Menu Close

Rapunzel Story (रपुनजेलको कथा)

rupanzel story

एक पटक एक जना पुरुष र एउटी आइमाईले बच्चाको लागि लामो समयसम्म कामना गरिरहेकी थिई । उनीहरुको केही गरेर पनि सन्तान हुन सकेन । लामो समयसम्म ती आइमाईले परमेश्वरको कृपाको आशा गरीरही ।

यी व्यक्तिहरूको घरको पछाडि एउटा सानो झ्याल थियो जहाँबाट एउटा निकैनै सुन्दर बगैंचा देख्न सकिन्थ्यो, जुन सबै भन्दा सुन्दर फूलहरू र जडिबुटीहरूले भरिएको थियो । तर त्यो बगैंचा एक अग्लो पर्खालले घेरिएको थियो र त्यो बगैंचाको रेखदेख एक जादुगरको गर्ने गथ्र्यो । जादुगरको जादुले सारा विश्व डराएको थियो । त्यसैले कोही पनि त्यहाँ जान साहस गर्दैनथ्यो ।

एक दिन ती महिला झ्यालबाट हेर्दै बसिरहेकि थिइन र बगैंचामा हेरिरहेकी थिइन । त्यत्तिकैमा उनले त्यो बगैंचामा अत्यन्तै सुन्दर साग (रपुनजेल) उम्रेको देखी । त्यहाँ उम्रेको रपुनजेल यति ताजा र हरियो थियो कि उनलाई त्यसको स्वादको लागि चाहना बढ्यो ।

तर त्यो जादुगरको थियो र त्यहाँको फल आखाँ तरी मर भनेको जस्तै हो भन्ने पनि थाहा थियो । तर त्यो खाने चाहना रपुनजेललाई दिन प्रति दिन बढ्दै गयो । उनी दिनहु त्यही रपुनजेललाई टाढा बाट हेरेर दिन काट्न थाली ।
आफ्नो पत्नीको यो अवस्था देखेर उनको पति चिन्तित भए, र सोधे, “तिमीलाई के चाहेको छ मेरो पत्नी?”

उनले जवाफ दिइन्, “मलाई त्यो रपुनजेल खान मन छ । यदि मैले घरको पछाडिको बगैंचामा रहेको रपुनजेल पाउँदिन भने म मर्नेछु ।”

उनको पतिलाई जादुगरको डर थियो तर जादुगरको डर भन्दा पनि आफ्नो पत्नीको ज्यानको माया ठूलो थियो । त्यसैले उ साँझमा भित्ता चढेर जादुगरको बगैंचामा पुगे र हतारमा एक मुठीभर रपुनजेल
समातेर आफ्नी पत्नीलाई लगे । उनले तुरुन्तै यसको एक सलाद बनाई, र धेरै स्वादसंग यो खाए ।

उनलाई, यति धेरै मन पर्यो, यति धेरै, कि अर्को दिन उनलाई यसको लागि पहिलेको भन्दा तीन गुणा चाहना भयो । फेरी उनले आफ्नो पतिलाई भने । र उनको पती फेरी पनि त्यो जादुगरको बगैंचामा रपुनजेल चोर्न गए ।

तर जब ऊ पर्खालमाथि चढेर बगैैंचामा उत्रियो, ऊ साह्रै डरायो किनभने उसले आफ्नो अगाडी जादूगरलाई उभिरहेको देख्यो ।

“तिम्रो कसरी यत्रो हिम्मत आयो ?” जादुगरले क्रोधित भएर भने, “मेरो बगैंचामा ओर्लिन र चोरले जस्तै मेरो रपुनजेल चोर्न ? तिमीले यसको लागि कष्ट भोग्नुपर्नेछ ।”

उसले जवाफ दियो, “दया गर्नुस, मलाई केही हानी नपुराउनुस । मैले मात्र मेरो पत्नीको आवश्यकताको आधारमा यहाँ आएको हुँ । मेरी श्रीमतीले तपाईंको यो बगैंचामा फलेको राम्रो रपुनजेल झ्यालबाट देखी, रउसलाई खान इच्छा गरि, पाएन भने उनी मर्नेछिन ।”

तब ती जादूगरको रिस कम भयो र उनलाई भने, “यदि तिमी भन्छौ भने, म तिमीलाई यो बगैंचामा फलेको रपुनजेल जति चाहिन्छ सबै तिमीलाई लैजान दिनेछु, तर मेरो मात्र एउटा शर्त छ । पछि म तिमीबाट एक थोप लिगेर जानेछु जुन तिमीले मलाई दिनु पर्छ ।”

आतंकित अबस्थामा भएको त्यो पतिले जादुगरको सबै कुरामा सहमति जनाए । त्यस पछि त उनले जति भने पनि रपुनजेल टिप्न पाउने भए । उनी सँधै रपुनजेल टिपेर आफ्नो पत्नीलाई खुवाउन थाले । दिन बित्दै गयो । भग्वानको कृपाले उनकी पत्नीले बच्चाको जन्म दिने भयो । र जब ती आइमाईलाई ओछ्यानमा ल्याइयो, तब जादूगर एकैचोटि देखा पर्यो र भर्खरै जन्मेको प्यारी छोरीलाई रपुनजेलको नाम दिए, र आफूसँगै लगिन् ।

उनले जादुगरसँग बाचा गरेको थिए कि उसले आफु बाट एउटा चिज लिग्दा रोक्ने छैन भनेर । त्यसैले जादुगरले उनकी छोरी लिगेर गए । रपुनजेलको मुहार सूर्यको किरण जस्तै तेज थियो । उसको मुहार र स्वर निकै नै राम्रो थियो ।

रपुनजेल जादुगरसँगै ठूलो हुँदै गई र उसको सुन्दरता झन बढ्दै गयो । अब भने जादुगरलाई हल्का चिन्ता बढेर आयो । रपुनजेलको रुपले अरु मनिसहरु उनको घरमा आउने हो कि र आएर उनलाई बर्बाद गर्ने हो कि भनेर उनी डराइन् ।

त्यै भएर जब उ बाह्र बर्षको भए, जादूगरनीले उनलाई एउटा धरहरामा बन्द गरीन् । धरहरा निकै अग्लो अनि उनलाई धरहराको माथिल्लो कोठामा बन्द गरियो ।

बाहिरको कोही पनि मानिस रपुनजेल भएको कोठामा पुग्न नसक्ने गरी धरहरा बनाएको थियो । किनकी त्यो धरहराको न कुनै सीढी न त कुनै ढोका थियो । तर माथिल्लो भागमा, रपुनजेल भएको कोठामा एक सानो झ्याल थियो ।

जब जादूगर भित्र आउन चाहन्थिन्, उनी तलैबाट चिच्याउथिन् ।

“रपुनजेल, रपुनजेल,
तिम्रो कपाल तल झार ”

रपुनजेलको कपाल एकदमै लामो र बलियो थियो । उनले जादुगरको आवाज सुनेपछि, आफ्नो कपाल झ्यालबाट तल झार्ने गर्थिन र जादुगर त्यै कपाललाई समातेर माथि आउने गथ्र्यो ।

समय बित्दै गयो र केही वर्ष पछि, एउटा राजाको छोरो त्यै बाटो भएर सवार भयो र धरहरा भएको तिर गयो ।

त्यसपछि उसले एउटा गीत सुने, जुन यति मनमोहक थियो कि ऊ उभिएर सुनरहे । पछि उसलाई त्यो गित गाउने मानिस को रहेछ भनेर जान्ने इच्छा जाग्यो र आवाजको पछि दौडे । गीत गाउने रपुनजेल थिइन, उनी एक्लै बस्थिन् र मिठो गित गाएर बस्थिन् ।

राजाको छोराले रपुनजेल धरहराको टुप्पो मा पाए । तर त्यहाँ जाने कुनै ढोकानै थिएन । उनी अचम्ममा परे र केही गर्न नसकेपछि उनी घर फर्के । तर त्यो आवाजले उनलाई यति गहिरो छोएको थियो, कि हरेक दिन उनी त्यहाँ गएर बाहिरबाट गित सुन्थे ।

एकपल्ट जब उनी त्यस रूखको पछाडि उभिए, उनले देखे कि एक जना जादूगर त्यहाँ आई, र उनले कराइन् ।

“रपुनजेल, रपुनजेल,
तिम्रो कपाल तल झार ”

त्यसपछि रपुनजेलले उनको कपालको तल झारिदिइन्, र जादूगर कपालको मदतले उक्ले ।

यो देखेर राजकुमारलाई आशा आयो र भोलिपल्ट जब अँध्यारो बढ्न थाल्यो, ऊ धरहरामा गयो र करायो ।

“रपुनजेल, रपुनजेल,
तिम्रो कपाल तल झार ”

रपुनजेलले तुरुन्तै कपाल तल झारे र राजाको छोरा माथि चढे ।

सुरुमा रपुनजेल राजकुमारलाई देखेर अत्यन्तै डराउँछिन् किनकी उनी सारा संसारबाट टाँढा भएकी थिइन् । तर राजाको छोराले उनीसँग साथीको रूपमा कुरा गर्न थाले, र त्यसपछि रपुनजेलले आफ्नो डर गुमाइन् ।

त्यसरी उनीहरु सधैँ कुरा गर्न थाले । केही दिन पनि बित्यो । विस्तारै उनीहरुविच माया पलाउन थाल्यो । एकदिन राजकुमारले रपुनजेललाई विवाहको प्रस्ताव राखे । उनले भनिन्, “म खुशीसाथ तिमीसंग जान्छु, तर तल कसरी जाने मलाई थाहा छैन । यसो गर तिमी यहाँ आउँदा हरेक दिन धागो लिएर आउ, म त्यो धागो हरु जोड्नेछु र लामो, बलियो डोरी बनाउनेछु । अनि हामी सँगै यहाँ बाट झरेर विवाह गरौंला ।”

एकदिन रपुनजेल र राजकुमारको कुरो त्यो जादुगरले थाहापाई । जादुगर रिसले चुर भए र भने “मैले सोचे कि तिमी सारा संसारबाट अलग भइसकेका छौ, तर तिमीले मलाई धोका दियौ ।” क्रोधमा उनले रापुनजेलको त्यो सुन्दर कपाललाई काटिदियो ।

जादुगर यति निर्दयी थिइन कि उनले विचरी रपुनजेललाई मरुभूमिमा लगेर छाड्दियो ।

भोलिपल्ट, राजकुमार सँधैझै धरहराको तलबाट चिच्याउन थाल्यो । अब त्यहा रपुनजेल थिएन, त्यै जादुगरले काटेको कपाल तल फालिन ।

राजकुमार कपाल समातेर माथि उक्ले, तर उनले आफ्नो प्रिय रपुनजेल भेट्टाएनन्, बरु एल्टै दुष्ट जादूगर अगाडी थिए । राजकुमारले कुरो बुज्यो र हतारमा त्यहाँ बाट भाग्न हामफाले । भुँई मा त झर्न सफल भए तर उनको आखाँमा काडाँ बिज्यो र उनले आँखाको ज्योती गुमाए ।

त्यहाँ बाट भागे तर केही नदेख्ने भएकाले उनी आफ्नो दरबार फर्कन सकेन । बाटोमा जे भेटियो त्यै खाए, जरा र जंगली फल खाँदै भौतारिए । यसप्रकार तिनी केही वर्षसम्म दुःखमा घुमिरहे ।

एकदिन घुम्दा घुम्दै रपुनजेल भएको मरुभुमीमा पुगे । उनले फेरी त्यही मिठो स्वर सुने र यो त रपुनजेलको हो भनेर विश्वास भयो । उनी हातले छाम्दै त्यहाँ पुगे र रपुनजेललाई भेटे । रपुनजेलले उसलाई
चिने र अँगालोमा बाँधिएर रोए । रपुनजेलको आँखा बाट खसेको आँसुले राजकुमारको दुई आँखा भिजे र तिनीहरू फेरि स्पष्ट भए, र उनले पहिले जस्तो देख्न सके ।

रपुन्जेल जुम्ल्याहा बच्चाहरूलाई जन्माएर उनीहरुको लागी र राजकुमारको सम्झनामा दिन बिताइरहेकि थिइन् ।

त्यसपछि राजकुमारले रपुनजेल र आफ्ना सन्तानलाई उनको राज्यमा लगे जहाँ उनीहरुलाई खुशीसाथ स्वागत गरियो, र उनीहरू लामो समय सम्म बाँचे, खुशी र सन्तुष्ट भए ।

Sharing is Caring!

Leave a Reply

Your email address will not be published. Required fields are marked *