Menu Close

Ugly Duckling (नराम्रो हाँस)

ugly duck story in nepali

एक ठाउँमा एक पटक हाँसको आमा थियो । यस आमाको कुनै बच्चा थिएनन् किनभने उनको कुनै पनि अण्डाहरू ह्याच भएको थिएन ।

उनी धैर्यताका साथ आफ्ना बच्चाहरू ह्याच गर्ने दिन कुर्दै थिइन् । एक दिन, जब उनी अण्डाको गुँडमा बसेकी थिइन, उनले अण्डा हल्का हल्लेको जस्तो अनुभव गरे ।

क्र्याक !! क्र्याक !! क्र्याक !! क्र्याक !! क्र्याक !!

खुशीले भरिएको, आमा हाँसले आफ्नो साना हाँसहरु अण्डाबाट एक–एक गरी निस्केको हेरि । उनी आफ्ना बच्चाहरूलाई पोखरीमा लैजान अत्यन्तै उत्साहित भएकी थिइन र उनीहरूलाई हाँसको मार्गहरू सिकाउन तयार भैसकेकी थिइन् ।
दुर्भाग्यवस आमाको एउटा अण्डा ह्याच हुन बाँकी थियो र यो अण्डा बाँकी भन्दा ठूलो थियो । यो अण्डा अरु अण्डा भन्दा खैरो पनि थियो । उनी त्यो अण्डा ह्याच हुन धैर्यताले अरु दुई दिन र रात पर्खिन् ।

“आमा म पोखरीमा जान चाहन्छु, आमा,” एउटा बच्चा कराउन थाल्यो ।

“आउनुहोस आउनुहोस” अरू दुई उत्साहित भएर कराउन थाले ।

तर उनको आमाले सबैलाई पर्खाइन् किनभने उनले आफैंलाई वाचा गरेकी थिइन कि उनी आफ्ना सबै बच्चाहरूलाईसम्मान माया गर्ने छिन् ।

तेस्रो दिन बिहान, ठूलो खैरो अण्डाहल्लिन थाल्यो । आमा हाँस र उनको सानो हाँसहरु नयाँ हाँसलाई स्वागत गर्न तयार भए ।

क्र्याक !! क्र्याक !! !

ठूलो खैरो अण्डाबाट बाहिर, एउटा ठूलो, अनौंठो चराजस्तो निस्कीयो जुन अरु हाँसहरु जस्तो देखिँदैनथ्यो । यस बच्चाको चुच्चो अलि धेरै लामो थियो, त्यसको प्वाँख बेग्लै थियो, र उसको अनुहार पनि नराम्रोे थियो ।

तर, जे होस्, आमा हाँसले आफ्नो त्यो हाँसलाई पनि अरु बच्चाहरूलाई जस्तै प्रेम गर्ने वाचा गरिन् ।

उनले आफ्ना बच्चाहरूलाई नजिकको पोखरीमा लगिन र प्रत्येक बच्चालाई कसरी तैरिने सिकाउन थालिन् ।

उनले उनीहरूलाई सिकाइन् कि कसरी हाम फाल्ने र कसरी क्वाक गर्ने । प्रत्येक साना हाँसहरुले क्वाक गरे ।

क्वाक !! क्वाक !! क्वाक !! क्वाक !!

तर त्यो खैरो हाँसले अर्कै आवाज निकाल्यो ।

क्वारुक !! क्वारुक !! क्वारुक !!

सबै हाँसहरु खैरो हाँसलाई हेर्दौ हाँस्न थाले । आमा हाँसले दुखी भएर आफ्ना साना बच्चाहरुलाई पोखरीको एक अलग ठाउँमा लगे । अन्य हाँसहरु त्यो नराम्रो हाँसको मजाक उडाउन थाले । दुई हाँसहरु त उसको नजिक गएर प्वाँखमा ठुग्न थाले ।

“यो त कतै बाट पनि हामी जस्तो देखिन्न ।” एक हाँसले भने ।

“यो नराम्रो छ ।” अर्कोले ठट्टा गर्दै भने ।

खैरो हाँस लाजले आफ्नो टाउको झुकायो। आमा हाँस पनि उसलाई देखेर धेरै लज्जित भए र उसलाई पोखरीको कुनामा बस्न लाए तर अरूहरुले पौडी खेल्ने, डाइभ, गर्ने, पानि छेप्ने जस्ता अभ्यास गरे ।

एक साँझ, पोखरी मा सबै हाँसहरु सुत्न गएपछि, खैरो हाँसले उनीहरुलाई छोड्ने निर्णय गरे । उसलाई थाहा थियो कि उसले आफ्नी आमालाई कष्ट दिई रहेको छ । त्यसैले उ आफूलाई अनावश्यक महसुस भएको ठाउँमा बस्न चाहेन र त्यहाँ बाट उनी भागे ।

उनी पोखरीबाट धेरै टाढा गए । उनले साना दलदलका बोटहरू र ठूला नदीहरू पार गरे । ऊ गोबरको थुप्रोमा पनि परे । उसको पुरै ज्यान पहिलेको भन्दा खैरो भयो र उनलाई त्यो कति पनि मन परेन ।

उनी एउटा नयाँ पोखरीमा पुगे जहाँ अर्कै हाँसको परिवारले भरिएको थियो । ती हाँसहरु खुसीसाथ पौंडीरहेका थिए ।
उनी एउटा हाँसको नजिक गए जो उनी भन्दा अलि ठूलो थियो ।
“नमस्कार !” खैरो हाँसले त्यो हाँसलाई हेरेर भन्यो । त्यो सुनेर ती हाँसहरु सबैले उनलाई फर्केर हेरे ।

“अनि तिमी को हौ?” त्यहाँको आमा हाँसले सोध्यो ।

“तिमि के हौ?” बुवा हाँसले सोध्यो ।

”तिमी त एकदम नराम्रो छौ ।” सबै हाँसहरुले हाँस्दै भने ।

यो सुनेर उसलाई आफ्नो पुरानो परिवार जस्तै लाग्यो र फेरि एक उत्तम परिवारको खोजीमा त्यहा बाट उनी बाटो लागे ।

फेरी उनले साना दलदलका बोटहरू र ठूला नदीहरु पार गरे। ऊ फेरी गोबरको थुप्रोमा पर्यो । गोबरले उलनलाई
पहिलेको भन्दा पनि नराम्रो बनाइदियो ।

धेरै यात्रा गरेपछि उनी फेरी अर्कै पोखरीमा पुगे जहाँ पहिलेको भन्दा पनि ठूलो पानी थियो र नयाँ ठूलो परिवार बस्थ्यो । उसले देख्यो कि ती हाँसहरु उनीजस्तै खैरो थियो । खुसीले उनले पानीमा आफ्नो सानो शरीर पखाल्यो, र ती परिवार तिर पौंडीयो । ऊ आफु भन्दा पनि खैरो देखिने हाँसको नजिक गयो र भन्यो ।

“नमस्कार !” अनि सारा परिवारले उनी तिर फर्केर हेर्यो र भने ।
“अनि तिमी को हौ?” त्यहाँको आमा हांसले सोधिन् ।

“तिमि के हौ?” बुवा हाँसले पनि सोधे ।

“तिमी त खैरो भएपनि हामी भन्दा नराम्रो छौ ।” अरु हाँसहरुले भने ।

यो हाँसको परिवार पनि हाँस्न थाले । उसलाई अरु हाँसहरुले घेरेर हिर्काउनु भन्दा पहिलेनै बुवा हाँसले भने, “तिमी एकदम अनौठो देखेको भएतापनि तिमी हामीसँग बस्न सक्छौ । हाम्रो परिवारमा सम्मिलित हुन सक्छौ। तिमीलाई धेरै स्वागत छ ।”

त्यो खैरो हाँस एकदमै खुसी भयो । त्यसपछि अरु हाँसहरुलेपनि उनलाई स्वीकारे ।

धेरै दिन र रात बित्यो, खैरो हाँस उनीहरुसंग खुशीसाथ बस्दै थियो । आमा र बुवा हाँसले उसलाई आफ्नै
सन्तान जस्तो व्यवहार गर्थे । सबै कुरा सही थियो ।

एकदिन एउटा शिकारी र उसको कुकुर शिकार गर्न पोखरीमा आइपुगे । शिकारीले हाँसहरुलाई गोली हान्न थाल्यो र शिकारीले पोखरीको वरिपरि चराहरूलाई समात्न खोज्यो ।

खैरो हाँसले केहि गर्न सकेन र चुप लागेर बसिरहे । शिकारीको कुकुर उनको नजिक आयो, र केही समयको लागि उनलाई सुंघे र भने, “तिमी के हो ? हाँस जस्तो देखिएपनि तिमी हाँस त होइनौ ।” र त्यो कुकुर उसलाई छाडेर वास्तविक हाँसको खोजीमा भागे ।

खैरे हाँसले चित्त दुखायो र फेरि एकपटक त्यहाँ बाट भागेर गयो ।
ऊ ठूलो हुँदै गइरहेको थियो र उसका प्वाँखहरू पनि आउँदै थिए । उनी हल्का भुइँबाट उडान गर्न सक्षम भयो । तर उनी एकदम कमजोर र भोकाएको कारण उ सँग उडान गर्न पर्याप्त शक्ति थिएन ।

त्यसपछि ऊ एक सानो घरतिर लाग्यो जहाँ रातको शरण लिए ।

बिहान, उनलाई मान्छे को बकबक आवाजले जगायो ।

“यो के हो?” एक वृद्ध महिलाले सोधिन् ।
“एक हाँस, सायद” उनका पतिले जवाफ दिए ।

“हामीलाई चाहिएको कुरा पाइयो । ” आइमाईले भने ।

त्यसपछि, किसान र तिनकी श्रीमतीले हाँसले अण्डा पार्ने आशामा उसलाई राखे ।

तिनीहरू अण्डाको आशामा कुरे र पर्खे । तर केहि भएन । बरु खैरो हाँस ठूलो र कडा हुँदै गयो । उनीहरुलाई त्यो हाँसको हेरविचार गर्न झन गाह्रो भयो ।

किसान र तिनकी श्रीमतीलाई त्यो हाँस मन त परेको थियो तर हाँसको ख्याल राख्न उनीहरुलाई गाह्रो भयो । र उनीहरुले त्यो हाँसलाई निकाले ।
खैरो हाँस किसानको घरबाट धेरै टाढा गयो । उनले ठूलो जमेका नदीहरू पार गरे । ऊ धेरै चिसो भयो । चमत्कारी ढंगले, उनी जाडोबाट पनि बच्यो । वसन्त ऋतुको साथ, सबै स्थिर पोखरी पग्लियो । तथापि, हाँस अझै दुः खी थियो ।

उनी एक पोखरीमा पुगे र त्यहाँ सुन्दर हंसको परिवार देखे । तर उनले ती हंसको परिवारलाई भेट्न सकिन्छ कि भनेर सोध्न साहस गरेनन् किनभने उनी जान्दथे कि उसलाई कसैले मन पराउँदैनन् भनेर ।

एउटा हंस पानीमा तैरीदै ऊ बसिरहेको ठाउँमा आइपुग्यो ।
“तिम्रो जस्तो सेतो प्वाँख मैले अहिले सम्म कहिले पनि देखेको थिएन । सुर्यको उज्यालो भन्दा पनि बढि चमक भएको” हंसले खैरे हाँसलाई भन्यो ।

खैरे हाँस त अलमल्लमा परे, र खुसीले पानीमा घुमे र पानीको छाँयामा हेरे । उनी अचम्ममा परे, ऊ कुनै हाँस थिएन । ऊ त लामो घाँटी भएको सुन्दर सेतो हंस थियो । उसको प्वाँखहरु सेतो र लामो भएको थियो ।

उ पानीमा प्रवेश गर्यो र नयाँ परिवारमा सामेल भयो । उनका बाँकी दिनहरू, आफ्नो नयाँ हंस परिवारसँग खुशीसाथ बित्यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *