
The Girl And Her Dream
एक समयको कुरा हो, कुनै एउटा गाउँमा एक आमा र छोरी बस्दथे। छोरीको नाम मोली थियो र उसको काम भनेको गाईलाई स्याहार गर्नु र दुध लिगेर बजारमा गएर बेच्नु थियो। मोलीले बाल्टिनमा दुध भरिन् र बजार तिर लागिन्।
बजारमा जाँदै गर्दा उनले, दुध बेचेर आएको पैसा कसरी खर्च गर्ने भनेर सोच्दै अगाडी बढिन्। उनले आफु संग कमि भएको सामान के के छन् सोच्न थालिन् । सडकमा हिंड्दै गर्दा, उनले केक र ताजा स्ट्रबेरीले भरिएको टोकरी देखिन् र पैसा पाएसी त्यो किन्ने विचार गरिन् ।
सडकको अलि अगाडि पुगिसकेपछि उनले एउटा कुखुरा देखे, र उनले सोच्न थाली, “आजको दुध बेचिसकेपछि आएको पैसाबाट मैले आफैंको लागि कुखुरा किन्छु । त्यो कुखुराले अण्डा पार्नेछ, त्यसपछि म संग बेच्नको लागि दूध र अण्डा हुन्छ र बढी पैसा पाउनेछु । “
उनी अझै सोच्न थालिन् , “त्यो सबै पैसाले म अझै गाई थप्छु, त्यो गाईहरुले अझ बढी दुध दिनेछ। अनि मसंग बेच्नको लागि दुध पनि धेरै हुन्छ। सबै दुध बेचेपछि धेरै पैसा आउँछ। त्यो सबै पैसा मा जम्मा गर्नेछु। अनि एउटा घर किन्नेछु। “
उनि पुरै आफ्नो सोचमा डुब्न थाली। फेरी उनले सोचिन् “सबै कुरा भएपछी, म फेन्सी लुगाहरु किन्नेछु र राम्रो देखिन्छु । त्यसपछि गाउँको सबै केटीहरु मलाई देखेर डाहा गर्नेछन ।” आफ्नो सोचमा रमाउंदै उनि नाच्न घुम्न थालिन्। उत्साहमा उनले भुलिन कि आफ्नो टाउको मा दुधले भरिएको बाल्टिन राखेकी थिइन् भनेर, र ढुंगामा ठोकेर उनि भुइँमा लडिन्।
उनको दुधको बाल्टिन पनि भुइंमा घोप्टियो। सबै दुध पोखेको देखेर उनि रुन थालिन। सोचमै उनले सबै कुरा पुरा गरिसकेकी थिइन् तर बिपनामा उनले एउटा बाल्टिन पनि राम्रो संग सम्हाल्न सकिनन्। क्षण भरमै उनको सपना चकनाचुर भयो।
घरमा पुगेर उनले आमाको गालि खाइन्।
कथाको पाठ : जुन कुरा भएको छैन, त्यसमा कहिले पनि भर पर्न हुँदैन । यथार्थमा बाच्न सिक्नु पर्छ।
Sharing is Caring