Menu Close

The Fox and the Grapes (स्याल र अंगुर)

nepali story fox and grapes

एक दिन, एक स्याल निकै भोकाएको थियो । भोकले मर्ला जस्तो भएको तर केही खानेकुरा पनि नपाएको अवस्था थियो । उसले निकै खोज्यो, तर उसले खान सक्ने कुरा केहि पनि फेला पार्न सकेन ।

अन्तमा, उसको पेट गडगडाउँन थाल्यो र ऊ एक किसानको भित्तामा ठेस लाग्न पुग्यो । पर्खालको माथि चढेर, उसले हेर्दा, देख्यो कि उसको आगाडी संसारकै सबैभन्दा ठूला, रसिला अंगुरका बोटहरु थिए । फलेका अंगुरहरु हेर्दैमा खानको लागि तयारी अवस्थामा देखिन्थ्यो ।

पाकेको त्यो अंगुरमा पुग्न, स्यालले हावामा अलि माथि उफ्रिनु पर्थ्यो । उ हावामा उफ्रिन्थ्यो र अंगुर निर पुग्नी बेलामा आफ्नो मुख खोल्थ्यो, तर कुनै बेलामा पनि अंगुर खान सकेन । स्यालले फेरि प्रयास गर्यो र सकेन । उसले फेरी प्रयास गर्यो तर यो बेलामा पनि खान सकेन । उसले धेरैनै पटक प्रयास गरिरह्यो तै पनि उसले खान चै सकेन ।

अन्त्यमा, स्यालले निर्णय गर्यो कि अब प्रयास नगर्ने र घर जाने निर्णय गर्यो । जब उ त्यहाँ बाट फर्कदै थियो उसले मनमनै भन्यो “ठिकै भयो तैपनि अंगुर तितो नै थियो ।”

कथाको पाठ : जिबनमा केहि कुरा पनि सजिलो आउँदैन ।

Sharing is Caring!

Leave a Reply

Your email address will not be published. Required fields are marked *