि पुरस्कारहर देखेर मनमनै निकै खुसी भए ।

पुरस्कार दिनु अघि अकबरले राजसभाको अगाडी त्यो बुडोलाई प्रश्न गरे ।

“तिम्रो धेरै उमेर भइसकेको रहेछ । तैपनि तिमीले जवान ब्यत्तिहरुलाई पनि पछाडी पार्यो । तेत्रौ लामो समय त्यो चिसो पोखरीमा बस्न सक्नुको रहस्य के हो ?”

बुडोले जवाफ दिए “महाराज पोखरीमा जाने बित्तिकै मलाई चिसो भएर बाहिर निस्कीम जस्तो लागेको थियो तर पछि डाँडामा बलेको बत्ती हेरेर म बसिरहे ।”

अकबर राजा निकै मुर्ख राजा थिए । यस्तो जवाफ सुनीसकेपछि अकबरलाई त त्यो बुडोले जालझेल गरेको जस्तो लाग्यो र राजदरबार बाट भएको प्रतियोगिताको इज्ज़त भुँइमा मिलेको अनुमान भयो ।

अकबरले भन्यो “बत्ती हेरेर, त्यसको ताप लिएर जो कोहि पनि पोखरीमा बस्न सक्छ । मेलै गरेको यो प्रतियोगितामा तिमीले जालझेल गर्यॊ । यो पुरस्कार तिमीले पाँउदैनौ । बरु उल्टै हामीलाई मुर्ख बनाएको मा डण्ड सजाय पाउँछौ ।”

अनि त्यो बुडोलाई सिपाहीले समातेर थुनिदियो । यो देखेर वीरबललाई साह्रै चित्त दुख्यो र राजालाई यो कुरा गलत हो भनेर सिकाउन उपाय सोच्न थाल्यो ।

एकदिन राजसभाको भेला थियो । सबै मन्त्रीहरु र अरु पदका ब्यत्तिहरु आइपुगे । तर वीरबल आइपुगेन । निकै समय बित्दा समेत वीरबल नआएको भएर राजा अकबरले आफ्नो सिपाही वीरबल कहाँ पठाए ।

सिपाही पुग्दा वीरबल खाना बनाइरहेको थियो । सिपाहीले वीरबरलाई राजाले पुकार्नु भाको छ भन्दा वीरबलले जवाफ दिए ।
“मैले अहिलेसम्म भोजन गरेको छैन । यो पाक्ने वित्तिकै म भोजन गरेर आउँछु ।”

सिपाही त्यही सन्देश लिएर फर्किए । त्यो सन्देश पाएपछि राजाले एकछिन वीरबललाई समय दिन सभालाई आदेश दिए ।

तर धेरै बेर कुर्दा पनि अझ वीरबल आइपुगेन । फेरी राजाले सिपाहीलाई सोध्न पठायो ।सिपाही त्यहा पुग्दा अझैपनि वीरबल खाना पकाइरहेको थियो । सिपाहीले वीरबललाई सोध्दा वीरबलले उही जवाफ दिए र फर्काइदिए । फेरी पनि उही सन्देश आएको सुनेर राजा आफै वीरबलकोमा पुग्ने निधो गरेर सभाबाट निस्किए । राजा त्यहाँ पुगे र वीरबलले खाना पकाएको तरिका देखेर छक्क परे ।

वीरबलले तिन ओटा लामो बाँस भुँइमा गाडेर, बाँसको माथिको तिन टुप्पोलाई एक ठाउँमा बाँधेर, चामल भिजाएको कसौडी झुन्डाएको थियो र तल भुँइमा आगो बालेको थियो ।

a51180 2

राजाले सोधे वीरबललाई “वीरबल तिमीले खाना पकाउन सुरु गरेको कति भयो ?”

वीरबलले भने “खै ! थाहानै भएन महाराज, अघिनै सुरु गरेको हो ।” राजाले त्यो कसौडीलाई हातले छोयो, तर कसौडी त चिसो थियो । तलको आगोको राप त्यो कसौडी सम्म आइपुगेको नै थिएन ।

राजाले भन्यो “वीरबल ! तिमी त मुर्ख पो रहेछौ । तलको आगोको राप कसौडीसम्म आएको नै छैन । कसरी तिम्रो भात पाक्छ त ?”

वीरबलले जवाफ दिए “यदी त्यो परको डाँडाको बत्तिले त्यो पोखरीमा बसेको बुडोले ताप लिन सक्छ भने, यो कसौडीले पनि त लिन सक्छ नि । हैन र महाराज ?”

अकबरले बल्ल कुरो बुजे । त्यो बुडोले त्यो ताप त लिनै सक्दैन, मेलै त उपहार दिनुको बद्ला उल्टै सजाय पो दिए ।
अकबरले पुरै राजसभा अगाडी आफ्नो गल्ती स्वीकारे र त्यो बुडोलाई झन पुरस्कार थपेर दिए ।

Sharing is Caring!

Leave a Reply

Your email address will not be published. Required fields are marked *