Tamu Lhosar
गुरुङ जातीको बारेमा
नेपाल सरकारले लिएको २०६८ को जनगणना अनुसार नेपालमा अहिले १२६ जात / जातिय समुहका मानिसहरु मिलेर बसेका छन्। ति मधे ५९ जातहरु छन् जसलाई आदिबासी जनजाती भनेर घोषित गरिएको छ। आफ्नै भाषा, आफ्नै संस्कृति भएको गुरुङ जाति पनि जनजाती समूहमा पर्दछ र जनगणना अनुसार गुरुङ मानिसहरु ५,२२,६८१ छन्। (स्रोत: national museum website)
गुरुङ लाइ तमु भनिन्छ। त्यसैले गुरुङहरुको आफ्नै भाषालाई तमु भाषा पनि भनिन्छ र गुरुङहरुको चाडलाई तमु ल्होसार भनिन्छ।
तमु ल्होसार को बारेमा (Tamu Lhosar)
तमु ल्होसार भनेको गुरुङ समुदायले मनाउदै आएको महान चाड हो। यो चाड गुरुङ जातिहरुको लागी नयाँ बर्षको रुपमा मनाउने हुनाले, निकै महत्वको चाड मानिन्छ। यो पोस्टमा मैले ल्होसार सम्बन्धी केहि जानकारी दिन खोजेको छु। केहि गलत जानकारी भएको भए सुधारको लागि सल्लाह दिनुहोला।

तमु ल्होसार कहिले मनाइन्छ ?
हरेक बर्षको पुषको महिनाको १५ गते, यो चाड मनाइन्छ। अंग्रेजी क्यालेन्डरको डिसेम्बर महिनाको अन्तिम दिन तिर पर्ने यो चाड, जाडो महिनालाई बिदा गरेर बसन्त ऋतुलाइ स्वागत गर्दै मनाइन्छ।
Tamu Lhosar Wishes
तमु ल्होसार कसरी र कहाँ मनाइन्छ ?
तमु ल्होसार बिभिन्न ठाउँमा बिभिन्न तरिकाले मनाइन्छ। यो चाड आफैंमा हिन्दु धर्मकाले मनाउने दशैं जस्तो भएकोले, यो दिनमा परिवार र आफन्तजान संगै भेटघाट भई, एकै ठाउँमा रमाइलो गर्दै, खान पिन गरेर मनाउने गरिन्छ। धेरै जसो गाउँ घर तिर गुरुङहरु एउटै समुदाय भएर बसेका हुन्छन। उनीहरु त्यो दिनमा कुनै खुल्ला ठाउँमा वा कुनै गुम्बा घर तिर गएर एकसाथ ल्होसार मनाउने गर्दछन। ल्होसार को दिनमा गुम्बा घर गएर मनाउनेहरु पनि धेरै हुन्छन। काठमाडौँमा गुरुङ जातीहरु एक जुट भएर आफ्नो संस्कृती जोगाउनको लागी टुँडिखेलमा भेट भएर, आफ्नो सांस्कृति पोसाकमा चिटिक्क भई, विभिन्न कार्यक्रम गरेर मनाउने गर्दछन। जे होस् ल्होसारको दिनमा कुनै गुरुङ मान्छे पनि एक्लै बस्नु पर्दैन। आफ्नो नजिक आफ्नै आफन्त नभएपनि, ल्होसार मनाउने ठाउँमा पुग्दा, आफ्नै मान्छे, आफ्नै गाउँघर भेटेको जस्तो लाग्छ। नलागोस पनि तकसरी, गुरुङ जातक मान्छेहरु, आफ्नो जातलाई मात्र नभई सम्पूर्ण जातलाई माया र सम्मान गर्दछन ।
ल्होसारको दिनमा सबै जना आफ्नो गुरुङ पोसाक लगाएर छम-छमि नाच्दा, गाउँदा,त्यंहा रहेका सबैलाई रमाइलोको अनुभूति हुन्छ। त्यै माथि गुरुङहरुले पाहुनालाई गर्ने स्वागत हेर्दा त सबैलाई त्यहाँ जाँउ-जाँउ जस्तो लाग्छ। ल्होसारमा खाने र नाच-गान गर्ने बाहेक थुप्रै साना खेल हरु पनि खेल्ने गरिन्छ।
नेपालमा बसेका गुरुङहरु त सबै एक जुट भएकानै हुन्छन र बिदेशमा भएका गुरुङहरु पनि एकै ठाउँ भएर, आफ्नो जातिय पोसाकमा सजिएर, साना कार्यक्रम भएपनि गरेर संगै रमाउने गर्दछन।
ल्होसार भनेकोनै संगै रमाउने र खुशी आदन प्रदान गर्ने दिन हो। यो चाडमा एक अर्कालाई ल्होसारको शुभकामना व्यक्त गरिन्छ।
गुरुङहरुको पोसाक

तमु ल्होसारको सबै भन्दा राम्रो पक्ष मलाई उनीहरुको पोसाक लाग्दछ। त्यो दिन, ल्होसार मनाउने कुनै ठाउँ अथवा गुम्बा, पुरै झिलिमिली भएको जस्तो लाग्छ। समय र ठाउँ अनुसार पोसाकमा पनि भिन्नता देख्ने पाएको छ। तर बिशेष रुपमा पुरुष हरुले भाङ्ग्रा लगाएका हुन्छन। सेतो उलनको कपडामा, त्यसको छेउंतिर अरु रंगको धरको भएको भाङ्ग्रा, अगाडी बाट हेर्दा दुइटै काँध बाट टुप्पो लेराएर छातीनिर बानिएको र पछाडी साइड तिर खल्ती जस्तो भएको पोसाकनै गुरुङ हरुको पुरुष जातिले लगाउने पोसाक हो। तल तिर सानो धोति(कछाड) जस्तो बाँधेको र खुकुरी भिर्दा त ओहो! निकै नै राम्रो देखिन्छ।
गुरुङहरुको महिला वा कन्या हरुले लगाउने पोसाक त .झन् निकै राम्रो हुन्छ। गर गहनाले सजिएको, घांटीमा मुगा माला, अथवा पोते र अन्य गहनाहरु, रंगीचंगी चोली, लुंगी, टिकिश, पटुकी र बाहिर बाट मरुनी घलेक र पछ्यौरामा सजिएकी गुरुङनि चेली साफ साफ स्वोर्ग बाट झरेकी अप्सरा जस्ती देखिन्छिन।
तमु ल्होसार र वर्ग चक्रको महत्व
ल्होसार गाउँ ठाउँ अनुसार फरक तरिकाले मनाएपनी, यसको महत्व भने छुट्टै छ। गुरुङ जातिले परम्परा अनुसार समयलाई १२ बर्षको निरन्तर चलिरहेने चक्र (ल्हो कोर) बनाएको हुन्छ। हरेक बर्षको छुट्टा छुट्टै नाम राखिएको हुन्छ र त्यसको लागी जनावरहरुको नाम प्रयोग गरिन्छ। हरेक जनावरले नयाँ बर्षलाई अंकित गर्दछ र त्यसलाई वर्ग (ल्हो) भनिन्छ। ति वर्गहरु: गिद्ध,सर्प,घोडा,भेंडा, बाँदर, चरा, कुकुर, मृग, मुसा,गाई, बाघ र बिरालो हुन्। सबै जनावरलाई एउटा चक्र बनाई, क्रमश स्थानमा राखेर गुरुङहरुको क्यालेन्डर तयार हुन्छ।

प्रतेक तमु ल्होसार (पुष १५) लाई एउटा वर्गको अन्त्य र नयाँ वर्गको सुरुवातको रुपमा हेर्ने गरिन्छ र साथसाथै पुरानो बर्षको अन्त्य र नयाँ बर्षको सुरुवातको रुपमा पनि हेर्ने गरिन्छ। पुष १५ मा नयाँ वर्ग(ल्हो)को सुरुवात हुने भएकोले त्यो दिनलाई ल्होसारको नाम दिइएको हो। गुरुङ समुदायमा जन्मेका सन्तानको वर्ग यसैको आधारमा तय गरिन्छ। हरेक नयाँ बर्षसंग (पुष १५ देखि अर्को पुष १५ सम्म) एक वर्ग जोडिएको हुन्छ र त्यो बर्ष भरि जन्मिएको सबै गुरुङको वर्ग त्यही हुन्छ।
गुरुङको बर्गको चक्र हेर्दा तिब्बतिहरुको चक्र जस्तो पनि देखिन्छ। ज्योतिष विज्ञानले पनि १२ जनावरको चक्र प्रयोग गर्ने गरेको देखिन्छ।
अन्तिममा मेरो धारणा
गुरुङहरुको यो चाड ल्होसारले गुरुङ जातीहरुको पहिचानमा मदत पुराउन्छ। चाड पर्ब भनेको हाम्रो संस्कृती हो र हाम्रो संस्कृतीनै हाम्रो पहिचान हो। हाम्रो संस्कृतीले नै हामीलाई सक्ष्यम नागरिक बनाउन मद्दत गर्दछ। दुनिया जतिनै सुकै अगाडी बढे पनि हामीले हाम्रो मूल संस्कृतिलाई चट्टै माया मार्न हुँदैन। संस्कृतीमा भएको त्रुटी सच्याउनी हिम्मत राख्नु पर्दछ र राम्रो इतिहास बोकेको संस्कृतीलाई बचाउन पनि हिम्मंत गर्नु पर्दछ।
नेपाली भनेकोनै अनेकतामा एकता हो। सबै जात, भाषा, धर्मक मानिसहरु मिलेर बसेको साझा फुलबारीनै हाम्रो देश नेपाल हो। त्यसैले एक अर्काको संस्कृतीलाई सम्मान गर्ने हाम्रो साझा संस्कृतीलाई संधै ध्यानमा रांखाै ।
Tamu Loshar ma sudhar garnu parne kura haru k k xa ?