Menu Close

The Golden Egg (सुनको अण्डा)

the golden egg nepali story

The Golden Egg

एक समयको हो, कुनै गाउँमा एक किसानसँग हंस थियो जसले दैनिक रुपमा सुनको अण्डा पार्न थाल्यो । पहिले त उनीहरु गरिब थिए तर जब देखि सुनको अण्डा आयो, उनीहरु धनि भए । किसान र तिनकी पत्नीलाई दैनिक आवश्यकताहरू पूरा गर्न पर्याप्त पैसा भयो । किसान र तिनकी श्रीमती सबै सुख पाएर खुसी भए।

तर, धेरै पैसा पाएसंगै उनीहरुमा लोभ बढ्दै गयो। उनीहरुले एक दिन, सोच्न थाले कि, “हामीले किन दिनदिनै एक-एक अण्डा लिने ? बरु एकै चोटी सबै सुनको अण्डा लिगम अनि एकै तालमा धेरै पैसा कमाउँदा ठिक होला नि ।” किसान र उनकी पत्नी दुवै त्यो कुरामा राजी भए ।

अर्को दिन, हंसले सुनको अण्डा पार्ने बित्तिकै, किसान र उनकी पत्नीले छिटो-छिटो चकू लिगेर आयो । उनीहरुले हंसलाई मारे र धेरै सुनको अण्डा एकै चोटी पाउने लोभमा, हंसको पेट खोले । तर पेट भित्र त उनीहरुले कुनै सुनको अण्डा पनि फेला पार्न सकेनन्, त्यंहा त मात्र रगत र भोलिको लागि एउटा कलिलो अण्डा मात्र थियो ।

किसान र उनकी पत्नीले आफ्नो गल्ति महसुस गरे तर उनीहरुको हंस त मरिसकेको थियो । दिन बित्दै गयो, उनिहरुसंग भएको सम्पति पनि सकिँदै गयो। उनीहरु फेरी पनि गरिब भए । सानो मुर्खता र लोभको कारण उनीहरुले दिन-दिनै सुनको अण्डा पार्ने हंस पनि गुमाए।

कथाको पाठ : कुनै पनि कार्य गर्नु पूर्व, एकचोटी राम्रोसंग सोच्नु पर्छ ।

Sharing is Caring!

Leave a Reply

Your email address will not be published. Required fields are marked *