dashai wishes

Dashain Wishes(Bijaya Dashami Wishes)

Happy Bijaya Dashami Wishes, Dashain Wishes, Happy Dashain Wishes, Dashain Messages

All Dashain Wishes in Nepali, Favorite Dashain Messages, Dashain Reply all here.

“बिहानीको उज्यालोलाई पर्खन्दै अन्धेरी रातमा रुमलिये पनि,
झरनालाई नियालेर नि तिर्खाईमा तड्पिए पनि,
साहसको बाटो परिवर्तण नहोस्
यात्रा निरन्तर चलिरहोस हुरिबतासको लहर जति नै बेगले चले पनि,
कर्मको दियो अटुट बलिरहोस यहि छ मेरो भावना,
विजया दशमीको हार्दिक मङ्गलमय शुभकामना।”

“भाग्य चम्कियोस सबैको,
सबैको होस् सुख समृदी,
सुख सान्ति होस् सबैतिर,
माता दुर्गाको वास होस् चारैतिर,
यही छ मेरो दशैंको सुभकामना।”

“घ्याम्पो भरि रक्सी होस्, निधार भरि रातो टिका होस्, पुरै परिवारमा सुख होस्। हातमा तिन वोटा एक्का होस्, मेरो तर्फ बाट दशैंको सुभकामना ।”

“अब चल्ने हरेक पाईलाहरु सफलताको अबिरले लतपत होस्,
रोदनहरु हासोको फोहोरामा मा परिबर्तन होस्।
२०७७ को बडा दशैँको हरदिन मंगलमय सुभकामना।”

“हजुरको घरमा धमिरा परोस्, प्रेममा बिछोड होस्,ज्या न सुकेर मुरली होस्,
ब्यागमा एक सुक्का नहोस्, मनमा अशान्ती छाओस्, खानामा झिङ्गा परोस्,
निन्द्रा नलागोस्, आँखा फुटोस्, कान बैरो होस् ,ग्रलफेन्ड पोइला जाओस्,
ब्याइफैन्डले सौता ल्याओस्, सधै कलह छाओस्, किरा परेर मर्न परोस्,
भनेर भन्ने हजुरको शत्रुको सत्यनाश होस् यहि नै मेरो
बिजया दशमी २०७७ को मंगलमय शुभकामना।”

“मौलाओस जिन्दगी मखमली सरी,
मुस्कुराओस खुसी सयपत्री सरी,
चम्कियोस नाम निदारको टिका सरी,
अखण्ड रहोस उदेश्य पुजाको दियो सरी,
तपाइलाई यो ७७ सालको दशैंको सुभकामना।”

“चंगा चैट, रमाइलो भेट,
खसीको रेट, मासुको प्लेट,
जुवाको खाल,मासुले भरिएको थाल,
यो ७७ सालको दशैं बबाल।”

“आगन भरि मगमगाउने फुल बनोस बडादसै।
सुख शान्ति सम्रिदी मुल बनोस बडादसै
सत्रुजति टाढा जाउन, मित्रजति नजिक
मित्रलाइ संगै जोड्ने पुल बनोस बडादसै
शिरमा सबैका देखिजाउन जमरा र टिका,
खुसिको आँशु लुकाउने झुल बनोस बडादसै,
बडादसैको सबै लाइ शुभकामना।”

“जयन्ती मङ्गला काली भद्रकाली कपालिनी ।
दुर्गा शिवा क्षमा धात्री स्वाहा स्वधा नमोस्तुते ।
नेपालीहरुको महान चाड बडा दशैं २०७७ को मंगलमय शुभकामना तपाईलाई ।
सदा खुशी रहनु होस्, सुखी रहनु होस्।”

“तिन जनाले मलाई तिम्रो फोन नम्बर मागेको थियो, मैले तिनीहरुलाई तिम्रो घरको ठेगाना दिएको छु, तिनीहरु आउँदै छन् । तिनीहरु सुख, शान्ति र सम्रिदी हुन्। बिजया दशमीको सुभकामना।”

“हट्यो सारा हिलो मैलो, हरायो पानीको वर्षा,
भवानीको भयो पूजा, चल्यो आनन्दको चर्चा,
जहाँ जाउँ उतै भन्छन्, दशै आयो दशै आयो,
यही आनन्द चर्चाले सबै संकट बिर्सायो,
दशैंको सुभकामना! दशैंको सुभकामना! “

“पुरा हाेस् तपाइकाे सम्पूर्ण मनाेकामना
यहि छ विजया दशमिकाे हार्दिक मंगलमय शुभकामना !!!”

“दशैं आउछ जान्छ, तर दशा नआवोस,
टिका लाइन्छ खस्छ, तर भाग्य नखसोस,
जमरा लाइन्छ सुक्छ, तर खुसि नसुकोस,
पिङ्गको डोरी चुदिन्छ, तर सम्बन्धको डोरी नचुडोस,
बिजय दशैं २०७७ को सुभकामना।”

“ठुलोको आशिष, सानोको माया, यो दशैंको रमाइलो तिम्रो घरमा सधै रहिरहोस। यही नै बिजया दशमीको सुभकामन तिमीलाई।”

“२०७७ सालको पावन-अवसरमा सुख-संवृद्धि तथा दिर्घायुको कामना गर्दै बिजया-दशमीकाे हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछु। दुर्गा भवानीले हामी सबैको कल्याण गरुन।”

“टिका होस निधारमा, जमरा होस कानमा,खुसि छावोस परिवारमा, अनि शान्ती देशमा,
दशैँमा खुसिनै खुसिको बास होस, सबै शत्रु हरुको नास होस ।
विजय दशमी को हार्दिक मंङगलमय शुभकामना।”

“हत्केलामा सधैँ सकारात्मक परिमार्ण फेला परोस,
जिन्दगी सप्तरंगी रंगहरुले भरियोस।
बिजया दशमीको हार्दिक मंगलमय सुभकामना।”

“पानि खाेज्दा बियर भेटियाेस्
धारा खाेल्दा दारू बगाेस्
चिकन खाँदा, साप्राे पराेस
मटन खादा, ह्याकुला पराेेस्
यहिनै छ मेराे विजया दशमिकाे शुभकामना !!!”