
शरद मौसमको समयमा, दिउँसोको तातो घाममा एक कमिलाको परिवार काम गर्दै थिए। उनीहरु खेल्दै, रमाउंदै मेलमिलापका साथ् काम गर्दै थिए। उनीहरुले गर्मि मौसममा निकै मेहेनत गरेर खाना बटुलेका थिए। जाडो मौसममा काम गर्न कठिनाई हुने भएकोले, बरु गर्मि मौसममै पसिना बगाएर भएपनि, खाना जम्मा गरेका थिए।
त्यतिकैमा त्यंहा एक फट्याड़ग्रो आइपुग्यो र बिनम्र भएर कमिलाहरुलाई सहयोग मागे। “तिमिहरुसंग भएको खाना बाट, अलिकति मलाई पनि देउन।”, फट्याड़ग्रोले भन्यो।
कमिलाले पनि जबाफ दियो, “हामीले त यो खानाहरु निकै परिश्रम गरेर जम्मा गरेका हौँ। तिमीले आफ्नु लागि खान जम्मा गरेनौ र ? गर्मि मौसम भरि के गरेर बसेउ र ?”
फट्याड़ग्रोले जबाफ दियो, “म त गर्मि मौसमको समयमा मस्त गित गाउँदै, खाँदै बसे। मलाई काम गर्न फुर्सदनै भएन। गित गाउँदा गाउँदै गर्मिको समय बितिसकेछ, थाहानै भएन । “
कमिलाले पनि उस्तै जबाफ दिए, “हो, गीत गाएर बसेउ होइन त, अब नाचेर बस। हामि तिमीलाई केहि पनि दिने छैन।” त्यति भनेर कमिलाहरु फेरी आफ्नो काममा लागे।
कहिँ बाट पनि खान नमिलेसी बल्ल फट्याड़ग्रोले समयको महत्व बुज्यो।
कथाको पाठ : समयलाई ध्यानमा राख्नुपर्छ। काम गर्ने समयमा काम गर्नुपर्छ र खेल्ने समयमा खेल्नुपर्छ।
Sharing is Caring