
एक पटकको कुरो हो, भ्यागुतोको एउटा समूह पानीको खोजीमा जंगल वरपर घुमिरहेको थियो। अचानक, त्यो समुहको दुई भ्यागुतो गल्तीले एउटा गहिरो खाडलमा खसे।
अरु भ्यागुताहरु खाडलमा आफ्ना दुई साथी देखेर चिन्तित हुन थाले।
खाडल कती गहिरो थियो भनेर सबैले हेरे र दुखी भए किनकी खाडल निकै गहिरो थियो । उनीहरुले त्यसपछि खसेको दुई भ्यागुतोलाई भने की, खाडल बाट बच्न को लागी कुनै बाटो छैन र कोसिस गर्नुको पनि कुनै मतलब छैन ।
दुइ भ्यागुतोले लगातार खाडलबाट निस्किन कोसिस गरिरहे। तर बाहिर भएका अरु भ्यागुतोले भने उनीहरुलाई निरुत्साहित गर्न थाले र बारम्बार भनिरहे की, “यो खाडल बाट तिमीहरु निस्किन सक्दैनस। “
दुइ भ्यागुतो मध्ये एक भ्यागुतोले भने अरुको कुरा विश्वास गर्न थाले कि – उनीहरु कहिल्यै खाडल बाट निस्किन सक्नेछैन र अन्ततः हार माने र कोसिसनै नगरी तेही ठाउँमा मरे ।
तर अर्को भ्यागुतोले कोसिस जारी राखे र अन्ततः उनि यति धेरै उफ्रन सफल भयो कि उनि खाडल बाहिर निस्किन सफल भयो।
अन्य भ्यागुताहरु यो देखेर छक्क परे र उनि कसरि निस्किन सकेको होला भनेर सोच्न थाले।
ति दुइ भ्यागुतो बीच फरक यो मात्र थियो कि दोस्रो भ्यागुतो बहिरो थियो र साथीहरुले निस्किन सक्दैनस भनेको कुरा सुन्न सकेन। उनलाई त बरु उल्टै साथीहरुले हौसला दिएको जस्तो लागेछ। त्यसैले उसले कोसिस गरिरह्यो र अन्त्यमा निस्किन पनि सफल भयो।
कथाको पाठ : हार नमानिकन निरन्तर प्रयास गर्नेहरुकोनै जित हुन्छ।
Sharing is Caring