
एक दिन, दुई साथीहरु जंगलको बाटो भएर जाँदै थिए। उनीहरूलाई थाहा थियो कि जंगलको बाटो खतरनाक हुन्छ र त्यहाँ जे पनि हुन सक्छ। त्यसैले तिनीहरूले कुनै पनि खतरा भएमा एक अर्काको नजिक रहने र परेमा सहयोग गर्ने प्रतिज्ञा गरे।
उनीहरु अघि जाँदै थियो, अचानक, उनीहरुले देखे कि एक ठूलो भालु तिनीहरु तर्फ आउँदै थियो। भालु देख्नी बितिकै एक साथी डरायो र झट्ट नजिकको रूखमा चढ्यो। उसले आफ्नो साथिको बारेमा केहि पनि सोचेन। साथीलाई छाडेर उसले आफ्नो बारेमा मात्र सोच्यो।
तर अर्को साथीलाई रुख कसरी चड्ने, थाहानै थिएन। रुखमा चढेको साथीले उसलाई केहि पनि भनेन। बिचार उसलाई के गर्ने, कहाँ भाग्ने, अन्योलमा पर्यो। केहि पनि उपाय दिमागमा नआएसी, ऊ भुँइमा लड्यो मरेको मान्छे जस्तो गरी सास रोकेर राख्यो।
एकैछिनमा त्यंहा भालु आइपुग्यो। जमीनमा पल्टेको साथीको नजिक पुग्यो। बिस्तारै बिस्तारै भालु उसको वरिपरि घुम्यो र उसको सरिर सुघ्न थाल्यो। भालुले उसको नाक सुङ्घ्यो, कान पनि सुङ्घ्यो। अन्तिममा त्यो मरेको लास जस्तो लागेर, मरेको चिज भालुले नाखानी हुँदा, त्यंहा बाट भालु गयो।
भालु गएपछि,रूखमा लुकेको साथी तल ओर्ल्यो । अनि उसले आफ्नो साथीलाई सोध्यो, “साथी, भालुले तिमीलाई तेत्रो बेर कानमा के कुरा भन्यो ?” उसको कुरा सुनेर अर्को साथीले भन्यो, “नराम्रो साथीमा विश्वास कहिले नगर्नु भनेर भालुले मलाई सल्लाह दियो ।”
कथाको पाठ : एक साँचो मित्रले कुनै पनी स्थितिमा तपाइँको साथ छाड्दैन ।
Sharing is Caring