Menu Close

The Proud Rose (गर्वले भरिएको गुलाब)

nepali story the red rose

एकादेशको समयमा एउटा टाढाको मरुभूमिमा एक गुलाबको बोट र क्याक्टसको बोट संगै उम्रेको थियो। तिनीहरु उम्रिदै ठुलो हुदै जा‌ँदा, गुलाबको बोट बाट फुलेको फुल निकै सुन्दर देखिन थाल्यो।

गुलाबले आफ्नो फुलको सुन्दरताको बयान मात्र गर्न थाल्यो। उसलाई आफ्नो फूलको सुन्दरता माथि घमण्ड हुन थाल्यो। संगै उम्रेको क्याक्टस भने नराम्रो देखिन्थ्यो। उसको शरीरमा काँडा मात्र देखिन्थ्यो। त्यो देखेर गुलाबले आफ्नै साथी क्याक्टसको गुनासो मात्र गर्न थाल्यो।

हरेक दिन, सुन्दर गुलाबले क्याकटसको अनुहारको ठट्टा र अपमान गर्न थाल्यो। तर सधै क्याक्टस चुपनै बस्यो। नजिकैका अरू सबै बोटहरूले गुलाबलाई सम्झाउन थाले, तर गुलाब आफ्नै फुलको गर्ब मा मस्त रहन्थ्यो र कसैले भनेको कुरा पनि सुन्न मान्दैनथ्यो।

एक समय त्यहाँ चर्को गर्मी सुरु भयो, मरुभूमि पनि सुख्खा भयो, र बोटहरूका लागि त्यहाँ पानी भयन । पानीको अभाबले गुलाब चाँडै मर्न थाल्यो । उसको सुन्दर पंखुहरू सुक्न थाले, उसको राम्रो रंग हराउँदै जान थाले ।

तर क्याक्टसलाई हेर्दा उनि छक्क परे। क्याक्टसको शरीरमा काँडा त थियो नै तर उनको शरिर निकै मोटो, हरियो र हेर्दा पनि रसिलो देखिन्थ्यो । उनको बोटमा एउटा भँगेराले आफ्नो चुच्चो गाडेर पानी पिउँदै थियो ।

त्यो दृश्य देखेर गुलाब निकै नै लज्जित भईन। पछिल्ला दिनहरुमा उसले क्याक्टसलाई निकै खिल्ली उडाएकी थिईन। आफ्नो गल्ति को पछुतो गर्दै, उसले क्याक्टसलाई पानीको सहयोग मागिन । दयालु क्याक्टस सजिलैसँग सहमत भयो, उनीहरू दुवैजना कडा गर्मिको मौसममा पनि राम्रो संग बाँचे।

कथाको पाठ : कसैलाई पनि तिनीहरूको दृष्टिकोणबाट आंकलन नगर्नुहोस्।

कथाको पाठ : कसैलाई पनि तिनीहरूको दृष्टिकोणबाट आंकलन नगर्नुहोस्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *