
The Lying Boy
एकचोटि, एउटा गाउँमा एक केटा थियो, जो पहाडमा सबैको भेडा चराउने काम गर्थ्यो। तर सधैँ त्यो काम गर्दा उसलाई अल्छी लाग्न थाल्यो। आफैंको मनोरन्जन गर्न, उनले एकदिन यसरी कराए, “बाघ आयो ! बाघ आयो ! बाघले भेडालाई पछ्याउँदैछ! ”
जब गाउँलेहरूले त्यो केटा कराएको सुने, तिनीहरू बाघलाई धबाउन दगुर्दै आए। तर जब तिनीहरू आइपुगे, तिनीहरूले कुनै बाघ देखेनन्। अनि त्यो केटा खुसी हुदै भने “मैले सबैलाई झुकाए, कुनै बाघ छैन।”
“अब बाट त्यस्तो नगर्नु, फेरी नराम्रो होला” भनेर गाउँलेहरुले चेतावनी दिए। केटाले पनि हुन्छ, अब बाट गर्दिन भने। त्यसपछि तिनीहरू रिसाउँदै आफ्नो ठाउँ फर्के।
फेरी केहि दिनपछि, त्यो गोठालो केटा, भेडा चराउँदा चराउँदै, उसलाई अल्छी लाग्न थाल्यो र फेरी पनि उ कराउन थाल्यो “बाघ आयो ! बाघ आयो ! बाघले भेडालाई पछ्याउँदैछ! ” उसले कराएको आबाज सुनेर पुरै गाउँले बाघलाई धबाउन आए। तर पहिलेको जस्तै त्यहाँ कुनै बाघ थिएन।फेरी पनि त्यो केटा खुसी हुदै भने “मैले फेरी पनि सबैलाई झुकाए, यँहा कुनै बाघ छैन।”
अब भने पुरै गाँउले त्यो केटासंग रिसाए।तिनीहरूले कडा शब्दसाथ् त्यो केटालाई भने, “जब तिमीले वास्तवमै बाघ देख्छौ तब मात्रै तिमि कराउ र हामीलाई बोलाऊ, बाघ नहुदा बाघ आयो भनेर नकाराउ।” केटाले पनि हाँस्दै हुन्छ भने र गाउँले आफ्नो बाटो लागे।
तेसरी नै दिन कट्दै थियो, एकचोटी त्यो केटा सधैँ जसो गरि भेडा चराई रहेको बेला त्येहा साँचिकै बाघ आइपुग्यो।बाघ देख्ने बितिकै उनि रुख माथि चढे र ठुलो स्वोरमा कराउन थाले, “बाघ आयो ! बाघ आयो ! बाघले भेडालाई पछ्याउँदैछ!” उसको आबाज सारा गाउलेले सुने तर सधैँ जसो त्यो केटाले हामीलाई झुक्याउन थालेको होला भनि सम्झी उनीहरु कोहि पनि त्यहाँ पुगेनन्।
रात पनि पर्यो तर त्यो केटा गाउँ नफर्केको कारणले सबै मिलि भेडा चराउने ठाउँ मा पुगे। त्यहा पुग्दा त त्यो केटा रुँदै एक्लै बसिरहेको देखे।के भयाे भनेर सोध्दा केटाले जबाफ दिए “यहाँ वास्तवमै एउटा बाघ आएको थियो।मैले कति कराएँ, ‘बाघ बाघ!’ भनेर तर कोहि पनि आएनन।”
त्यो भिडमा एक वृद्ध तर बुद्धिमान मानिस पनि थियो जसले त्यो केटालाई सान्त्वना दिदै भने “झुटालाई कसैले पनि बिस्वाश गर्दैनन् चाहे उसले सत्यनै किन बोलेको होस्। “
कथाको पाठ : झूट बोल्दा विश्वास भंग हुन्छ – यदि तपाईंले सत्य भनिरहनु भएको भए पनि कसैले झूटालाई विश्वास गर्दैन।
Sharing is Caring